×

NMB BANK
NIC ASIA

जोशीलाई महाभियोग नलगाउन सुझाव, नेकपाभित्र गुटैगुट

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । 

Muktinath Bank

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु १४ कायम गरेको छ भने अधिकतम रु २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु १४ तिर्नुपर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु १६, छ किलोमिटरसम्म रु १७, आठ किलोमिटरसम्म रु १८, १० किलोमिटरसम्म रु २१, तेह्र किलोमिटरसम्म रु २३, सोह्र किलोमिटरसम्म रु २५, उन्नाइस किलोमिटरसम्म रु २६ र सोभन्दा माथि रु २७ भाडा कायम भएको छ । विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु पेट्रोलको मूल्य रु ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । 

Vianet communication
Laxmi Bank

तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ । 

यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ । 

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु २० हजार ७७३, वीरगञ्ज–पोखरा रु १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु ४५ हजार १८९ कायम गरिएको छ । 

नेकपाभित्र गुटैगुट
पार्टी निर्णयमा शीर्ष नेताकै असन्तुष्टि देखिनु नेकपामा नौलो कुरा हुन छाडेको छ । वरिष्ठ नेता झलनाथ खनालको पार्टी एकता भएकै दिनदेखि वरियताको एजेन्डा उठाएको–उठायै छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी पदबाट राजीनामा नै दिनुपर्ने अवस्था आयो । 

उनको राजीनामा स्वीकृत हुने प्रक्रियामै पुगेन । अर्का वरिष्ठ नेता माधव नेपाल भन्दैछन्– पार्टीमा आफ्नो पक्षका नेतालाई अध्यक्ष ओलीकै कारण जिम्मेवारीमा भेदभाव गरिंदैछ । उनी विदेशमा रहेका बेला यता सचिवालय बैठकले प्रदेशका पदाधिकारी र इन्चार्जको जिम्मेवारी बाँडेको छ । यो निर्णय प्रक्रियामा उनको प्रतिक्रिया सार्वजनिक भएको त छैन, तर उनी निकट नेताका असन्तुष्टि आउन थालेका छन् ।

के नेकपाभित्र गुटबन्दी हाबी छ ? आइतबार बिहान नेकपा प्रवक्ता श्रेष्ठले हात्तिवनस्थित निवासमा पार्टीका युवा–विद्यार्थीका पदाधिकारीसँग त्यसको केही खुलासा गरे । नागरिक आन्दोलनका अगुवा देवेन्द्र्रराज पाण्डेले उनलाई सुनाएका अभिव्यक्तिको प्रसंग कोट्याउँदै उनले भने, ‘नेकपाभित्र गुटसम्म ठीकै थियो, तर गिरोह नै छ भनेर नागरिक अगुवा देवेन्द्रराज पाण्डेले मलाई सुनाउनुभयो, यदि त्यस्तो गिरोह छ भने त्यसले पार्टीलाई कहाँ र्पुयाउला ? युवा–विद्यार्थीले चिन्ता गर्नुपर्ने बेला आएको छ ।

नेकपामा को–कसका छन् गुट ?
नेकपाभित्र दृश्य÷अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन् । त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन् । प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो । तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ । उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन् । महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन् ।

ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को । तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै छन् । स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन्। दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली छन् ।

तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ । पूर्वघटकभित्र बहुमत जिल्ला (४७ जिल्ला अध्यक्ष) को नेतृत्व यो समूहको थियो । स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायत नेताहरू नेपाल ‘क्याम्प’मा छन् ।

घनश्याम भुसाललगायतका नेताहरूले गुटबाटै बाहिरिएर अलग्गै समूहको अभ्यास गर्न खोजिरहेका छन् । 

एमालेभित्र गुटको जित–हार राजनीतिमा सधैं निर्णायक हुन्थे– सचिवालय सदस्य वामदेव गौतम । उनीसँग ओली, दाहाल र नेपालको जस्तो बलियो गुट त छैन । तर आन्तरिक राजनीतिमा ‘निर्णायक स्टेप’ चाल्न सक्ने टिम छ । किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, यमलाल कँडेल, दलबहादुर रानालगायत नेता गौतमसँग छन् ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

जोशीमाथि महाभियोगको नलगाउन सुझाव
सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दिपकराज जोशीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले महाअभियोग प्रस्ताव ल्याउने भन्दै हस्ताक्षर संकलन गरेपछि यो विषय संसदसम्म पुगेको छ । नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने बचन तोडेको भन्दै उनीविरुद्ध महाभियोग लगाउने तयारी भएको हो ।

तरयता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाभियोग लगाउने गल्ती नर्गन सुझाएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले कांग्रेसले तत्कालिन प्रधानन्यायाधीश शुुशिला कार्कीविरुद्ध महाभियोग लगाउने गल्ती गर्दा निर्वाचनमा पार्टी कमजोर बनेको स्मरण गराउँदै सोही गल्ती नदोहोर्याउन सत्तापक्षलाई सुझाएका हुन् । संविधानको धारा १०१ मा महाभियोग सम्बन्धी व्यवस्था गरिएको छ ।

प्रधामन्त्री ओली न्युयोर्कमा
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार न्युयोर्क पुग्नुभएको छ । असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको छ । प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ ।

