×

NMB BANK
NIC ASIA

‘अफिम डाँडा’मा फेरिएको जीवन: पक्राउ गर्न आउने प्रहरी तरकारी किनेर फर्किन्छ

असोज २१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– कुनै बेला अफिम खेतीका कारण सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका–९ को कालटाँडी प्रख्यात थियो । जम्मा ३२ घरधुरी भएको उक्त गाउँका अधिकांश परिवारले अफिम खेती गर्दै आएका थिए । गाउँमा अफिम खेती भएपछि प्रहरी हैरान भएको थियो र वर्षेनी खेती नष्ट गर्न पुग्ने गरेको थियो । 

Muktinath Bank

तर, अहिले त्यहाँको अवस्था फेरिएको छ । वर्षेनी अफिम खेतीमाथि ‘स्टिङ अप्रेसन’ चलाउने प्रहरी अहिले पनि जाने गरेको छ । प्रहरीलाई देख्ने वित्तिकै लुक्नेहरु अहिले निर्धक्क प्रहरी अगाडि उभिन सकेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनताको जीवनशैली फेरिएको छ । अहिले हरेकको घरमा अफिम होइन गाई, भैंसी, कुखुरा, बाख्रा त छदैंछन् सबैले तरकारी खेती पनि गरेका छन् ।


Advertisment
Nabil box
Kumari

पर्याप्त सिंचाई लाग्ने, वीरेन्द्रनगरको नजिक रहेको, उब्जाउ जमिन भएको कालटाँडी अहिले तरकारी खेतिका लागि जिल्ला भर नै प्रख्यात बन्न पुगेको छ ।

Vianet communication
Laxmi Bank

सोही स्थानका टोपबहादुर सोमैले २७ वर्ष ट्रक चलाए । १७ महिना अघि दुर्घटनामा परेका कारण उनी घाइते भए अहिले उनको दाँया खुट्टा राम्रोसँग चल्दैन । तरपनि उनले टमाटर खेती गरिरहेका छन् ।

त्यतिमात्रै होइन, उनको घरमा तरकारी खेतीका अलावा बंगुर पालन र कुखुरापालन व्यवसाय समेत छ । ‘पहिले जागिरको भरमा परिवार गुजारा गर्न बजारमा बस्ने गरेका थियौं’ उनले भने, ‘तर दुर्घटना पश्चात हामी सबै तरकारी खेती तथा अन्य व्यवसायमा लागेका छौं ।’ सोमैले नौकरी पेशा भन्दा पनि कृषि पेशामा बढी आम्दानी हुने गरेको अनुभव सुनाए । ‘मैले दुई वर्ष मात्र भयो तरकारी खेती तथा बंगुर र कुखुरापालन व्यवसाय गर्न थालेको’ उनले भने, ‘अहिले महिनाको कम्तिमा पनि ३० हजार खाना खर्च कटाएर बचत हुने गरेको छ ।’

उनले थोपा सिंचाई गर्दै टमाटर फलाएका छन् । ‘मैले तरकारी खेतिका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट आएका तालिमहरु लिएर व्यवहारमा प्रयोग गर्न सकें ।’ उनले भने, ‘अहिले मेरै बारमिा वीरेन्द्रनगरबाट वयापारी आएर साग तरकारी तथा टमाटर खरिद गरेर लैजाने गरेका छन् ।’ उनले स्थानीयका लागि टमाटर ५० प्रतिकिलो विक्री गर्ने गरेका छन् भने होलसेलमा  ४० प्रतिकिलो टमाटर विक्री गर्ने गरेका छन् ।

उनकै भाइ बुहारी नाता पर्ने जैसरा सोमै पनि व्यावसायिक बन्न थालिसकेकी छिन् । उनले घरमा करिब १५० कुखुरापालन गरेकी छिन् । ७ ओटा खसी, दुई बंगुर, गाई र घरमा पसलपनि सञ्चालन गर्दै आइरहेकी छिन् । ‘गाउँमा सबैले कुखुरा पालन गर्न थालेको देखेर मैले पनि यो व्यवसाय शुरु गरेकी हुँ ।’ उनले भनिन्, ‘कुखुरा विक्री गर्न बजार गइरहनु पर्दैन, गाउँतिरको कुखुरा भएका कारण बजारका व्यापारी र स्थानीय स्तरमा पनि विक्री हुने गरेको छ । मैले कुखुराबाट मात्रै कम्तिमा महिनाको १० हजार आम्दानी गर्ने गरेकी छु ।’

उनलाई श्रीमानले पनि काममा सघाउने गरेका छन् । एक छोरा र एक छोरीका दम्पती सोमैले गाउँमा मेहनत गर्न सकेको खण्डमा विदेश जान नपर्ने उदाहरणसमेत दिईन् ।

‘पहिले हाम्रा गाउँमा अफिम खेती हुने, युवाहरु विदेश जाने गर्ने गर्थे ।’ इतिहास सम्झदैं भनिन्, ‘प्रहरी अफिम खेती नष्ट गर्न आउने डरले मनमा शान्ति हुँदैनथ्यो । तर अहिले जति पनि हाम्रो गाउँमा आउने गर्छन्, सबैले प्रशंसा गरर जाने गरेका छन् । अहिले हाम्रो गाउँबाट विदेशिनेको संख्या न्यून छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x