×

NMB BANK
NIC ASIA

विमानस्थलमा मानव तस्करको सञ्जाल : पर्यटक भिसामा खाडी, इन्धन ढुवानीमा अवरोध गरे सम्झौता रद्द

असोज ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– दुवई जान लागेका तीन नेपाली महिलालाई यही साता नयाँदिल्ली अध्यागमनले काठमाडौं फिर्ता पठाईदियो । पर्यटक  भिसामा गएका उनीहरूका पासपोर्टमा ‘लो प्रोफाइल’ भन्ने टिप्पणीसमते लेखिदियो । 

Muktinath Bank

उनीहरू त्यसअघि कुनै देश गएका थिएनन् । पर्यटक हैसियत प्रस्ट्याउन सकेनन् । 
भारतीय अध्ययगमनले मानव तस्करको सञ्जालमा परेको आशंका गर्यो । तीनै जनालाई एयर इन्डियाले काठमाडौं फिर्ता ल्याएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा मानव तस्करीको सेटिङ चालु रहेको शंक बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटक भिसा उपलब्ध गराएर दुबई पठाउने र त्यहीबाट मानव तस्करी गर्ने समूहरू सक्रिय रहेको अघिल्लो महिना पनि पाइएको थियो । साउन १ गते एयर अरेबिया र फ्लाई दुबईमार्फत दुबइ उड्न आँटेका ५० यात्रु अफलोड गरिएका थिए । 


Advertisment
Nabil box
Kumari

विमानस्थलका तत्कालीन वरिष्ठ अध्यागतम अधिकृत भीमराज पोखरेलले दुरदराजको गाउँबाट आएका र कमजोर आर्थिक हैसियत भएकाहरूको पर्यटक भिसामा शंका गरेर रोके ।,कान्तिपुरमा खबर छ ।

Vianet communication
Laxmi Bank

आन्दोलनहरू सफलतामा टुंगिएः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रका लागि भएका आन्दोलनहरू सफलतामा टुंगिएको बताउनु भएको छ । संविधान दिवस मनाउन सैनिकमञ्च टुडिखेलमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले अब अधिकार प्राप्तिको नाममा अवाञ्छित उद्देश्य बोकेका तत्वहरूको क्रिडास्थल बनाउन नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले संघीयता कार्यान्वयनमा दृढतापूर्वक लाग्ने बताउनुभयो । ‘हामी स्पष्ट हुनै पर्छ, संघीय प्रणाली हाम्रो लागि नयाँ प्रयोग हो । व्यवहारको कसीमा घोटिने क्रममा नै यसले पूर्णता पाउँछ’, प्रधानमन्त्रीले भने, ’संघीयता ठीक कि बेठीक भन्ने प्रश्न अब हाम्रो सन्दर्भमा सान्दर्भिक रहेन । बहस र तर्क–वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वाभाविक हुन्छ।’

राष्ट्रले निर्णय लिएपछि त्यस विषयमा कुनै पनि अलमललाई स्थान नदिइने प्रधानमन्त्रीको भनाई छ । 

संविधान कार्यान्वयनको अध्याय अधुरो : कांग्रेस
नेपाली कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान कार्यान्वयन, अपनत्व विस्तार, पालनाका काम अझै अधुरो रहेको जानकारी गराइयो ।  

कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयन तीन तहको निर्वाचन सम्पन्न भई ऐतिहासिक चरण पूरा भए पनि निर्वाचनले संस्थागत गरेको संविधानको समग्र सफलताका लागि राख्नुपर्ने गाम्भीर्यता वर्तमान सरकारवाट प्रस्तुत हुन नसकेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारमा रहेका केहीले संविधान दिवस मनाइरहँदा सरकारमै बसेर कसैले यो दिवस नमान्ने, नमनाउने र कतिपयले कालो दिन नै घोषित गर्ने दुनियाँमा कहीँ नभएको विचित्रको चित्र प्रस्तुत भइरहेको प्रवक्ता शर्माले उल्लेख गरे । 

ढुवानी सम्झौता रद्द गर्न सकिने 
नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्याङ्कर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्याङ्कर तथा चालकलाई कडा कारवाही गरिने जनाएको छ । 

निगमले ट्याङ्कर पूर्णरुपले सञ्चालन गरी आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्याङ्कर सञ्चालन गर्नसमेत सूचीत गरेको छ ।

इन्धन ढुवानीकर्ताका जायज विषयमा निगम सकारात्मक रहेको, सही वैज्ञानिक ढुवानी भाडामा समायोजन गरेपछि पनि पुनःविभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा निगम एवं आम उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्याङ्कर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भए पनि ट्याङ्कर चालकबाट पुनःआपूर्ति असहज गर्ने प्रयास निकै दुःखद् भएको निगमले जनाएको छ । 

नेपालगञ्ज–दिल्ली उडानको सम्भावना न्यून
नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सोझै हवाई उडानको सम्भावना तत्काल देखिएको छैन् । बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्लीका लागि नियमित उडान सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको सम्भावना अहिले देखिएको छैन । 

“अन्तर्राष्ट्रिय उडानका लागि डोमेस्टिक एयरको छुट्टै सेक्टर आवश्यक पर्छ, तर नेपालगञ्ज विमानस्थलमा त्यो छैन, यस सम्बन्धी पूर्वाधार निर्माण गर्न अझै एक वर्ष लाग्छ, त्यसैले नेपालगन्ज–दिल्ली उडान अहिले सम्भव छैन”, नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका निर्देशक प्रेमनाथ ठाकुरले भने । बुद्ध एयरले पुस पहिलो सातादेखि नेपालगञ्ज–दिल्ली उडान भर्ने बताइरहेका बेला निर्देशक ठाकुरले कम्तीमा अझै पनि एक वर्ष यो विमानस्थलबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्ने जानकारी दिए ।

घरेलु मैदानमा नेपालको लज्जास्पद हार
एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ई को खेलमा नेपाल फिलिपिन्ससँग ४–० गोलअन्तरले पराजित भएको हो । 

फिलिपिन्सले नेपाललाई खेलको शुरुआतदेखि नै दबाबमा राखेको थियो । फिलिपिन्सको जितमा कप्तान मारिया लाजोले दुई गोल गरिन् । उनले खेलको पहिलो हाफको ४२औँ र ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् । 

त्यस्तै फिलिपिन्सले खेलको दोस्रो हाफमा पनि दुई गोल थप्यो । खेलको ७६औँ मिनेटमा फिलिपिन्सकी किइनी मियाक एलामोले थप एक गोल गरिन भने ८२औँ मिनेटमा अर्की खेलाडी मिकाइला भिलासिन एक गोल थपिन् । अब नेपालले आफ्नो दोस्रो खेलमा म्यान्मासँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपमा छनोट हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x