×

NMB BANK
NIC ASIA

स्थानीय तहको भ्रष्टाचार रोक्न सक्रिय भयो अख्तियार

असोज ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार र अनियमितता रोक्नका लागि सक्रिय रुपमा परिचालित भएको जनाएको छ । 

पछिल्लो समयमा स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको, विकास निर्माणका काममा समेत अनियमितता भएको भन्ने उजुरी बढ्दै गएकाले आयोगले सक्रियता बढाएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

आयोगले भ्रष्टाचार र अनियमिततासम्बन्धी बढी उजुरी परेका निकायको अनुसन्धान कार्यलाई तीव्रता दिएको उल्लेख गर्दै उनले स्थानीय तहमा विकास निर्माण लगायतका कार्यमा हुने गरेका अनियमितता र भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली परिचालित भएको बताए । 

स्थानीय तहका काम कारवाहीका विषयमा परेका उजुरीको अनुसन्धान कार्य तीव्र पारी टुङ्गोमा पुग्न र प्राप्त भएका उजुरीमाथि समेत आयोगले द्रुतरुपमा कार्य प्रारम्भ गरेको आयोगको भनाइ छ । पहाडी जिल्लामध्ये बढी उजुरी भएका कास्की र पर्वत जिल्लाका उजुरीलाई स्थलगत अनुगमन गरी अनुसन्धान तथा छानबिन गर्न स्थलगत टोली खटाइएको प्रवक्ता दङ्गालको भनाइ छ । 

आयोगबाट खटिएको टोलीले सङ्कलन गरेका तथ्य प्रमाणका आधारमा अनुसन्धान एवं छानबिन गरी शीघ्र टुङ्गोमा पुर्‍याउने र आगामी दिनमा पनि बढी उजुरी परेका अन्य विषयगत क्षेत्रमा समेत अनुसन्धान कार्यलाई व्यवस्थित बनाउने जनाएको छ । 

घुस रकमसहित पक्राउ 

आयोगले नापी कार्यालय सर्लाहीमा कार्यरत अमीन किसुनदेव मण्डललाई रु नौ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

अंशबण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिएबापत सेवाग्राहीसँग घुस रकम लिँदालिँदै आयोगको टोलीले आज नापी कार्यालयबाटै पक्राउ गरेको हो । 

यस्तै काठमाडौँ महानगरपालिकाको कार्यालय, टेकुस्थित मिसिल शाखामा कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आयोगले आज पक्राउ गरेको छ । सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी विभिन्न बहानामा घुस लिएको अभियोग गिरीमाथि लागेको छ । आयोगले गिरीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x