×

NMB BANK
NIC ASIA

नेपालमा क्लाउड कम्प्यूटिङ प्रवेश गराउन अलिबाबा क्लाउडद्वारा टेलिनेटसँग साझेदारी

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – अलिबाबा क्लाउड अलिबाबा समूहको क्लाउड कम्प्यूटिङ शाखा हो । 

Muktinath Bank

यसले नेपालको बजारमा शक्तिशाली, सुरक्षित, भरपर्दो र कम लागतका क्लाउड कम्प्यूटिङ उत्पादन र सेवा उपलब्ध गराउने लक्ष्यका साथ लक्की ग्रुप कम्पनीको टेलिनेट प्रालिसँग साझेदारी अघि बढाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस कार्यबाट स्थानीय व्यवसायीलाई डिजिटल रुपान्तरणबाट प्रस्तुत विभिन्न अवसरको लाभ मिल्ने छ । लक्की ग्रुप कम्पनीको टेलिनेट प्रालि नेपालमा आईभीआर सहितको टेलिकम भीएएस, वेव, एप र डब्लूएपी आधारित सोलुसन, डिजिटल रुपान्तरण, आईओटी लगायत सबै टीभी शोहरू र रियालिटी शोका लागि टेलिभोटिङ मन्च आदि डिजिटल व्यवसायमा संलग्न रहँदै आएका छन्  र डोमेनको अझ विस्तार गरिरहेको छ । अब यो सहकार्यसँगै अलिबाबा क्लाउडले डिजिटल युगमा स्थानीय व्यवसायको लागि डिजिटल रुपान्तरणमा अग्रसर हुन सहयोग पुर्याउने छ ।


Advertisment
Nabil box
Kumari

अलिबाबा क्लाउडले उच्च पर्फर्मेन्स, क्लाउडमा लचिलो कम्प्यूटिङ क्षमता प्रदान गराउँछ र यी सेवाहरू खरिद गर्न उपलब्ध छन् र भुक्तानी तपाईले रोजेको मोडल अनुसार हुनेछ । यसमा भण्डारण, सम्बद्ध डाटाबेस, बिग डाटा प्रशोधन र अनुसन्धानात्मक, आध्ुनिक सुरक्षण र सामग्री उपलब्ध गराउने नेटवर्क समाविष्ट छन् ।

Vianet communication
Laxmi Bank

अलिबाबा क्लाउड बृहत् डाटाबेस प्रणाली एवं आधुनिक बिग डाटा प्रविधिको अनुसन्धान र विकासप्रति प्रतिबद्ध रहेको छ । अनुसन्धान र विकास अन्तर्गत आइओटी प्रविधि, भर्चुअल रियालिटी, स्मार्ट होम्स, अटोमोटिभ नेटवर्किङ र सूचना प्रणाली र क्लाउडमा आधारित मोबाइल उपकरण सञ्चालन प्रणाली समावेश छन् । 

नेपालमा क्लाउड ग्रहण कार्यले गति प्राप्त गरिरहेको छ । यस क्षेत्रमा बढ्दो कनेक्टिभिटी र व्यापारिक क्रियाकलापको वृद्धिले नेपालमा क्लाउड कम्प्यूटिङ प्रविधि सहितका कम्पनीलाई धेरै अवसरको विकास भइरहेका छन् । अलिबाबा क्लाउडको विश्वव्यापी पूर्वाधारको मद्दतबाट कम्पनीले आफ्नो भौगोलिक पहुँचलाई अन्तर्राष्ट्रिय जगत्मा विस्तार गर्न सक्ने छन् र विश्व बजारमा राम्रो प्रतिस्पर्धी बन्न सक्ने छन् ।

