कात्तिक २५, २०८०
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
काठमाडौं– किष्ट बैंकका तत्कालीन प्रमुख कमल ज्ञवाली पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा फरार रहेका उनी महेन्द्रनगर क्षेत्रबाट बिहीबार साँझ पक्राउ परेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले उनी पक्राउ परेको पुष्टि गरे । ज्ञवालीलाई उच्च अदालत पाटनले २०७३ जेठमा बैंकिङ कसुर तथा किर्ते जालसाजी मुद्दामा दोषी ठहर गरेको थियो । उनका अनुसार अदालतले ज्ञवालीलाई चार वर्ष कैद र साढे चार करोड जरिवाना सुनाएको थियो । त्यस लगतै ज्ञवाली फरार रहेका थिए ।
को हुन् ज्ञवाली ?
ज्ञवाली गुल्मीको थोर्गामा मध्यमवर्गीय परिवारमा जन्मिएका हुन् । ०५२ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका ज्ञवाली पढाइसँगै काम गर्न थाले । सुरुमा पढाउँथे । पछि वित्तीय क्षेत्रमा हात हाले ।
ज्ञवालीकै अवधारणा र नेतृत्वमा ०५९ सालमा ‘पावर टु सक्सिड’ नारा राखेर किष्ट मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स स्थापना भयो । त्यसलाई स्तरोन्नति गरी ०६६ मा किष्ट बैंक बनाइएको थियो ।
के थियो उनीमाथिको मुद्दा ?
०५२ सालमा काठमाडौं आएका ज्ञवालीले करिब ३ अर्व रुपैयाँको हाराहारीमा सम्पत्ति कमाइसकेका थिए । त्यो सबै कमाइको स्रोत सेयर र घरजग्गा थियो ।
काठमाडौंको अनामनगरस्थित जम्को प्रकाशन प्रा.लि.की सञ्चालिका रहेकी देवकी वस्ताकोटीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले २०७४ भदौ ८ गते पक्राउ गर्यो । तत्कालीन किष्ट बैंकको सवा ४ करोड रुपैयाँ ठगी गरेर फरार भएकी ४२ वर्षीया बस्ताकोटीलाई सीआइबीले बिराटनगरको टंकी सुनवरीबाट पक्राउ गरेको हो ।
वस्ताकोटीले व्यवसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि भन्दै बैंकका तत्कालिन प्रमुख कमल ज्ञवालीको सहयोगमा किष्ट बैैंकबाट कर्जा लिएकी थिइन् । सोही काण्डमा ज्ञवाली पनि मुछिएका थिए ।
ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई बैंकिङ कसूरमा दोषी ठहर गर्दै पुनरावेदन अदालत पाटनले ०७३ असोज ५ गते कमललाई ४ वर्ष जेल र ६ करोड ६५ लाख रुपैयाँ जरिवाना र गौरीलाई ३ वर्ष जेल र ६ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला गरिसकेको छ । जम्को प्रकाशन प्रालिलाई कमसल धितो मूल्यांकन गरी कर्जा लगानी नीति विपरीत ऋण स्वीकृत गरेको प्रकरणमा अदालतले ज्ञवालीलाई दोषी ठहर गरेको थियो ।
प्रहरीको खोजीमा रहेका उनी अन्ततः बिहीबार पक्राउ परेका छन् । प्रहरीले उनलाई अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...