×

NMB BANK
NIC ASIA

धनगढीमा साल्ट ट्रेडिङ र व्यापारीबीचको विवाद उत्कर्षमा

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड अञ्चल कार्यालय धनगढी र व्यापारीबीचको विवाद उत्कर्षमा पुगेको छ ।

Muktinath Bank

वर्षौदेखि साल्ट ट्रेडिङको १८ सटरमा भाडा लिई व्यापार गर्दै आएका व्यापारी र साल्ट ट्रेडिङबीचको विवाद चुलिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ महिना पहिले साल्ट ट्रेडिङले आफ्नो स्वामित्वको सटर सहितको पुरानो भवन भत्काएर मल्टी कम्प्लेक्स निर्माण गर्ने भन्दै व्यापारीलाई सटर खाली गर्न पत्राचार गरेको थियो । 


Advertisment
Nabil box
Kumari

साल्ट ट्रेडिङको केन्द्रीय कार्यालयले जेठ १८ गते सटर खाली गराउन भनी अञ्चल कार्यालयलाई परिपत्र जारी गरेपछि व्यापारीलाई सटर खाली गराउन पत्राचार गरेको अञ्चल कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले बताए । तर, कुनै पनि व्यापारीले पत्र बुझ्न मानेनन् । हुलाकमार्फत् पठाइएको पत्र समेत उनीहरूले बुझेनन् ।

Vianet communication
Laxmi Bank

सटर भाडामा लिई व्यापार गर्दै आएका व्यापारीले पछिल्लो ७ महिनादेखि सटर भाडा बुझाएका छैनन् । एकातिर सटर खाली गराउन भनी जारी गरेको पत्रको म्याद ३ महिना गुज्रेको र भाडा पनि नबुझाएपछि साल्ट ट्रेडिङले असोज १ गते पुनः भाडा बुझाउन व्यापारीलाई पत्राचार गर्यो । तर, व्यापारीले पुनः पत्र बमोजिमको आदेशलाई ठाडै अस्वीकार गरे ।

व्यापारीको आफ्नै अडान

सटर भाडामा बस्ने व्यापारीको आफ्नै अडान छ । उनीहरूले साल्ट टे«डिङका सहायक महाप्रबन्धक पाण्डेको कार्यशैलीले आफूहरू आक्रान्त भएको आरोप लगाएका छन् । करीब १२ वर्षदेखि साल्ट टे«डिङको सटर भाडामा लिई व्यापार गर्दै आएका पुष्कर शाहीले अहिलेको समस्या सहायक महाप्रबन्धक पाण्डेले बल्झाएको समस्या भएको दाबी गरे ।

‘यहाँ हाम्रो बस्ने वातावरण कहिल्यै बन्न दिएनन् हाकिम सा’पले । कहिले सटरको टेण्डर आह्वान त कहिले टेण्डर बदर गर्दै आएका छन् । हाल आएर भवन भत्काएर मल्टी कम्प्लेक्स बनाउने कुरा सुन्दै छौं । यो सब हामीलाई खेद्ने काम मात्रै गरिएको छ,’ उनले भने, ‘हामीले भाडा तिरेका छैनौ । तर, हामी स्थानीय प्रशासनको रोहबरमा भाडा तिर्न तयार छौ । कहीँ पनि हाम्रो बस्ने वातावरण मिलाइदिनुपर्यो भन्ने हाम्रो माग हो । हामी भाडा विरोधी, विकास विरोधी होइनौं, पहिले पनि तिरेको रेकर्ड होला, अझै पनि तिर्छौ ।’

व्यापारीले हाल पुरानो भवन रहेको जग्गा सडकको भागमा परेकाले मल्टी कम्प्लेक्स पछाडि बन्ने भएकाले पछाडिको अन्य संरचना हटाउने कार्य साल्ट ट्रेडिङले थाल्नुपर्ने बताएका छन् । ‘यो भवन भएको ठाउँमा मल्टी कम्प्लेक्स बन्ने पनि होइन । पहिले भवन भत्काउने टेण्डर आह्वान गर्नुपर्यो, त्यसपछि सटर खाली गरिदिन्छौ । ५ दिनमै खाली गरिदिन्छौ,’ शाहीले अगाडि थपे ।

यति मात्रै नभई व्यापारीले साल्ट ट्रेडिङले आफूहरूबाट बिना समझौता भाडा असुल गरिरहेको समेत आरोप लगाएका छन् । बिना सम्झौता हाल प्रतिसटरको प्रतिमहिनाको भाडा साढे २७ हजार रुपैयाँको दरले असुल गरिरहेको आरोप लगाएका छन् ।

