×

NMB BANK
NIC ASIA

पर्यटन दिवसमा होटलमा २० प्रतिशत छुट

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ । दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ । होटलको कोठा पहिले नै बुकिङ गरेर आउने भएकाले खानामा मात्र छुट गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हानको काउन्टरबाट उक्त छुटको कुपन वितरण गरिनेछ । सेप्टेम्बर २७ का दिन पहिलोदेखि अन्तिम उडानमा आउने पर्यटकलाई यो कुपन दिइनेछ । सेप्टेम्बार २८ र २९ गतेसम्म यस्तो ‘अफर’ उपयोग गर्न सकिने छ । राजधानी काठमाडौँ मात्र नभइ देशभरका होटलमा छुटको व्यवस्था गरिएको हानले जनाएको छ । हानअन्तर्गत देशभर करीब दुई हजार होटल छन् । 

यसैबीच दिवसकै सन्दर्भ पारेर प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पनि विभिन्न सेवामा विशेष छुटको व्यवस्था गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले दिवसका दिन सडक सांस्कृतिक महोत्सव गर्ने र रात्रीकालीन सेवामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको परिषद्का अध्यक्ष समीर गुरुङले जानकारी दिनुभयो । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । उक्त अभियानलाई सफल बनाउन हानले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । ‘टुरिजम एण्ड दी डिजिटल ट्रान्सफर्मेश’ भन्ने नाराका साथ सरकार तथा निजी क्षेत्रका पर्यटकीय सङ्घ संस्थाको साझेदारीमा यही सेप्टेम्बार २७ मा विविध कार्यक्रमसहित दिवस मनाइँदैछ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x