×

NMB BANK
NIC ASIA

अपडेटः मलेसियामा मदिरा सेवनबाट ६ नेपालीको मृत्यु ( मृतक र घाइतेको नामावली)

असोज ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ–मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या छ पुगेको छ ।
 विषाक्त मदिरा सेवनबाट बसेरी–३ धादिङका मीमबहादुर घले, मसिना–६, रुपन्देही रामकुमार यादव, अमरगढी–५, डडेल्धुराका विशाल बुढाथोकी, पश्चिमकुसाहा–९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९, इलामका बलबहादुर कुलुङ्ग र ठेगना नखुलेका आइतसिंह गोलेको मृत्यु भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 

Muktinath Bank

मृतकका शव मलेसियाका विभिन्न अस्पतालमा राखिएको छ । विषक्त मदिरा सेवनबाटै १६ जना बिरामी परेका छन् । दूतावासका अनुसार रानीचुरी–५ सिन्धुलीका जीतबहादुर माझी, रघुनाथपुर–६, बाराका राधेश्याम बैठा, फरेना–७, रुपन्देहीका रामचन्द्र लोध, च्याङ्ली–२, गोरखाका लोकबहादुर बराम, ढुङ्ग्रेखोला–८, सर्लाहीका रिखामान स्याङ्ताङ, देउराली–८, परासीका दुर्गासिंह राना, चोकामागु–६, पाँचथरका सेतवीर तुम्बाप्तो, बाबियाविर्ता–३, मोरङका जम्बिरलाला झाँगड, ठेगाना नखुलेकी सरु मगर, सकुवल घिसिङ, राजेशकुमार, बिमल कार्कीको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मदिरा सेवनबाट बिरामी परेका सिद्धकाली–४, सङ्खुवासभाका लुङ्गनाथ मगर, मैनापोखर–३ बर्दियाका जीतबहादुर माझी, महेन्द्रनगर–६, सुनसरीका दुर्गाबहादुर राई र राङ्सी–४ रोल्पाका भागीमान डाँगी उपचारपश्चात कम्पनीमा फर्किसकेको दूतावासले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

मृतकको शव परीक्षण तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ सम्बन्धित रोजगारदाताको सहयोगमा नेपाल पठाउन पहल भइरहेको मलेसियाका लागि नेपाली कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिए । 
विषक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले प्रहरी मुख्यालसँग सम्पर्क राखी घटनाका बारेमा जानकारी लिएको थियो । मलेसियाका लागि कावा राजदूत खरेलले राति नै नेपालीको उपचार भइरहेका अस्पतालमा पुगेर उपचारमा सहजीकरण गरेका थिए । 

Vianet communication
Laxmi Bank

दूतावासले दुःखद् घटनामा परी ज्यान गुमाउने नेपालीका परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरेको छ । त्यस्तै गम्भीर बिरामी भई उपचाररत सबै नेपालीको शीघ्र स्वास्थ लाभको कामनासमेत गरेको छ । 
घटनामा मृत्यु हुनेको विस्तृत शव परीक्षण प्रतिवेदन आउन बाँकी नै रहेको र विषाक्त मदिारको स्रोत तथा यसमा जिम्मेवारको समबन्धमा मलेसियाको प्रहरी तथा अधिकारीले अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ । घटनाको विस्तृत विवरण एवं सूचना सम्बन्धित निकायबाट प्राप्त भएपछि सार्वजनिक गरिने बताइएको छ । 

मलेसियामा नेपाली निम्नस्तरको र असुरक्षित मदिरा सेवनको कारणले मुत्यु हुने र मादक पदार्थ सेवनका कारण अन्य दुःखद् घटना यस अघि पनि घट्ने गरेपनि यति ठूलो सङ्ख्यामा हताहति भएको यो पहिलोपटक भएको दूतावासले जनाएको छ । 

मलेसियामा रोजगारीका लागि आएका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आफ्नो स्वास्थ्य तथा सुरक्षामा विशेष ध्यान पु¥याउन दूतावासले बेलाबेलामा सचेतनात्मक सन्देशसहित आह्वान गर्दै आएको छ । नजिकै आउँदै गरेको दसैँ, तिहार र छठ जस्ता चाडपर्वको सन्दर्भमा नेपाल भन्दा विल्कुल फरक हावापानी, वातावरण र संस्कृति रहेको मलेसियामा आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा होसियारी अपनाउनसमेत क्वालालम्पुरस्थित नेपाली दूतावासले अपिल गरेको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x