सहमतिपछि मात्रै बूढीगण्डकी चिनियाँ कम्पनीलाई दिइने
सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एण्ड पावर ग्रुपसँग वार्ता गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिएको थियो । 

चिनियाँ कम्पनी गेजुवाले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा चासो व्यक्त गरेको र निर्माणका लागि तयार रहेको भन्दै सरकारलाई पत्र लेखेको थियो । गत भदौ १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई चिनियाँ कम्पनीले उक्त पत्र पठाएको थियो । सरकारले निजी तथा अन्य लगानीकर्तालाई समेत आयोजना निर्माणका लागि आग्रह गरेको थियो । चित्तबुझ्दोरुपमा कुनै पनि कम्पनी लगानीका लागि तयार नभएको अवस्थामा सरकारले विद्युत् ऐनको दफा ३५ अनुसार करार सम्झौता गरी आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई दिनसक्ने बताएको छ । 

नारायणगढ–मुुग्लिन सडक तीन ठाउँमा भासियो
नारायणगढ–मुग्लिन सडकखण्डको निर्माण सकिन नपाउँदै तीन ठाउँमा भासिएको छ । ती ठाउँमा सवारी एकतर्फी मात्रै सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार पछिल्लोपटक नारायणगढबाट २६ किलोमिटर दूरीमा रहेको भालुढुङ्गामा ७५ मिटर लामो सडक भासिएको छ । 

नारायणगढबाट आठ किलोमिटरको दूरीमा रहेको भतेरीमा ५० मिटर सडक भासिएको छ । परामर्शदाता कम्पनीका विज्ञ समूहले सडक भासिनुका कारण अध्ययन गरिरहेको बिसुरालले बताए ।

केसी र भुजेललाई थुनामुक्त गर्न आदेश  
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको हो ।

आदेशमा वस्तुनिष्ठ आधार र कारण बिना नै पक्राउ गरेको देखिएको र अनुसन्धानका क्रममा थुनामा राख्नुपर्ने औचित्यपूर्ण कारण नभएको उल्लेख छ । केसी र भुजेललाई गत वैशाख १ गते काभ्रेको नमोबुद्ध नगरपालिका–६ स्थित एक पसलमा आगजनी गरेको आरोपमा पहिलो पटक भदौ १२ गते पक्राउ गरिएको थियो । 

फैसला सुनेपछि इजलाशमै तोडफोड
फुजेल काण्डले चर्चामा आएका गोरखा फुजेलका नुरप्रसाद अधिकारीले आइतवार उच्च अदालत पाटनमा तोडफोड गरेका छन् । उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलाशले गरेको फैसलाप्रति ओक्रोश व्यक्त गर्दै नुरप्रसादले इजलाशमै तोडफोड गरेका हुन् । 

अदालत स्रोतका अनुसार नुरप्रसाद खिचोला मेटाइ, घर भत्काइ मुद्दाका वादीको तर्फबाट वारेश भएर उच्च अदालत पुगेका थिए । जिल्ला अदालत ललितपुरको फैसलामा चित्त नबुझेर उच्च अदालत गएकी बिन्दु घतानी सुनारको वारेश भएर नुरप्रसाद सोमवार उच्च अदालत गएका थिए । उच्च अदालतले जिल्ला अदालत ललितपुरकै फैसला सदर गरिदिएपछि नुरप्रसादले अदालत परिसरमा तोडफोड गरेका हुन् । 

बोरामा भेटियो एक करोड १४ लाख
कैलालीको भजनी नगरपालिका ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार ३०० सहित एक जना पक्राउ परेका छन् । लम्कि चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय व्यापारि कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र राखी नेपाल आउँदै गरेको बेला सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई पक्राउ गरेको हो । 

३ जना नेपाली सहित १० जना पक्राउ
मलेसियामा ७ जना नेपालीसहित २९ जनाको ज्यान जाने गरी भएको मदिरा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जना नेपालीसहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ नेपाली, ३ लेसियन, ३ भारतीय र एकजना म्यानमारका नागरिक रहेको मलेसियन प्रहरीले जनाएको छ । उनिहरुको १९ बर्षदेखि ४८ बर्षसम्मका छन् ।

मलेसियाली स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङ्गार प्रहरीले उक्त घटनापछि १३ ठाउँमा छापा मारी करिब ३ हजार बोतल मदिराको नमूना संकलन गरेको छ । विषाक्त मदिराका कारण हालसम्म २९ जनाको मृत्यु भइसकेको छ भने अझै १९ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

समूह ‘ई’को उपाधि म्यानमारले जित्यो
म्यानमारले एएफसी यू १६ महिला च्याम्पियनसिप छनोट अन्तर्गत समूह ‘ई’ को उपाधि जितेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५–१ ले हराएर म्यानमारले उपाधि जितेको हो । 

हल्चोकस्थित एपीएफ क्लबको मैदानमा म्यानमारलाई जित दिलाउन स्वे मार औङ र जिन मारले २–२ गोल गरिन् । यस्तै फिलिपिन्सकी असाबेला मेगानले आत्मघाती गोल गर्दा मिकाइला भिलासिनले एक गोल फर्काइन् । जितसंगै म्यानमारले ३ खेलबाट ९ अंक जोडेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x