×

NMB BANK
NIC ASIA

केन्द्रप्रति जनप्रतिनिधिको गुनासो : 'भाषणमा दुर्गम, बजेटमा कम'

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – हुम्ला जिल्लाको विकट गाउँपालिका ताजाकोटका अध्यक्ष बाग्दल मल्लले केन्द्र तथा प्रदेश सरकारले विकट गाउँपालिकालाई दुर्गम भन्ने तर बजेट कम दिने गरेको गुनासो गरेका छन् ।

Muktinath Bank

‘हामीलाई जिब्रोले भन्ने बेला दुर्गम गाउँपालिका भन्ने, विकास दुर्गमबाट शुरू गर्छौ भनेर आश्वासन दिने गरिन्छ,’ उनले भने, ‘तर, बजेट दिने बेलामा थोरै दिइने गरिन्छ ।’ अध्यक्ष मल्लले आफ्नो गाउँपालिकामा आएको बजेटले २ किलोमिटर सडक बनाउन पनि नपुग्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘त्यत्रा चट्टान छन्, ठूला–ठूला भीरहरू छन्, ती फोड्न मानिसले सक्दैनन्,’ उनले भने, ‘अहिलेसम्म सडक पुगेको छैन । गाउँमा कसरी विकास गर्ने ?’ सडक बनाउन डोजरको आवश्यकता अनिवार्य भएको उनले बताए । ‘मानिसले पहाड फोड्न नसक्ने, डोजर लैजान नसकिने ?’ उनले भने, ‘यस्तोमा कसरी विकास गर्ने थोरै बजेटमा ?’


Advertisment
Nabil box
Kumari

अध्यक्ष मल्लले गत आर्थिक वर्षमा १३ करोड ५४ लाख बजेट आएकोमा त्योमध्ये विकास खर्च भनेर पुँजीगततर्फ करीब ४ करोड बजेट मात्रै खर्च गर्न पाइएको बताए । सरकारले चालू आर्थिक वर्षका लागि दुर्गम भन्दै ११ करोड ८७ लाख रुपैयाँ बजेटमा ५ करोड ८७ लाख सशर्त अनुदान दिएको र अन्य चालू खर्च कटाई २ करोड ७९ लाख रुपैयाँ मात्र विकासे बजेट विनियोजन गरेको बताए ।

Vianet communication
Laxmi Bank

‘न बाटो छ, न सडक छ, न बिजुली छ, न खानेपानी छ, न पर्याप्त खाद्यान्न छ,’ उनले दुखेसो पोख्दै भने, ‘हामीले कसरी त्यो २ करोड बजेटमा विकास गर्ने ? खानेपानी योजना बनाउनै १ करोड लागत लाग्छ ।’

अध्यक्ष मल्लले सडक नपुगेको ठाउँलाई सरकारले विशेष रुपमा हेर्नुपर्ने बताए । ‘बस्ती एकीकृत गराउनेबारे सोच्यो भने आर्थिक स्रोत छैन । जस्तो छ, त्यसैमा विकास गरौं भने एउटा बस्तीलाई खानेपानी योजना दिन सकिँदैन ।

यस्तो अवस्थामा हामीले कहिले राज्य र स्थानीय सरकार भएको जनतालाई अनुभूति दिलाउन सकौला ?’ उनले भने, ‘संघीयतालाई सफल बनाउने हो भने जनतालाई सरकार भएको महसुस गराउने हो भने कम्तिमा दुर्गम क्षेत्रका जनताले महसुस गर्ने गरी बजेट पाउनुपर्छ भन्ने मेरो माग हो ।’

ताजाकोट गाउँपालिका शिक्षा, स्वास्थ्य, खाद्यान्नदेखि सबै क्षेत्रमा पछि परेको उनले बताए । ‘१२ महिना काम गर्ने ६ महिना खान नपुग्ने हाम्रो क्षेत्रका जनताको अवस्था छ,’ उनले भने, ‘पखाला लाग्यो भने औषधि गर्न १ दिन पैदल जानुपर्ने तर स्वास्थ्य संस्थामा औषधि नै हुँदैन । चुनावताका जनतालाई देखाइएका सपना कतै सपनामै सीमित त हुने होइनन् भन्ने मनमा चिन्ता लागिरहन्छ ।’

