कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
रत्ननगर– विश्वमा बाघ संरक्षणका हिसाबले उत्कृष्ट निकुञ्ज घोषित भई सन् २०१६ मा अन्तर्राष्ट्रियस्तरको ‘क्याट्स’ अवार्ड पाएको चितवन राष्ट्रिय निकुञ्जलाई यसपालीको बाघको तथ्याङ्कले संरक्षणमा चुनौती थपिदिएको छ ।
बाघ अनुगमनको प्रतिवेदनमा उक्त निकुञ्जमा पाँच वर्षको अन्तरालमा २७ बाघ घटेको पाइएपछि संरक्षणमा चुनौती थपिएको हो । यहाँका संरक्षणकर्मी वन्यजन्तुको वासस्थान विनास हुँदै जानु मुख्य कारण रहेको दाबी गर्छन् ।
तुलनात्मक रूपले आत्तिहाल्नुपर्ने अवस्था नभए पनि बाघको संरक्षणमा ध्यान दिनु आवश्यक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले बताउनुभयो ।
“चितवनको क्यामेरामा सन् २०१३को भन्दा अहिले बाघका लागि उचित वातावरण छ , बच्चासमेत १२, १३ वटा छन् तर विभिन्न कारणले वासस्थान नास भइरहेकाले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।” खड्काले भन्नुभयो ।
आइतबार वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको बाघ अनुगमन प्रतिवेदनमा निकुञ्ज र आसपासका क्षेत्रमा औषत ९३ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
यसपालीको अनुगमनमा देशभर ३७ बाघ बढेर २३५ पुगेको पाइए पनि बाघको उपयुक्त वासस्थान मानिने उक्त निकुञ्जमा सन् २०१३मा १२०बाट २७ बाघ घटेर ९३ मात्रै भेटियो । सन् २००९ मा नेपालमा १२१ र सन् २०१३मा १९८ बाघ थिए ।
आफ्नो क्षेत्र खोज्दै पर्सा राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाईगर रिजर्वमा बाघ गएकाले पनि चितवनमा कम देखिएको दाबी निकुञ्ज विभागको छ ।
निकुञ्ज विभागका पर्यावरणविद् लक्ष्मण पौडेलका अनुसार अघिल्लो वर्षको साउनमा आएको बाढी, प्राकृतिक अवस्था र जुधेर पनि बाघ कम भएको अर्काे कारण हुनसक्छ । “बाघ जोगाउन बासस्थान सुधारमा ध्यान दिनुपर्छ, उहाँले भन्नुभयो, अर्काे चुनौती चोरी शिकार पनि हो ।”
चितवनमा बाघको क्षमता त्यही ९०देखि १०० कै हाराहारीमा हो। सन् २०१३ मा ‘रिक्याप्चर’ विधिबाट हेर्दा अलिकति बढी सङ्ख्या देखाएको हो की भन्ने लागेको पर्यावरणविद् पौडेलको भनाइ थियो ।
उक्त निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अहिले वास्तविक तथ्याङ्क आएको भन्दै तुलनात्मक रुपमा बाघ नघटेको बताउनुभयो । चितवनका संरक्षणकर्मी वासु ढुङ्गाना प्राकृतिक रुपमा वन्जयन्तुको मृत्यु हुने क्रम बढेकाले यसको अनुसन्धान जरुरी रहेको अाैंल्याउनुभयो ।
बाघ, गैंडालगायत वन्यजन्तु नेपालकै सम्पत्ति भएको भन्दै बाघ संरक्षण उपसमितिका जिल्ला संयोजक जीतु तामाङले वन्यजन्तुको वासस्थान विनास हुँदै गएकामा चिन्ता प्रकट गर्नुभयो । सङ्ख्यामा मात्रै ध्यान दिने तर वासस्थान संरक्षणमा ध्यान नदिँदा बाघको सङ्ख्या घटेको तामाङको भनाइ थियो ।
निकुञ्जमा भएको बासस्थानको समस्याले विस्तारै बाघ, गैँडालगायत वन्यजन्तु सामुदायिक वनतर्फ आउन थालेका संरक्षणकर्मीले बताए । चराविज्ञ तथा संरक्षणकर्मी टीका गिरीले बेलैमा वन्यवन्तुको वासस्थान संरक्षणमा ध्यान नदिने हो भने संरक्षणमा अझै चुनौती थपिने उल्लेख गर्नुभयो ।
हाल विश्वका १३ देशमा बाघ पाइन्छ । विश्वका नौ प्रजातिका बाघमध्ये तीन प्रजाति लोप भइसकेका छन् । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।
– नारायण ढुंगाना
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...