कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
काठमाडौं– बिहीवार दिउँसो सत्तारुढ दल नेकपा संदीय दलको कार्यालयले सांसदहरुलाई सर्कुलर जारी गर्यो, हस्ताक्षर संकलनको । संसदीय सुनुवाई विशेष समितिबाट प्रधानन्यायाधीशमा ‘अस्वीकृत’ भएपनि पुनः सर्वोच्च फर्किएका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीविरुद्ध महाअभियोग लगाउन नेकपा संसदीय दलले सांसदको हस्ताक्षर संकलन गर्यो ।
बिहीवार दिनभरी हस्ताक्षर संकलन गरेर साँझ जोशीविरुद्ध महाअभियोग दर्ता गर्ने नेकपाका सांसदहरुबीच ‘हल्ला’ चलेको थियो । तर महाअभियोग प्रस्ताव दर्ता भएन ।
संसदमा महाअभियोग दर्ताका लागि तत्काल कायम सदस्य संख्याको एक चौथाइ सदस्य संख्याको समर्थन आवश्यक पर्छ । प्रतिनिधि सभामा सभामुख बाहेक नेकपाका १ सय ७४ जना सांसद छन् । जोशीविरुद्ध महाअभियोग दर्ताका लागि बिहीवार ७० जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो ।
प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० गरी कूल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल सभामुख र उपसभामुखसहित २ सय ७४ जना सदस्य छन् । जसअनुसार महाअभियोग दर्ताका लागि ६९ जना सांसदको हस्ताक्षर आवश्यक पर्छ ।
महाअभियोगभन्दा राजीनामा सजिलो विकल्प
महाअभियोग दर्ताका लागि आवश्यक संख्याअनुसार बिहीवारै ७० जना सांसदको हस्ताक्षर शंकलन भइसकेको थियो । तर शुक्रवार साँझसम्म महाअभियोग दर्ता भएन ।
महाअिभयोग दर्ता नभएको विषयमा कुरा गर्दा एकजना नेकपा सांसदले लोकान्तरसँग भने, ‘शीर्ष नेतृत्व तहमा जोशीले राजीनामा दिने भन्ने विषय पनि छलफल चलेको रहेछ । सोहीअनुसार बिहीवार महाअभियोग दर्ता भएन ।’
शुक्रवार पनि थप सांसदको हस्ताक्षर शंकलन भएको नेकपाका नेताहरुको भनाइ छ । ‘जोशीले शनिवार दिउँसोसम्ममा राजीनामा दिने भन्ने प्रारम्भिक सूचना आएको छ,’ नेकपाका एक सांसदले लोकान्तरसँग भने, ‘यदि राजीनामा दिएनन् भने आइतवार साँझसम्म महाअभियोग दर्ता हुन्छ ।’
जोशी महाअिभयोग फेस गर्ने मूडमा
सत्तारुढ दल नेकपाले संसदमा महाअभियोगका लागि हस्ताक्षर शंकलन गरिसके पनि जोशी शुक्रवार नियमितजस्तै सर्वोच्च आए । शुक्रवार जोशीको इजलाशमा दुईवटा रिट निवेदन थिए ।
जोशीले एउटा रिटमा मिसिल झिकाउने आदेश जारी गरे भने अर्को रिटमा पनि मागबमोजिम नहुने गरी अन्तरिम आदेश जारी गरे ।
‘महाअभियोगको चर्चा बाहिर सुनेको छु । मसँग त्यस्तो कुनै सूचना आइसकेको छैन,’ जोशले लोकान्तरसँग भने, ‘पछि जस्तो हुन्छ त्यसको सामना गर्ने त हो ।’
नेकपाको नेतृत्वले तपाईंलाई राजीनामा दिएर वातावरण सहज बनाइदिन आग्रह गरेको छ नि ? भन्ने लोकान्तरको प्रश्नमा जोशीले आफूसँग कसैले त्यस्तो प्रस्ताव नगरेको बताए ।
‘मैले सर्वोच्च फर्केर संविधान र कानूनको बर्खिलाप हुने काम गरेको छैन । संविधान र कानूनअनुसार नै काममा फर्किएको हुँ,’ जोशीले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...