×

NMB BANK
NIC ASIA

कर्णालीका ४ मन्त्रालय मातहत ८६ वटा कार्यालय खोल्न प्रस्ताव

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले बजेटलाई कार्यान्वयन गर्न भन्दै विभिन्न ४ मन्त्रालय मातहत ८६ वटा कार्यालय खोल्ने प्रस्ताव गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियाका अनुसार सरकारका विभिन्न मन्त्रालयले राजधानी र जिल्लामा रहने कार्यालयको टुंगो लगाई सिफारिस गरेको हो । उनका अनुसार कार्यालयका लागि आवश्यक दरबन्दी समेत माग गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयले आफ्नो मातहतमा रहने गरी मुख्यमन्त्रीको कार्यालयमार्फत् संघीय सरकारसँग प्रस्ताव गरेका हुन् । मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार सुर्खेतमा मन्त्रालयसहित केही कार्यालय रहने छन् भने प्रदेशका अन्य क्षेत्रमा मातहतका कार्यालय रहने छन् ।


Advertisment
Nabil box
Kumari

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आफ्नो मातहत रहने गरी मन्त्रालयबाहेक १६ कार्यालय प्रस्ताव गरेको छ । जसमा सुर्खेतको वीरेन्द्रनगरमा मन्त्रालय, प्रदेश वन तथा जलाधार व्यवस्थापन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रहने छन् ।

Vianet communication
Laxmi Bank

प्रदेशका १० वटै जिल्लामा वन सवडिभिजन कार्यालय रहने गरी मन्त्रालयले प्रस्ताव गरेको छ । प्रस्ताव अनुसार हुम्लाको दार्मा गाउँपालिकामा घरेलु तथा साना उद्योग समितिको कार्यालय रहने छ ।

विभागीय मन्त्री नन्दसिंह बुढाले संघीय सरकारले कार्यालय सञ्चालन गर्न दिएको खण्डमा बजेट कार्यान्वयनमा केही पनि समस्या नआउने बताए । ‘हामीसँग अहिले केही कार्यालय आइसकेका छन्,’ मन्त्री बुढाले भने, ‘अब संघीय सरकारले हाम्रो माग बमोजिम कार्यालय खोल्न दिएको खण्डमा हामीलाई काम गर्न असाध्यै सहज हुनेछ ।’

प्रदेशको सामाजिक विकास मन्त्रालयले आफ्नो मातहतमा ३३ कार्यालय रहने गरी प्रस्ताव गरेको छ । मन्त्रालय मातहतमा शिक्षा, स्वास्थ्य, संग्रहालय, सामाजिक विकास, आयुर्वेदसँग सम्बन्धित कार्यालय गरी ३३ कार्यालय रहने गरी संरचना प्रस्ताव गरिएको हो ।

प्रस्ताव अनुसार मन्त्रालय अन्तर्गत प्रदेश अस्पताल, प्रदेशका प्रत्येक जिल्लामा जिल्ला अस्पताल तथा स्वास्थ्य संस्था मातहतमा रहने छन् । प्रदेशका सबै जिल्लामा सामाजिक विकास कार्यालय, स्वास्थ्य निर्देशनालय, शिक्षा तालिम केन्द्र, शिक्षा विकास निर्देशनालय, आयुर्वेद औषधालय, आयुर्वेद स्वास्थ्य केन्द्र लगायतका कार्यालय पनि सामाजिक विकास मन्त्रालय मातहत रहने छन् ।

मन्त्रालय अन्तर्गतका कार्यालयमध्ये शिक्षा विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, शिक्षा तालिम केन्द्र, प्रदेश संग्रहालय, सामजिक विकास कार्यालय, प्रदेश अस्पताल, मेहलकुना अस्पताल र सुर्खेत आयुर्वेद औषधालय रहेका छन् । 

प्रदेशका अन्य जिल्ला सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा प्रत्येकमा सामाजिक विकास कार्यालय, जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहने गरी मन्त्रालयले प्रस्ताव गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले आफ्नो मातहतमा २९ कार्यालय रहने गरी प्रस्ताव गरेको छ । सुर्खेतमा मन्त्रालयसहित अन्य जिल्लामा सम्बन्धित २८ कार्यालय मातहतमा रहने गरी मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रस्ताव अनुसार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय  रुकुम पश्चिम, जुम्ला र सुर्खेतसहित ३ जिल्लामा रहने छन् । सवडिभिजन कार्यालय हुम्ला, डोल्पा, कालिकोट र सल्यानमा गरी ४ जिल्लामा रहने छन् भने रुकुम पश्चिम, जुम्ला र सुर्खेत गरी ३ जिल्लामा सडक पूर्वाधार डिभिजन कार्यालय रहने छन् । सडक सवडिभिजन कार्यालय हुम्लामा रहने छ ।

रुकुम पश्चिम, जुम्ला र सुर्खेतमा रहने गरी शहरी विकास तथा भवन डिभिजन कार्यालय, जुम्ला र सुर्खेतमा रहने गरी यातायात व्यवस्था कार्यालय, जुम्ला, सुर्खेत, सल्यान र जाजरकोटमा रहने गरी यातायात सेवा कार्यालय प्रस्ताव गरिएको छ । जुम्ला, सुर्खेत, सल्यान र जाजरकोटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन, तथा डोल्पा, हुम्ला, कालिकोट, मुगु र रुकुम पश्चिममा रहने गरी जलस्रोत सिँचाइ विकास सवडिभिजन कार्यालय मन्त्रालयले प्रस्ताव गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले सुर्खेतमा मन्त्रालयसहित प्रदेश लेखा नियन्त्रकको कार्यालय र सुर्खेतबाहेक प्रदेशका अन्य ९ वटा जिल्लामा प्रदेश लेखा इकाई कार्यालय मातहतमा रहने गरी प्रस्ताव गरेको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भने हालसम्म आफू मातहत रहने कार्यालयको संरचनाबारे प्रस्ताव पेश नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव थपलियाले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x