परदेशिन बाध्य सेनाको पीडा बोल्ने दशैँ गीत ‘ज्यान यो परदेशी’ [भिडियोसहित]

असोज २१, २०७५

काठमाडौं। दशैं पर्व क्रमश नजिकिँदैछ । दशैंका गीतहरु दिनहूँ युट्युबमा सार्वजनिक भएका छन् । यसैक्रममा गायक विशाल निरौलाले परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दशैँ गीत सार्वजनिक गरेका छन् । ‘ज्यान यो परदेशी भयो, मन यो गाउँवेसी’ बोलको गीतको म्यूजिक भिडियो शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । 

गायक निरौलाकै शब्द र संगीत रहेको गीतको भिडियोमा काम विशेष परदेशिन बाध्य भएका सेनाको पीडा झल्किन्छ । चाडपर्वका बेला परदेशमा रहँदा आउने गाउँघर र परिवारको सम्झनालाई मर्मस्पर्शी ढंगबाट भिडियोमा उतार्ने प्रयास गरिएको भिडियोका निर्देशक प्रशान्त पौडेलले बताए । 


ADVERTISEMENT

गीतको भिडियोमा अभिनेत्री रश्मी भट्ट, गायक निरौलासँगै विमल अधिकारी, ओवी रायमाझी, मधु आचार्य, जुना गुरुङ, विजय अर्याल, वेवो आचार्य लगायतका कलाकारले अभिनय गरेका छन् ।
गीतको भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् ।

असोज २१, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस