×

NMB BANK
NIC ASIA

५ नम्बर प्रदेशका मुख्यमन्त्रीको अठोट : समृद्धिका लागि प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्ने

असोज ८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल– प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विधि र प्रक्रियाबाट सङ्घीयताका विषय टुङ्गो लागेपछि फेरि पुरानै मुद्दालाई बोकेर रोइलो गर्नु लोकतान्त्रिक हुन नसक्ने बताउनुभएको छ । 

रुपन्देही व्यापार सङ्घको १७ औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै भन्नुभयो, “सङ्घीयताअनुसारको संरचना स्थापित भएको सात महिना नहँुदै समीक्षा गरेर निष्कर्ष निकाल्नु गलत संस्कार हो ।” 

मुख्यमन्त्री पोखरेलले तीन प्रतिशतको आर्थिक वृद्धिदरलाई वर्तमान सरकारले छ प्रतिशतमा पु¥याएको उल्लेख गर्दै आगामी दुई वर्षमा मुलुकको आर्थिक वृद्धिदर दोहोरो अङ्कमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सरकारले व्यावसायिक हितमा गरेका निर्णयका विरुद्धमा साङ्गठनिकरुपमा विरोधको अभियान थालिएको बताउँदै उहाँले व्यावसायिक वातावरण बनाउन सरकारले स्पष्ट नीति निर्माणमा जोड दिएको छ भन्नुभयो । 

मुख्यमन्त्री पोखरेलले व्यापार र उद्यमशीलता एकआपसमा परिपूरक भएको उल्लेख गर्दै व्यापारलाई उद्यमशीलतासंग जोड्न आग्रह गर्नुभयो । 

कृषि उत्पादनलाई बजारसँग जोडेर यस क्षेत्रको व्यवसायिक विकासमा प्रदेश सरकारले जोड दिएको बताउँदै उहाँले भन्नुभयो, “यस प्रदेशको कृषि उत्पादनले सिङ्गो देशको आवश्यकता परिपूर्ति गर्नेगरी अगाडि बढ्नुपर्दछ ।” 

मुख्यमन्त्री पोखरेलले प्रदेशमा दोहोरो करको अवस्था आउन नदिन सरकार गम्भीर छ, यसका लागि सरोकारवाला सबै पक्षसंग छलफल भइरहेको जानकारी दिदै प्रदेश र स्थानीय सरकार साझा सङ्कल्पसहित अघि बढ्ने बताउनुभयो । 

सङ्घका अध्यक्ष पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, सैनामैना व्यापार सङ्घका अध्यक्ष जीवनाथ पाण्डे, सङ्घका पूर्वअध्यक्ष टङ्क पोख्रेल, नेपाली काँग्रेसका विष्णु पोख्रेल, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव दीपक पौडेल, पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष नीरु गौतमलगायतले समसमायिक बिषयवस्तुमाथि प्रकाश पार्नुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x