×

NMB BANK
NIC ASIA

काठमाडौंमा १४ देशका सेना, विपद् व्यवस्थापन अभ्यास गरिँदै

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान मंगलवारदेखि शुरु भएको छ । 

Muktinath Bank

नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्र कमाण्डद्वारा आयोजित उक्त अभ्यासमा नेपालसहित १४ मुलुकका सैनिक तथा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिको सहभागिता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चार दिने उक्त अभ्यासमा नेपाल, अमेरिका, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश, सिङ्गापुर, क्यानाडा, फिलिपिन्स, बेलायत, डेनमार्क, बेल्जियम, इजरायल, भारत र चीनका सैनिकको सहभागिता छ । 


Advertisment
Nabil box
Kumari

नेपालको प्रदेश नम्बर ६ को दैलेख क्षेत्रमा ठूलो भूकम्प गएर त्यस क्षेत्रका सडक अवरुद्ध हुनाका साथै पुलहरूसमेत भत्केका र सुर्खेत विमानस्थलको पनि केही भाग क्षति भएको अनुमान गरी त्यस्तो अवस्थामा खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालनबारे व्यावहारिक अभ्यास गरिने भएको छ । 

Vianet communication
Laxmi Bank

भूकम्पमा परेर घाइते भएकाको उपचारका लागि अस्पताल पनि तयारी अवस्थामा रहनुपर्ने भएकाले त्यसका लागि शिक्षण अस्पताल, ट्रमा सेन्टर, नर्भिक इन्टरनेसनल र ग्रीनसिटी अस्पताललाई उक्त अभ्यासका लागि छनोट गरिएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हुने उक्त अभ्यासमा ६४ विदेशी तथा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल स्काउट, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, नेपाल रेडक्रसलगायत मानवीय उद्धारका क्षेत्रमा कार्यरत संस्थाका समेत ३ सय प्रतिनिधिको सहभागिता छ । 

यसअघि यस्तो तालिम सन् २०११, २०१३, २०१६ मा काठमाडौंमै सञ्चालन भएको नेपाली सेनाका विपद् व्यवस्थापन निर्देशनालय निर्देशक जीतबहादुर गुरुङले जानकारी दिए ।

गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पपछिको खोज, उद्धार र राहतसहित घाइतेको उपचारका लागि बहुराष्ट्रिय सेनाको परिचालन र समन्वय निकै प्रभावकारी ढंगबाट भएको निष्कर्ष निकालिएको थियो । विक्रम सम्वत् २०७२ को भूकम्पमा विमानस्थलमा क्षति नहुँदा धेरै व्यक्तिको ज्यान बचाउन सहयोग पुगेको थियो । 

नेपाल प्राकृति विपद्का हिसाबले जोखिम रहेकाले यस्ता प्राकृतिक प्रकोपका घटनापछिका उद्दार र राहतका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी तुल्याउन यस्ता अभ्यास निकै उपयोगी हुने विश्वास लिइएको छ । यस पटकको अभ्यास विमानस्थल, छाउनी, टुँडिखेल र विभिन्न अस्पतालमा सञ्चालन गरिनेछ । 

अभ्यास शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले ठूला खाले प्राकृतिक प्रकोपका घटनाले सामाजिक र आर्थिक क्षेत्रमा मात्र नभएर मानवीय विकासमा समेत ठूलो प्रभाव पार्नाकासाथै उपलब्ध जनशक्ति, स्रोत र साधनको प्रभावकारी परिचालनमा यस्ता तालीम कोशेढुङ्गा सावित हुने धारणा व्यक्त गरे । 

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत माइकल सि गुन्जालेस्ले बहुराष्ट्रिय सैनिक र बहुपक्षीय सरोकार संस्थाका प्रतिनिधि सम्मिलित विपद् व्यवस्थापन अभ्यासका क्रममा हुने अनुभव आदानप्रदानबाट ठीक समयमा ठीक खोज, उद्धार र राहतका कार्यक्रम सञ्चालन गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे । 

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका घटनापछिको खोज, उद्धार र राहतका कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन र पूर्वतयारी गर्न सके पछि आइपर्ने ठूला जनधनका क्षति रोक्न सकिने धारणा व्यक्त गरे । आगामी वर्षदेखि यस्तो अम्यास प्रदेशस्तरमा पनि सञ्चालन गरिने नेपाली सेनाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x