‘अलिबाबा क्लाउड डिजिटल युगका अवसरको उपयोग गर्न भविष्य प्रमाणित प्रविधिहरू जुन हामी सञ्चालन गर्दछौं, त्यसलाई बजारमा उपलब्ध गराएर सबै खाले व्यवसायको सशक्तीकरणका लागि सदैव समर्पित छ । हाम्रो लक्ष्य नेपालमा सबै खाले व्यवसायले प्राथमिकतामा राखेको क्लाउड सर्भिस सेवा प्रदायक बन्ने रहेको छ र यसको लागि हामीले टेलिनेटको स्थानीय विज्ञसँग हातेमालो गरेर क्लाउड सोलुसनका सम्पूर्ण सेवा प्रदान गर्ने नीति लिएका छौं । पूर्ण जानकार र राम्रो सम्पर्क भएको स्थानीय विज्ञ साझेदारसँगको सहकार्यले हामीलाई बजार विस्तारमा सहयोग पुग्नेछ । साथसाथै अलिबाबा क्लाउडको पकडलाई थप शक्ति पनि मिल्नेछ जब यस डिजिटल युगमा स्थानीय कम्पनीलाई अन्तर्राष्ट्रियकरण गर्न र अवसर खोस्नमा सहयोग गर्ने अवस्था आउँछ,’ अलिबाबा क्लाउड इण्डियाका जनरल म्यानेजर डा. एलेक्सले भने ।

‘हामी नेपालमा अलिबाबा क्लाउडसँग साझेदार गर्न पाएकोमा अति नै उत्साहित छौं । हामीले नेपालका विभिन्न क्षेत्रमा क्लाउड आधारित उत्पादनको बढ्दो मागलाई देखेका छौं । विगत ५ वर्षमा नेपालमा वेवको विकास, ईकमर्स र प्रविधिजन्य कम्पनीको ठूलो संख्यामा भएको विकासलाई नजिकबाट नियालेका छौं । आज नेपालको इन्टरप्राइज व्यापारले नवीन प्रविधिलाई छिटो अँगाल्ने गरेको छ जस्तो कि क्लाउड जसले रणनीतिक व्यापारिक लाभ उपलब्ध गराउँछ र यो माग बढ्दो रुपमा देखा पर्दै गएको छ । अलिबाबा क्लाउडसँग भएको यो साझेदारीले हाम्रा इन्टरप्राइज ग्राहकका लागि हाम्रो डिजिटल क्षमता अझ विस्तार गर्नेछ । साथै हामी हाम्रो च्यानल पार्टनर इकोसिस्टमसँग पनि सहकार्य गर्न लालायीत छौं । जसले गर्दा प्रयोगकर्तालाई उत्तम छनौट र बढी लचिलो अफरमार्फत् सम्पूर्णता सहितको उत्कृष्टता प्रदान गर्न सकियोस्,’  टेलिनेट प्रालिका अध्यक्ष प्रतिक जलान मन्तव्यका क्रममा भने ।

अलिबाबा क्लाउडसँग अहिले विश्वभर रहेका १८ वटा आर्थिक केन्द्रमा ४९ वटा उपलब्धता क्षेत्र रहेका छन्, यसको पहुँच क्षेत्र चीन, हङकङ, सिंगापुर, जापान, अस्ट्रेलिया, मध्यपूर्व, युरोप, भारत र यु एस (पूर्वी र पश्चिमी कोस्ट) भित्र पर्दछन् ।

अलिबाबा क्लाउडको संक्षिप्त परिचय :

सन् २००९ मा स्थापित अलिबाबा क्लाउड अलिबाबा समूहको क्लाउड कम्प्यूटिङ शाखा हो । गार्टनरका अनुसार विश्वको प्रमुख ३ आईएएएस प्रदायकमध्ये एक यो कम्पनी आईडीसीका अनुसार चीनमा सार्वजनिक क्लाउड सेवाको सबैभन्दा ठूलो सेवा प्रदायक हो ।

अलिबाबा क्लाउडले विश्वभरका व्यवसायलाई क्लाउड कम्प्यूटिङ सेवाको एकमुष्ठ सेट प्रदान गर्दछ, जसमा व्यापारीले अलिबाबा ग्रुप बजार स्थल, स्टार्ट–अपस्, कर्पोरेसन र सरकारी निकायमा व्यवसाय गरिरहेका छन् । अलिबाबा क्लाउड अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको औपचारिक क्लाउड सेवा साझेदार हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x