×

NMB BANK
NIC ASIA

टाउको दुखाईदेखि उच्च-रक्तचाप नियन्त्रण, जान्नुहोस् कागती पानीका १२ फाइदा

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं -नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू :

Muktinath Bank

क. अपच र कब्जियत : अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पु-याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ । पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।


Advertisment
Nabil box
Kumari

ख. ज्वरो : नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर सत्य भने अकै छ । रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् , कारण, सर्व पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।

Vianet communication
Laxmi Bank

ग. दाँतको सुरक्षा : कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर ख्याल गर्नुस् , कागतीमा धेरै अम्लतत्व हुने भएकाले कागतीको धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ । यस्तोमा तत्कालै सफा पानीले मुख कुल्ला गर्नुहोस् ।

घ. कपालको सुरक्षाः कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

ङ. पोलेको घाउमा: पोलेको घाउमा कागती र कागतीजन्य जुनसुकै अमिलो पनि रामवाण हुन्छ । पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र विना दाग घाउ निको भएर जान्छ ।

च. नाथ्री फुट्दा : कपडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पु-याउँछ ।

छ. शरीरको अनावश्यक वृद्धिमा: यदि तपाईँको शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा सखर हालेर खानुस् । यसले तपाईँको बजन अवश्य पनि हटाउनेछ ।

ज. हैजामा : हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वत अत्यन्त हितकारी छ किनभने यसले रगत शुद्धिकरणमा भूमिका खेल्छ ।

झ. पाइताला र खुट्टाको दुखाईमा : तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पु¥याउँछ ।

ञ. शरीरका गिर्खा हटाउनमा: शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

ट. घाँटीको खरावीमाः कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

ठ. उच्च रक्तचापः मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x