×

NMB BANK
NIC ASIA

शशांकले भने–आन्तरिक द्वन्द्वले कांग्रेस बिग्रियो, अबको सभापति कोइराला परिवारबाट

असोज ७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा संघीयता आए पनि सरकारले केन्द्रिकृत शासन चलाएको आरोप लगाएका छन् । सरकराले प्रदेश र स्थानीय तहलाई प्रशस्त बजेट नदिँदा मुलुकमा संघीयताको आभाष हुन नसकेको बताए । 

Muktinath Bank

आइतबार बिहान बुटवलमा आयोजना गरिएको एक साक्षात्कार कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने, ‘कम्युनिष्टहरू केन्द्रिकृत हुन्छन् भन्थे हो रहेछ । केपी ओली नेतृत्वको वर्तमान कम्युनिष्ट सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने बजेट आफैं राख्यो । संघीयताको मर्म के हो बुझन सकेन ।’ कोइरालाले थपे, ‘दुई तिहाईको दम्भका कारण सरकार आफंै अलमलिएको छ । मुलुकलाई सही निकास दिन कांग्रेस ठूलो जिम्मेवारीका साथ संशक्त प्रतिपक्षको भूमिका निर्वाह गरी अगाडि बढ्छ ।’ दुई तिहाईको सरकारसँग मुलुक बनाउने कुनै नयाँ योजना (भिजन) नै नभएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अबको सभापित कोइराला !


Advertisment
Nabil box
Kumari

कार्यकताहरूको भावना बुझ्न देश दौडाहा निस्किएका महामन्त्री कोइरालाले आउँदो महाधिवेशनमा कोइराला परिवारमा एक जना सभापतिको उम्मेदवार बन्ने बताए । ‘विशेष गरी हामी तीन भाइ बहिनी शेखर, सुजाता र म बीच कुनै विवाद छैन’ कोइरालाले भने, ‘अबको दुई वर्षपछि हुने महाधिवेशनमा तीन जनामध्ये एक जना सभापतिको उम्मेदवार हुन्छौं ।’ कोइरालाले शनिबार नवलपरासीको कावासोतीमा भएको कार्यक्रममा पनि आफू सभापतिको बन्न इच्छुक रहेको धारणा कार्यकतामाझ राखेका थिए । मुलुक निर्माणमा बीपी कोइरालाको योगदान कसैले भुन्न नसक्ने उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

कांग्रेसमा आन्तरिक द्वन्द्व छ 

उनले कांग्रेसभित्रको आन्तरिक द्धन्द्धले पार्टी सही दिशामा अगाडि बढन नसकेको बताए । पार्टीभित्रको द्धन्द्ध समाधान गरी अब हामी अगाडि बढ्नुपर्छ । ‘कांग्रेसले मुलुकका लागि के गरेन । एउटामात्र विश्वविद्यालय रहेको मुलुकमा १२ वटा पुगे । ७ हजार किलोमिटर मात्र सडक रहेको मुलुकमा ८४ हजार पुग्यो । तर कांग्रेसले मुलुक निर्माणका लागि गरेको काम आफ्नै द्धन्द्धका कारण गरेजस्तो देखिएन । अब कांग्रेसभित्रको आन्तरिक द्वन्द्व समाधान गरी अगाडि बढनुको विकल्प छैन ।’ कोइरालाले भने । 

सरकारले प्रेसमाथि अंकुश लगाउन खोज्यो 

महामन्त्री कोइरालाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको बताएका छन् । ‘मुलुकको चौथो अंक प्रेसमाथि हस्तक्षेप गर्न खोज्दै छ । स्वतन्त्र प्रेसका लागि पत्रकारहरूलाई खवरदारी गर्नुपर्छ’ उनले भने, ‘प्रेसमाथिको हस्तक्षेप कांग्रेसलाई स्वीकार्य छैन । त्यसको लागि प्रेस युनियनले खवरदारी गरोस् ।’ जनतालाई सुसुचित गर्ने सञ्चार क्षेत्रमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । 

जथाभावी बढाइएको करले जनता मारमा 

स्थानीय तहले जथाभावी बढाएको करले जनता ठूलो मारमा परेको कोइरालाले बताए । उनले भने, ‘सरकारले जनतालाई साहत होइन । ऋण थप्यो । म जहाँ पुगेको छु । त्यहाँ जनताले गुनासो गर्छन, सरकराले ढाड नै सक्ने गरी कर बढायो । हामीले एमाले र माओवादीले मत दिएर गल्ती गरेछौ भने ।’ उनले कांग्रेसले जितेतका स्थानीय तहमा कर नबढाउन आफूले निर्देशन दिएको समेत बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x