×

NMB BANK
NIC ASIA

जनार्दन शर्मा प्रभाकरका सहोदर भाइ अनिल शर्मा गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । शर्माका प्रतिस्पर्धीहरू थिए – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र विवेकशील नेपाली दलका रवीन्द्र मिश्र । मिडिया तथा सामाजिक सञ्जालहरूमा मिश्रको प्रचार आक्रमक थियो भने सिंह प्रतिरक्षात्मक देखिन्थे । बिचरा शर्माका भने केही गम्भीर जटिलताहरू थिए ।

Muktinath Bank

त्यो जटिलता के भने एकजना तामाङ थरका (नाम खुलाउन डर लाग्यो) विद्यार्थी नेताले माओवादी सर्कलका विद्यार्थीहरू, कार्यकर्ताहरू र जोकोही आफ्ना प्रभावमा पर्न सक्नेहरूलाई ‘त्यो अनिल भन्ने मान्छे एकदम बदमास छ, भोटै नदिनू’ भन्दै फोन गर्ने रहेछन् । फोन मात्र हैन, जनता भड्काउन रातिराति भेटघाटमा पनि हिँड्ने रहेछन् । ‘बरू मेरो ज्यान जाला तर अनिललाई चुनाव जित्न दिन्नँ र धरौटी समेत जफत गराइदिन्छु’ भन्ने उनको महान इरादा रहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो चाल पाइसकेपछि मैले एकजना नाममात्रका कमरेडलाई सोधें, ‘अरे यार नेताजी, यहाँ के भइराख्याछ खास ?’ तिनको जवाफ थियो — ‘त्यो तामाङको काम नै पैसा उठाउने, ह्वाम्म खाने मात्र हो । काठमाडौंमा जग्गा पनि किनिसक्यो । प्याब्सनका मानिसहरू थर्काएर दरो कमाएको छ, बालबच्चा महंगो बोर्डिङमा पढाएको छ । बाहिर शैक्षिक समानताको भाषण गरेर नाटक गर्छ ।’ उनको अनुभव यतिमा मात्रै रोकिएन । हतोत्साहित मुद्रामा तिनले थपे, ‘पार्टीलाई सहयोग गर्नुपर्‍यो, यसो गर्नुपर्‍यो, उसो गर्नुपर्‍यो भन्दै शैक्षिक माफियाहरूलाई थर्काएर गोजी भर्ने काम हो त्यसको ।’


Advertisment
Nabil box
Kumari

अनिल शर्मा पनि विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । अनिलसँग त तिनको द्वन्द्वको इतिहास लामै रहेछ । जतिसुकै लामो किन नहोस्, लोकवासीलाई के त्यससँग के मतलब ? यहाँ बालमतलबको विषय के हो भने आफ्नै पार्टीको उम्मेदवारलाई हराउन आन्द्रादेखिको बल लगाएर मेहनत गर्नेहरू बडो आन्दोलनका कुरा गरेर दिन गुजारेका छन् । एकबारको जुनीमा आखिरीमा अनिलले चुनाव हारे । अनिलले चुनाव हारेको दिन ती तामाङ थरका विद्यार्थी नेताले आफ्नो शरीरभरि बीयरको गाँजो छर्केर खुशियाली मनाएका थिए भन्ने सुनिन्छ । 

Vianet communication
Laxmi Bank

अनिल शर्माले चुनाव हारेको दिनकै साँझ मेडिकल कलेजका एकजना दुःखी मान्यवर मालिकले फोन गरेर जानकारी गराए, ‘त्यो तामाङले अहिलेसम्म पार्टीको लागि सहयोग भनेर कम्तीमा १८ लाख रुपैयाँ  लगिसकेको छ, नदिए केटाहरू बटुलेर हल्लाखल्ला गर्छु, तालाबन्दी गर्छु भन्छ,’ उनको दुखेसो थियो, ‘कलेजमा तालाबन्दी भयो भने नयाँ भर्ना लिन सकिन्न । मिडियामा नराम्रो जान्छ, हाम्रो नाक भाँचिन्छ ।’

तिनको कुरामा दम थियो । तिनताका स्कूलमा भर्ना अभियान चलेको थियो । अभिभावकहरूले आफ्ना नानीहरू भर्ना गर्नका लागि डोकोमा पैसा बोकेर जानुपर्ने अवस्था थियो । मैले केही शैक्षिक व्यवसायीहरूलाई सोधेको थिएँ, ‘किन यति महंगो हो शिक्षा’ भनेर । उनीहरूको एकमुष्ठ जवाफ थियो, ‘विद्यार्थी नेताहरूले पार्टीलाई सहयोग मागेर हैरान पार्छन्, पालैपालो गरेर लाखौं लैजान्छन् । नदिए धम्की दिन्छन् । करोडौंको लगानी हो हाम्रो । हामीलाई सुनिश्चितता चाहिएको छ ।’

