×

NMB BANK
NIC ASIA

भरतपुरलाई नेपालकै नमूना महानगर बनाउने प्रचण्डको घोषणा

असोज ७, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दशक विकासमा एकता र सङ्कल्प गर्नुपर्ने बताएका छन् । 

कृषि प्रवद्र्धन बजार विकास प्रालिले यहाँ निर्माण गरेको भरतपुर महानगर फलफूल तथा तरकारी बजारको आज उद्घाटन गर्दै उनले कृषिमा आधुनिकता र व्यावसायिकताका निम्ति बजार व्यवस्थापन महत्वपूर्ण हुन्छ भन्दै राम्रो, व्यवस्थित, कृषक र उपभोक्ता नठगिने बजार भएमा मात्रै उत्पादन बढाउन सकिने बताए । 

हालै आफू चीन र भारतको भ्रमणमा जाँदा त्यहाँका उच्च अधिकारीले समेत भरतपुर महानगरको विकासमा चासो व्यक्त गरेको जानकारी दिँदै उनले राप्ती र नारायणीको किनारबाट चक्रपथ निर्माण गरी नेपालकै नमूना महानगरपालिका बनाउनुपर्ने तथा दुवै नदीको पानीको उपयोग गरी जलयात्रा र पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वअर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डेले व्यावसायिक रुपमा एउटा क्षेत्रमा एउटा कृषि उत्पादन गर्न सकिएमा स्वदेशलाई धानेर निर्यात गर्न सकिने बताए । यहाँका ६६ व्यवसायीको लगानीबाट तरकारी बजारको निर्माण गरिएको हो । हालसम्म रु १४ करोड खर्च भइसकेको प्रालिका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताए ।

Muktinath Bank

उनका अनुसार बजारमा सडक कालोपत्रलगायत काम बाँकी छ । सबै काम सम्पन्न गर्दा रु १६ करोड लगानी हुने अनुमान छ । भरतपुर महानगरपालिका वडा नं २ क्षेत्रपुरमा १६ वर्षका लागि तीन बिघा जग्गा भाडामा लिएर २२० कक्षसहितको सुविधासम्पन्न बजार निर्माण गरिएको हो । फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घको सक्रियतामा कृषि प्रवद्र्धन बजार विकास प्रालि निर्माण गरेर थोक तथा खुद्रा बजार बनाइएको हो । तरकारी बजारमा चिया खाजाका लागि दुई खाजाघर, शौचालय, पर्याप्त पार्किङस्थल र खानेपानीको व्यवस्था छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 
प्रालिका अध्यक्ष शालिग्राम घिमिरेले काठमाडौँको कालीमाटी बजारभन्दा व्यवस्थित बजार आफूहरुले निर्माण गरेको जिकिर गरे । उनले भने, “कालीमाटीमा ४० रोपनी जग्गा छ, हाम्रो ३९ रोपनी छ तर त्यहाँको भन्दा धेरै सटर र व्यवस्थित हामीले बनाएका छौँ ।” गत फागुनदेखि निर्माण शुरु गरिएको बजार छोटो अवधिमै सम्पन्न भएको हो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x