×

NMB BANK
NIC ASIA

सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी हुनुपर्ने

असोज ९, २०७५

NTC
Sarbottam
प्रतिकात्मक तस्बिर
Premier Steels
Marvel

लमही– विश्व फर्मासिष्ट दिवसको अवसरमा नेपाल फार्मेसी सङ्घ दाङले आज चेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । 

सो अवसरमा सङ्घका अध्यक्ष सुलभ अधिकारीले सबै स्थानीय तहमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्ने बताउँदै दरबन्दी भएमा मात्रै त्यहाँका नागरिकले सुलभ र सहजरुपमा स्वास्थ्य सेवा पाउने विचार व्यक्त गर्नुभयो । 

अहिले फर्मासिष्टबाहेक अन्य व्यक्तिले पनि औषधि वितरण गर्ने कार्य गरिरहेका कारण बिरामीले रोगअनुसारको औषधि पाउन नसकेको उल्लेख गर्दै उहाँले रोगको पहिचान गरी नागरिकलाई औषधि वितरण गर्न स्थानीय तहले फर्मासिष्टको दरबन्दी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । 

सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याए पनि दरबन्दी सिर्जन नगर्नु दुःखद् पक्ष भएको बताउँदै सङ्घका उपाध्यक्ष राजीमान बुढाले अहिले सरकारले सञ्चालनमा ल्याएका कुनै पनि फार्मेसीमा दरबन्दी नरहेको बताउनुभयो । फार्मेसीजस्तो संवेदनशील क्षेत्रमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले फार्मेसी तथा सहायक फार्मेसीको सेवा सुविधा पनि निर्धारण गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । 

सङ्घका सचिव अजय केसीले अझै पनि आम नागरिकले फर्मासिष्टको काम, कर्तव्य र अधिकार के हो भन्नेबारेमा जानकारी नपाएको बताउँदै प्रत्यक्षरुपमा नागरिकको सेवामा खटिए पनि फर्मासिष्ट को हुन्, के गर्छन्, भन्ने कुराको जानकारी आम नागरिकलाई छैन भन्नुभयो । 

दाङमा अहिले ३५ जना फार्मसिष्ट कार्यरत छन् । दाङको लमही अस्पताल, राप्ती उपक्षेत्रीय अस्पताल घोराही र राप्ती अञ्चल अस्पताल तुलसीपुरमा सरकारी औषधालय सञ्चालनमा छन् । 

‘जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नाराका साथ सो दिवस मनाइएको हो । सङ्घ औषधालयकोे सुधारका लागि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । ज्ञापनपत्र बुझ्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले औषधालयमा देखिएका समस्या समाधानका लागि तिनै तहको सरकारसँग सहकार्य गर्ने बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x