चर्को भर्ना शुल्कका विषयमा त्यतिखेर केही विद्यार्थी नेताहरूको  योजनामा आन्दोलन पनि चलेको थियो केही दिन । केही स्कूलमा तालाबन्दीहरू समेत भए । तर निमेषभरमा त्यो जालझेल सामसुम भयो । त्यति नै खेर विद्यार्थी नेताका नानीहरूले पढ्ने महंगा स्कूलका नामावली समेत सार्वजनिक भए । पार्टीको आह्वान र आयोजना विना पैसा संकलन गरेर मोजमस्ती गर्ने, घडेरी किन्ने र पिछलग्गुहरूको भुँडी भरिदिने केही विद्यार्थी नेता भनिएकाहरूले (सबै हैन, व्यक्ति किटान गरिएको छैन) आज आईजीपीको राजीनामा माग गरेका छन् ।

र यो आईजीपीको मात्रै राजीनामा माग भने हैन । सतहमा हेर्दा यो आईजीपीको राजीनामा मागेजस्तो देखिन्छ । तर विषय अर्कै छ । यो आईजीपी सर्वेन्द्र खनालको बर्खास्तगीको माग भनेको केवल बाहिरी आवरण हो । मासिक पत्रिकाको कलेवर जस्तो । खासमा पूर्व माओवादीको एक गुटले गृहमन्त्री  रामबहादुर थापा बादलकै राजीनामा मागेको हो । सीधै गृहमन्त्री राजीनामा देऊ भन्न नसकेर आईजीको नाम लिन लगाइएको हो । 

अर्को कारण, यी लाउके विद्यार्थी नेताले पहिलोपटक प्रहरीहरूको दुरुपयोग गर्न पाइरहेका छैनन् । यसलाई यसो भनौं कि शक्तिकेन्द्रको दुरुपयोग गर्न पाइरहेका छैनन् । फाइल बोकेर हिँड्ने, सरुवा, बढुवा मिलाउने, मुद्दामामिला मिलाउने, गुण्डा र डनहरूको मुद्दा मिलाउने, हिरासतबाट छुटाउने यिनीहरूको नित्यकर्म थियो । लामो समयदेखिको कुकर्म हो यो । तर त्यो कुकर्मका अगाडि जब बादल मडारियो, यिनीहरूको आङमा घाम लागेन, बाबै ।

डनहरूसँगको लसपस

असारदेखि साउनको पहिलो हप्तासम्म काभ्रेमा १ अर्बको बुद्धचित्तको अवैधानिक कारोवार हुने गर्दछ । र यो कारोबार किसानहरूले गर्दैनन् । तर सत्यमान लामाले बुद्धचित्तको कारोवार आफ्नो हातमा ल्याउन सफल भए । सीडीओ नै सत्यमानको गाडीमा चढेर घुमफिर गर्न थाले । तर को हुन् सत्यमान ? त्यतातिर नजाम् । वन प्रजातिको भएकाले बुद्धचित्तमाला टिप्नुअघि जिल्ला वन कार्यालयसँग छुटपूर्जी लिनुपर्छ तर सत्यमानले प्रहरीको रोहवरमा टिपेर ल्याइने हुकुमप्रमांगी जस्तो अधिकार पाए ।

बाबा भन्यो, बालुवाटार गयो, त्यो चाकडीको खाइपाएको सेवासुविधा पनि काटिएपछि अब गर्ने के त ? के गर्ने त भन्दा आईजीपीको राजीनामा माग गर्ने । 

यतिसम्म प्रहरीको दुरुपयोग गरियो कि त्यो बुद्धचित्तमाला टिपेर जिल्ला प्रहरी कार्यालय, काभ्रेमा राखियो । त्यसपछि वाग्मतीमा पानीहरू बग्दै गए । र पानीहरू बग्ने क्रममा यसपालि अलिक नयाँ भयो । त्यो के भने डनलाई खुशी पार्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृसंगठन अनेरास्ववियुका केही नेताहरूले संगठनको आधिकारिक निर्णयविना नै आईजीपीको राजीनामा मागेका छन् । यस्तो बेला दाउ छोपेर बसेको नेपाली कांग्रेसले आईजीपीको राजीनामा माग्न सक्छ ।

राजनीतिलाई पेशा नबनाएको यो पंक्तिकारले पनि आईजीपीको राजीनामा माग्न बकाइदा सक्छ । तर यस्तो पेचिलो अवस्थामा यी नवीना लामा लगायतका कथित विद्यार्थी नेताहरूलाई किन अचानक शान्ति सुरक्षाको बडो पीर पर्‍यो ? यसलाई कुनै आश्चर्यको प्रश्न नमान्दा हुन्छ ।

