×

NMB BANK
NIC ASIA

ढुवानी रोकिएपछि पेट्रोलियम पदार्थको अभाव, राजधानीका पम्पमा लामालामा लाइन

असोज ४, २०७५

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं –नियमित ढुवानी रोकिएपछि बजारमा पेट्रोलियम पदार्थको अवाभ भएको छ । मुलुकी संहिता संशोधनको माग गर्दै देशभरका सवारी चालकहरू आन्दोलित भइरहेका बेला निगमसम्वद्ध ढुवानीकर्ता पनि पेट्रोलियम पदार्थ ढुवानी रोकेर आन्दोलनमा उत्रिए पछि अभाव सृजना भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

असोज २ देखि आन्दोलित चालकहरूलाई समर्थन जनाउँदै इन्धन ढुवानीकर्ताले ढुवानी ठप्प पारेका हुन् । निगमका अनुसार आन्दोलित चालकहरूले पीडीओ नलिने, आईओसीमा लोड लिन नजानेदेखि बिक्री वितरणमा सहयोग नगर्ने लगायतका गतिविधि सञ्चालन गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमले विज्ञप्ति जारी गर्दै सम्झौताअनुसार काम नगरे सम्झौता रद्द गर्ने चेतावनीसमेत दिएको छ ।


Advertisment
Nabil box
Kumari

‘पेट्रोलियम पदार्थमा प्रतिकूल प्रभाव पार्ने गरी पीडीओ नलिने, आईओसीमा लोड लिन नजाने, डीपोमा लोड लिएर नआउने, बिक्री वितरणमा सहयोग नगर्ने लगायतका कार्यहरू गरेको पाइएमा सम्वद्ध सबै पक्षलाई निगमको विनियमावली बमोजिम दायित्व पूरा नगरेको मानी ढुवानी सम्झौता रद्द गर्नेसम्मको कडा कारवाही गरिने जानकारी गराइन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  

Vianet communication
Laxmi Bank

यसअघि पनि निगमसँग सम्झौता गरेका ट्यांकर चालकहरूले तलब–भत्ता वृद्धि, सञ्चयकोष, टिप भत्ता लगायत माग राखेर आपूर्ति ठप्प पारेपछि निगमले चालकका मागहरू पूरा गर्ने प्रतिबद्धता जनाएको थियो ।

पेट्रोल डिजेलको अभाव सृजना भएसँगै पेट्रोलपम्पहरूमा उपभोक्ताको भीडभाड देखिएको छ । पम्पहरूमा उपभोक्ताको लामो लाइन छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायात व्यसायीहरूले यातायातमा भाडा वृद्धिको माग समेत गरेका छन् ।

व्यवसायीले ढुवानी समेत रोकेपछि बजारमा अभाव सृजना हुँदा उपभोक्ता मारमा परेका हुन् । 

पटकपटक ढुवानी नरोक्न ढुवानीकर्ताहरूलाई आग्रह गरे पनि आलटाल गरिरहेको निगमले जनाएको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले हिजोेदेखि पटकपटक ढुवानी नरोक्न आग्रह गरे पनि चालक र व्यवसायीले आरोपप्रत्यारोप गरिरहेको बताए । 

उनले भने, ‘हिजोदेखि हामीले कयौंपटक ढुवानी सुचारु गर्न आग्रह ग¥यौं, ढुवानीकर्ताले चालकहरूलाई कन्भिन्स गर्छौं भनेका छन्, तर मानेका छैनन् ।’

नेपाल आयल निगमले यसको विकल्प खोजिरहेको गोइतले बताए । 

निगमले असोज २ गतेदेखि लागू हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ प्रतिलिटर मूल्य वृद्धि गरेको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x