×

NMB BANK
NIC ASIA

इरान आक्रमणमा अमेरिकी सहयोगप्राप्त लडाकू समूहको हात

असोज ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

तेहरान- इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमण अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकू समूहले गराएको इरानी सरकारले आरोप लगाएको छ । 

Muktinath Bank

सरकारले आतङ्कवादी समूहले गोली चलाएको दावी गरेपनि शनिबार अपरान्ह्सम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दावी गर्नुभएको छ । 

Vianet communication
Laxmi Bank

अहभाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्नेगरेको आतङ्कवादीहरूले आक्रमण गरेको विदेशमन्त्री जरीफको दावी छ । 

“इरानले उक्त क्षेत्रमा आतङ्कवादीलाई आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन् ।” 

आक्रमण भएको स्थान अहभाज शहर इरानको इराकी सिमानामा पर्ने खुजेस्तान प्रान्तमा पर्छ । उक्त स्थान इरानमा अल्पसङ्ख्यक मानिने अरब समुदायको बाहुल्यता रहेको क्षेत्र हो । खुजेस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीहरूको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो । 

मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्वीलचियरको सहारामा परेड हेर्न आएका एक पूर्व सैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले बताउनुभयो । 

आक्रमणकारीमध्ये तीनजना घटनास्थलमा नै मारिएका थिए भने एक जनालाई घाइते अवस्थामा पक्राउ गरिएपनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले इरानको राज्य सञ्चालित टेलिभिजनलाई बताउनुभयो । 

खुजेस्तानका उप गभर्नर अलि हुसेन हुसेनजादेहले केही समय पहिले दिएको जानकारीमा एक पत्रकारसहित कम्तीमा नौ सैनिकको मृत्यु भएको जानकारी दिनुभएको थियो । 

विदेशमन्त्री जरीफले अमेरिकी सहयोगप्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ सङ्केत गर्नुभएको छ भने इरानको सम्भ्रान्तहरूको समूह रिभोलुसनरी गार्डसले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइदै आएको एक इरानी लडाकू समूह नै घटनामा जिम्मेवार रहेको बताएको छ । 

सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्वद्ध रहेको गार्डसका प्रवक्ता रामेजान सरीफले आइएसएनएलाई बताउनुभयो । 

विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताउनुभयो । 

यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि एक शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गर्नुभएको छ । इरानमा भएको कठोर आक्रमणले आफुलाई निकै दुःखी तुल्याएको उहाँले बताउनुभएको छ । 

रूसी राष्ट्रपतिले भन्नुभएको छ, “यो घटनाले एक पटक फेरि आतङ्कवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ ।” 

खुजेस्थान तत्कालिन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो । यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए ।तर उक्तस्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x