११ कक्षा पढाउने एउटै विद्यालय

‘सुगम ठाउँमा टोलैपिच्छे एउटा माध्यमिक विद्यालय हुन्छन् । त्यहाँ आवश्यकताभन्दा शिक्षकका दरबन्दी पनि धेरै हुन्छन्,’ उनले भने, ‘तर, हाम्रो गाउँपालिकामा यो वर्षदेखि एउटा विद्यालयमा ११ कक्षाको शिक्षा संकाय सञ्चालन गरेका छौं । विद्यालयमा माध्यमिक तहको राहततर्फ १ जना मात्र शिक्षक छन् । निजी स्रोतबाट विद्यालय कसरी चलाउनु ?’ अध्यक्ष मल्लका अनुसार गाउँपालिकाको ३ नम्बर वडामा रहेको धर्मादय माध्यमिक विद्यालयमा मात्रै ११ कक्षाको अध्ययन हुने गरेको छ ।

‘त्यो विद्यालयमा ११ कक्षा शुरू गर्नको लागि ५० लाखभन्दा बढी रकम हामीले गत वर्ष खर्च गरेका छौं,’ उनले भने, ‘त्यो रकमबाट हामीले विद्यालयमा भवन, सोलार सिस्टम र कम्प्यूटर खरिद गरेका छौं ।’

बिजुलीको निसान छैन

‘दुर्गमका गाउँपालिकामा बिजुली बलेको यहाँहरूले सुन्नुभएको होला,’ अध्यक्ष मल्लले भने, ‘तर, हाम्रो गाउँपालिकामा १ सय वाटको बिजुली निकाल्नको लागि पनि १ वर्षको बजेट पूरा पुगेन ।’ उनले बजेट अभावका कारण २ हजार ६ सय मिटर क्यानल खन्नुपर्नेमा १ हजार मिटर क्यानल आर्थिक कमीका कारण खन्न नसकिएको बताए ।

‘जम्मा २ करोड बजेट छ, अन्य दाता कोही छैनन्,’ उनले भने, ‘यो योजना पूरा गराउन प्रदेश सरकारकै भर छ ।’ प्रदेश सरकारले सहयोग गरेको खण्डमा सय वाटको भएपनि बिजुली बल्ने र त्यसले अलिकति भएपनि विकासको मुहार जनताले देख्न पाउने बताए ।

उत्पादन बजारसम्म पुर्याउन समस्या

उनले ताजाकोट गाउँपालिकामा सुन्तला, स्याउ र पशुपालन व्यवसाय गर्न सकिने बताए । ‘गत वर्ष हामीले १० हजार सुन्तला र १० हजार स्याउका बेर्ना वितरण गरेका थियौं,’ उनले भने, ‘साथै हामीले १५ लाख बराबरका उन्नत जातका बोकाहरू समेत लगेर कृषकलाई वितरण गरेका छौं ।’

अध्यक्ष मल्लले उत्पादन गरेपनि खानका लागि मात्रै गर्नुपर्ने बाध्यता भएका कारण किसानले खेती तथा पशुपालनतर्फ ध्यान दिन नसकेको बताए । ‘पशुवस्तु बिक्री गरौं, स्याउ सुन्तला बिक्री गरौं भने ५ दिन पैदल हिँडेर जुम्ला सदरमुकाम, मुगु सदरमुकाम वा बाजुरा सदरमुकाममा डेरा गरेर बस्नुपर्छ,’ उनले भने, ‘बिक्री गरेकोभन्दा उल्टै किसानले ऋण लगाएर फर्कनुपर्ने बाध्यता जनतालाई छ, कसरी कृषिमा व्यावसायिकीकरण गर्ने ?’

अध्यक्ष मल्लले प्रदेश सरकारले आगामी दशैंसम्म हुम्ला जाने सडकले ताजाकोट गाउँपालिकाको सीमाना छुने भएका कारण उक्त स्थानबाट ताजाकोट गाउँपालिकासम्म सडक निर्माण गरिदिएको भए राहत मिल्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x