निर्मला पन्तको बलात्कारपछि हत्या भयो । पूरै देश नै आन्दोलित भयो । नवीना र तामाङहरू एक दिन पनि सडकमा निस्किएनन् । शायद आवश्यक ठानेनन् । निर्मला कसैकी छोरी मात्र हैनन्, विद्यार्थी पनि हुन् भन्ने कुरा यिनको मगजमा घुसेन । महिला नेतृहरू त विभाजित थिए नै । निर्मलाबाहेक ट्राफिक व्यवस्थापन डामाडोल छ, तर यिनीहरू चुपचाप छन् । कतै बोलेका छैनन् । अपराधका घटनाहरू बढेका बढ्यै छन्, यिनीहरूका कुनै विज्ञप्ति निस्किएका छैनन् । बाबा भन्यो, बालुवाटार गयो, त्यो चाकडीको खाइपाएको सेवासुविधा पनि काटिएपछि अब गर्ने के त ? के गर्ने त भन्दा आईजीपीको राजीनामा माग गर्ने । 

काभ्रेबाट समानुपातिक सांसद पनि हुन् नवीना लामा । यहाँभन्दा उनको परिचय म जान्दिनँ । उनकै अग्रसरतमा गरिएको आईजीपीको राजीनामाको माग यो कुनै संगठनको निर्णयबाट आएको माग हैन । यो त गैरकानूनी काममा लागेका गुण्डाहरूको चाहना र तिनलाई खुशी पार्न राखिएको कागजी माग मात्र हो । अन्य केही विद्यार्थी नेताहरूले नै यस्तो ज्ञापनपत्रलाई अवैधानिक भनेका छन् । तिनीहरूको कथन छ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको बर्खास्तगीका लागि बुझाएको ज्ञापनपत्र सांगठनिक नभई व्यक्तिगत ‘इगो’ को परिणाम मात्र हो । 

अनेरास्ववियुका महासचिव ऐनबहादुर महराका अनुसार, ‘त्यस्तो प्रकारको मागमा संगठनको कुनै संलग्नता छैन, व्यक्तिगत रिसइबी साँधेर उनी आईजीपी बर्खास्तगीको ज्ञापनपत्र बोकेर नवीना लामा गृह मन्त्रालय पुगेकी हुन् ।’ अर्का जिम्मेवार नेता दीपेश पुनले समेत यस्तो खालको कदम संगठनको निर्णय नभई स्वार्थपूर्ण व्यक्तिगत कदम हो भनेका छन् । हुन त अन्य ठुटे नेताहरू पनि पुगेका थिए उनीसँग काँध मिलाउन । तर ती बेसुरमा पुगेका थिए । गृहमन्त्रीसँग फोटो खिच्न पाइन्छ भनेर लहैलहैमा पुगेका थिए । 

आईजीपीको राजीनामा किन मागियो त ?

आईजीपीको राजीनामा कुनै शान्ति सुरक्षाको चिन्ता प्रकटका लागि मागिएको हैन । यो गुण्डाहरूकै योजनामा तिनलाई खुशी पार्न मागिएको माग हो । पैसामा पैसा थप्नको लागि मागिएको माग हो । सबैलाई थाहा भएको कुरा हो, काठमाडौं उपत्यकामा हुने गरेका थुप्रै शृंखलाबद्ध जघन्य अपराधका घटनामा संलग्न सत्यमान लामालाई  पक्राउ गरेको विरोधमा नवीना लामा शक्तिकेन्द्रका अखडाहरूमा धाउने गरेकी थिइन् । 

हुन त सबै किसिमका अपराधका घटनाहरूमा नेताहरू कुनै न कुनै रूपमा जोडिने वा सूचना तिनको पहुँचसम्म पुग्ने र सकेसम्म छुटाउने पहलकदमी हुने कुरा नौलो हैन । तर नवीना लामाको दम्भ भने ज्याद्रो नै रह्यो । उनले आफूलाई सर्वेसर्वा जस्तो ठानेकी होलिन् । तर त्यो आजको युगमा भ्रम मात्र हो । शक्तिकेन्द्रको दुरुपयोग गरेर धन आर्जन गरेर एकबारको जिन्दगी खुश हुन त सक्ला त निष्ठा भने बाँकी रहन्न ।

