काठमाडाैं–
तिम्रो भाषा नै घाटमा गइसक्यो रे
पढ्ने बुझ्नेको स्वाद बेस्वाद भो रे
मुर्दा भाषाको प्राण जान्ने तिमी हौ
सोही पाटोका काल जित्ने तिमी हौ ।।।
संस्कृत भाषा, व्याकरण र साहित्यका विद्वान् पण्डितराज सोमनाथ सिग्देलको १३४औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा कवि भुवनहरि सिग्देलले लयात्मक ढङ्गले सो कविता श्लोक वाचन गर्दा सहभागीबीच तालीको पर्रा छुट्यो ।
सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय सम्पर्क समिति, काठमाडौँले आज वाल्मिकी क्याम्पसमा आयोजना गरेको कार्यक्रममा सहभागी साहित्यकार तथा वक्ताले भाषाको संरक्षण र प्रवद्र्धनमा राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिए । अर्का कवि पुरुषोत्तम सिग्देलले बाल्यकालमै आफूले एक पटक पण्डितराज सिग्देललाई भेट्ने अवसर पाएको बताउँदै उनी असाधारण प्रतिभाको धनी भएको स्मरण गरे ।
पण्डितराजको प्रशंसा गर्दै कवितामार्फत उनले भने,
सिग्देलका कुल सदाशिवको पियारो
विद्याविहीनाति दहचोक थियो अँध्यारो
यौटा सुधी कुलसुदीपक रत्न आए
सिग्देल वंशबीच चन्द्र सरी उदाए
विसं १९४१ असोज १९ मा जन्मिएका सिग्देलको २०२९ साल असोज २८ मा निधन भएको थियो । सिग्देललाई तत्कालीन राजा महेन्द्रले पण्डितराजको उपाधि दिएका थिए ।
सिग्देल बन्धु प्रतिष्ठान नेपाल केन्द्रीय सम्पर्क समितिका अध्यक्ष खेलनाथ सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दुर्गा सिग्देल, सचिव पूर्णचन्द्र सिग्देल, समितिका सचिव जयराम सिग्देललगायतले क्याम्पस प्राङ्गणमा रहेको पण्डितराज सिग्देलको शालिकमा माल्यार्पण गर्दै भाषासाहित्यको धरोहरलाई संरक्षण एवं प्रवद्र्धन गर्नुपर्ने बताए । कार्यक्रममा सिन्धुपाल्चोकका विनय सिग्देलले प्रतिष्ठानका लागि रु एक लाख एक हजारको चेक हस्तान्तरण थिए ।
थप समाचार
- दयाहाङ राई कहिल्यै निखिल जस्तो बन्न सक्दैन : निखिल उप्रेती
- वादी महिलाको कथामा आधारित 'नथिया' लिएर आइन् सरस्वती प्रतीक्षा
- छन्द र गद्यमा कविता लेख्नेले एक अर्कालाई स्वीकार नगर्नु अतिवाद : नेपाल
- प्रेमील गजल – टुट्यो नीद बेचैन पा-यौ तिमीले
- नेपाल-भारत: अन्तर्विरोधमा अडिएको सम्बन्ध
- आश्विनीको कृति ‘प्रेमालय’ को विमोचन हुने
प्रतिक्रिया दिनुहोस