×

NMB BANK
NIC ASIA

संयुक्त समितिका दुबै सभापति निर्विरोध चयन, औपचारिक घोषणा आज

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– संघीय संसद्का दुई संयुक्त समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । सभापतिका लागि शनिबार भएको मनोनयनमा दुबै समितिमा एकल मनोनयन दर्ता भएको हो ।
 
एकल मनोनोयनको परेको अवस्थामा निर्विरोध हुने नियमावलीको प्रावधान छ । निर्विरोध भए पनि सभापति भएको औपचारिक घोषणा भने सम्बन्धित समितिले आइतबारमात्र गर्नेछन् । संयुक्त समितिमध्ये एकमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) र एकमा राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट मात्र मनोनयन परेको हो । 

Sagarmatha Cement
Muktinath Bank

संघीय संसद् सचिवालयका सहसचिव ध्रुवप्रसाद घिमिरेले दुवै समितिमा एक–एक जनाको मनोनयन भएको जानकारी दिए । सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिमा राजपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका लक्ष्मणलाल कर्णको मात्र मनोनयन परेको छ । कर्णको प्रस्तावकमा अमृता थापा र समर्थकमा निरुदेवी पाल, योगेश भट्टराई र शिवकुमार मण्डल छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै, संघीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा नेकपा सांसद् निरुदेवी जैरुको मात्रै मनोनयन दर्ता भएको छ । जैरु प्रतिनिधिसभा सदस्य हुन् । जैरुको प्रस्तावकमा गणेशसिंह ठगुन्ना र समर्थकमा प्रभु साह रहेको सचिवालयले जनाएको छ । नियमावलीको प्रावधान अनुसार आइतबार सम्बन्धित समितिमा सभापति चयनको औपचारिक निर्णय हुनेछ । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x