सत्यमान लामामाथि रक्तचन्दन र बुद्धचित्तको अवैध तस्करी गरेको आरोप लाग्दै आएको छ । दुःखको कुरा, विभिन्न सत्य आरोपमा सत्यमानलाई प्रहरीले पहिलोपटक पक्राउ पर्दा नवीना लामा नै सबैभन्दा अगाडि बढेर महानगरीय प्रहरी परिसर टेकु पुगिन् । शायद प्रहरी पनि नवीनासँग डराएको हुनुपर्छ । ‘ओली बा’लाई भन्दिन्छु पनि भनिन् कि ? बरा प्रहरीको सातोपुत्लो गएछ । त्यो दिन आफ्नै रोहबरमा सत्यमानलाई प्रहरीको पञ्जाबाट छुटाएर लगिन् । 

सीधै गृहमन्त्री राजीनामा देऊ भन्न नसकेर आईजीको नाम लिन लगाइएको हो । 

दोस्रोपटक पनि सत्यमान पक्राउ परे किनभने सत्यमानको शक्तिको दम्भले आकाश छोएको थियो । प्रहरी त उनका लागि निम्छरो बालक जस्तो देखिएको थियो । दोस्रोपटक सत्यमान  पक्राउ पर्दा नवीना लामा झन् जंगिन पुगिन् । तिमीहरूले हामीले भनेको नमान्ने, नसुन्ने, म को हो चिनेको छ, म सांसद हो, प्रधानमन्त्रीको छोरीसरहको मानिस हो भन्दै कराउन थालिन् । तर उनी जति कराएपनि प्रहरीले छाड्न मानेन ।

प्रहरीले दोस्रोपटक बहादुरी देखायो । त्यो के भने सत्यमानलाई रिहा गर्न नसकिने भनिदियो । नवीना लामाले पनि आफूनिटकका विद्यार्थी नेताहरू भेला गरेर, उचालेर, रणनीति बनाएर सत्यमानलाई पक्राउ किन गरेको हो, हाम्रो मान्छे हो तत्काल छाडिदिनुहोस् भन्नाका लागि प्रहरी परिसर टेकु हैन, हेडक्वार्टर नै पुगिन् । त्यहाँ उनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग हारगुहार गरेकी थिइन् । तर प्रचण्डको चहानामा आईजीपी बनेका खनालले सत्यमानलाई कानूनी कारवाही हुने बताए ।

त्यसपछि भड्किएकी नवीनाले आफूले भनेको मान्ने विद्यार्थी नेताहरूको साथ मागेर आईजीपीको राजीनामाको जाल बुन्न थालिन् । उनले विद्यार्थी नेताहरू त प्रयोग गरिन् नै, आफ्ना बुवा माणिकलाल तामाङलाई पनि सत्यमानलाई छुटाउन खटाइन् । माणिकलालले नै सत्यमानलाई १७ दिनको प्रहरी हिरासतको बसाइपछि जिल्ला अदालतको आदेशमा जिम्मा लिएका थिए ।

नवीना लामाको दम्भ यति कडा थियो कि गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउने क्रममा उनले भनेकी थिइन्, ‘नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाललाई मात्र होइन, प्रहरी संगठनलाई नै बर्खास्त गर्नुपर्छ ।’ एकताका हिसिला यमीले नेपाल देश नै खारेज हुनुपर्छ भने जस्तो यसपालि नवीना लामाले प्रहरी संगठन नै खारेज हुनुपर्छ भनेकी हुन् । तर अन्य सहभागीले संगठन होइन, सर्वेन्द्र भनेपछि नवीनाले  बोली फेरिन् ।  

अनेरास्ववियुकी अध्यक्षसमेत रहेकी सांसद लामाले बाहिरी विवादमा खासै नदेखिएका (भित्रभित्र जे गरेपनि) अर्का विद्यार्थी नेता रञ्जीत तामाङलाई समेत यसपालि राम्रैसँग प्रयोग गरिन् । तर नाकको चालले गुदी कुरा बुझेका गृहमन्त्री बादलले नवीना लामालाई गुण्डाको संरक्षणमा नलाग्न समेत सुझाव दिए ।  बादलको प्रश्न थियो, ‘गृह मन्त्रालयविरुद्ध घेराबन्दी भइरहेका बेला तपाईंहरू आईजीपी बर्खास्तगीको कुरा गर्नुहुन्छ । शान्तिसुरक्षा कसले गर्छ ?’

तर पनि बच्चाले जस्तो नवीना लामाले फेरि पनि प्रहरी संगठन नै खारेज गर्नुपर्छ भनिन् । आफ्नो बालहठलाई दोहोर्‍याइन् ।

आजित भएर सुस्केरा हाल्दै बादलले जवाफ फर्काए – ‘हुन्छ, के रहेछ म बुझौंला ।’

(यी लेखकका निजी विचार हुन् ।)
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x