भवन नै सडकमा

धनगढीमा साल्ट ट्रेडिङको स्वामित्वमा १ विगाहा १६ कट्ठा जमिन छ । मुख्य सडकमै पर्ने जग्गामा १८ सटर सहितको कार्यालय भवन छ । जुन भवन भूकम्प प्रतिरोधी नभएको र सडक क्षेत्रमै पर्ने भन्दै धनगढी उपमहानगरपालिका, सडक डिभिजन कार्यालय कञ्चनपुर, शहरी विकास तथा भवन निर्माण कार्यालयले तोकिएको दूरी र मापदण्ड बमोजिम भवन निर्माण गर्न सुझाएका छन् । सोही अनुसार साल्ट ट्रेडिङले जीर्ण समेत भइसकेको भवन भत्काएर मल्टी कम्प्लेक्स बनाउने प्रक्रिया थालेको हो । 

धनगढी उपमहानगरपालिकाले २०७४ बैशाख १२ गते साल्ट ट्रेडिङ धनगढीलाई पत्राचार गरेको पत्र अनुसार धनगढी चौराहादेखि क्याम्पस रोडसम्मको सडक हुलाकी सडकमा पर्ने भनेको छ । सडकको मापदण्ड अनुसार सडकको केन्द्र बिन्दुबाट १५/१५ मिटर दाँया र बाँया गरी ३० मिटर सडक कायम गर्नुपर्ने जनाएको छ । साथै, सेट ब्याक डिस्टेन्स एकातर्फ छ मिटर कायम गर्दा सडकको केन्द्र बिन्दुबाट २१ मिटरमा स्थायी संरचना निर्माण गर्न सो पत्रमा उल्लेख गरेको छ । जुन अनुसार साल्ट ट्रेडिङको पुरानो भवन सडकको मापदण्ड विपरीत रहेको समेत पत्रमा उल्लेख गरिएको हो ।

हाल उक्त सडकको विस्तार हुलाकी आयोजनाले विस्तार नगरी एसियाली विकास बैंक (एडीबी) अन्तर्गतको परियोजनाबाट विस्तार हुने जनाइएको छ ।

अदालत जाने तयारीमा

समस्याको निकास नआएपछि साल्ट टे«डिङले कानूनी उपचारको बाटो खोज्ने बताएको छ । आफ्नो मेगा प्रोजेक्टमा भाँजो हाल्ने काम मात्रै भएको भन्दै साल्ट टे«डिङले कानूनी उपचार खोज्ने बताएको हो । सहायक महाप्रबन्धक पाण्डे भन्छन्, ‘हाम्रो पटक–पटकको प्रयास विफल भएको छ । अब अन्तिम विकल्प भनेकै अदालत हो ।’ कानूनी बाटोबारे छलफल चलिरहेको बताउँदै सहायक महाप्रबन्धक पाण्डेले चाँडै नै अदालत जाने जानकारी दिए ।

३० करोड लागतको मल्टी कम्प्लेक्स निर्माणको लागि विस्तृत परियोजना सर्वे (डीपीआर)को प्रक्रिया जारी रहेको बताएको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दुवै पक्षको कुरा सुनेर निकास निकाल्ने बताएका छन् । बिना समझौता आफूहरूबाट भाडा असुल गरेको भन्ने व्यापारीको भनाई मात्रै हालसम्म सुनेको बताउँदै प्रजिअ श्रेष्ठले चाँडै नै साल्ट ट्रेडिङसँग पनि विस्तृत रुपमा कुरा बुझेर निकास निकाल्ने बताए ।

दिपावलीसम्म केही भन्न सक्दैन : मेयर वड

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले दिपावलीसम्म आफूले केही गर्न नसक्ने बताएका छन् । धनगढी बजारको मुख्य सडक सहितको सडक विस्तार कार्य दिपावलीपछि मात्रै हुने बताउँदै मेयर वडले आफूले दिपावलीपछि मात्रै भत्काउन साल्ट ट्रेडिङलाई सल्लाह दिएको जानकारी दिए ।

‘म सबैको मेयर हो । यहाँको धेरै सडक विस्तार गर्न बाँकी नै छ । मैले सबै नगरवासीलाई भनेको छु, दिपावलीपछि अतिक्रमित क्षेत्र खाली गर्नुपर्छ भनेर । त्यही कुरा साल्ट ट्रेडिङलाई पनि भनेको हुँ । कसैले त्योभन्दा पहिल्यै हटाउँछ भने मेरो केही भन्नु छैन,’ उनले भने ।

मेयर वडलाई व्यापारीको पक्षपोषण गर्दै आएको आरोप समेत लाग्दै आएको छ । मेयरको साथ पाएकै कारण साल्ट टे«डिङको सटरमा बस्ने व्यापारीले अटेर गर्दै आएको साल्ट ट्रेडिङ सहायक महाप्रबन्धक पाण्डेको बुझाइ छ । तर, मेयर वडले आफू विकास विरोधी नभएको भन्दै सहायक महाप्रबन्धक पाण्डेले आफ्नो भनाईलाई गलत रुपमा अर्थ्याएको दाबी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x