माघ १३, २०८०
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
काठमाडौं– कला क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार अनिल यादवलाई अन्तर्वार्ताका क्रममा धेरै कलाकारहरु प्रश्न गर्छन्, अन्तर्वार्ताको शीर्षक(हेडलाइन) के आउँछ, कस्तो आउँछ ?
चलचित्र पत्रकार संघका महासचिव उनी पछिल्लो समयमा कलाकारहरुमा हेडलाइनको त्रास बढेको महशुस गर्छन् । ʻअन्तर्वार्ता कति स्तरीय हुन्छ भन्दा पनि कलाकारहरुमा अन्तर्वार्ताको शीर्षक के आउँछ भन्ने बढी चासो हुन्छ । कतिपयले हेडलाइन मलाई सोधेर राखिदिन, हेडलाइन के राखिदिनुहुन्छ मलाई जानकारी दिनु जस्ता कुरा गर्नुहुन्छʼउनी भन्छन् ʻयसो हुनुको पछाडि समाचार विकाउन युट्युब तथा अनलाइनमा द्वीअर्थी शब्द, नबोलेका भनाइ, तोडमोड गरेर शीर्षक राख्ने प्रवृत्ति बढ्नुले हो ।ʼ
पछिल्लो समयमा केही युट्युब च्यानलहरु र अनलाइनमा आउने हेडलाइनले कलाकारमा पारेको प्रभावको उदाहरण हो यो । विशेष गरी कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका बारेमा प्रसारण र प्रकाशन हुने भिडियो र समाचारहरुलाई ‘टुइस्ट’ गर्न यस्ताकाल्पनिक हेडलाइनहरु बढी भेटिन्छन् । जसको मारमा कलाकारहरु पर्दै आएका छन् ।
त्यस्ता शीर्षकले अनलाइनमा समाचार पढ्ने पाठक र युट्युवमा भिडियो हेर्ने दर्शक (भ्यूअर्स र सस्क्राइब्स) बढाइरहे पनि कलाकारहरुको व्यक्तिगत सम्मान र प्रतिष्ठामा आँच आइरहेको पीडित कलाकारहरुको गुनासो छ ।
केही समय अघि नायक अनमोल केसीले त फेसबुकमा स्टाटस नै लेखेर आक्रोस पोखे ।
आफूले नभनेका कुरालाई शीर्षक बनाएर युट्युब र केही अनलाइनहरुमा समाचार तथा भिडियोहरु आएको भन्दै उनले फेसबुकमा स्टाटस लेखेर आक्रोस पोखेका थिए ।
त्यस्ता शीर्षकले आफूले तनाव झेल्न बाध्य बनाए बताउँदै उनले फेसबुकमा स्टाटस लेखेका थिए । हेडलाइन हेरेर नझुक्किन दर्शकलाई आग्रह गर्दै समाचार विकाउन त्यस्ता हेडलाइन राखेर कसैको चरित्र हत्या नगर्न उनको स्टाटसमा अनुरोध थियो ।
गायक तथा सांसद कोमल वलीले पनि केही सयम अघि आफ्नो नाममा केही युट्युब र अनलाइनहरुमा काल्पनिक शीर्षकहरुमा समाचार र भीडियो आएको भन्दै स्टाटस लेखेकी थिइन् । आफूले नभनेका, केही पहिलेका कुराहरुको बारेमा आएका त्यस्ता शीर्षकलाई लिएर शुरुमा त उनले त्यति वास्ता गरिनन् । तर आफन्त, शुभचिन्तकहरुले जब उनलाई त्यस्ता शीर्षकका भिडियो र समाचारका बारेमा जिज्ञासा राखे तब उनी सोँच्न बाध्य भईन् ।
आफूले नभनेका विषयमा आएका यस्ता भिडियो र समाचारका कारण समस्यामा समेत परिन् । अन्नतः उनले सामाजिक सञ्जालमा स्टाटस् लेखेर त्यस्ता समाचारमा नझुक्किन सबैलाई आग्रह गरिन् । ʻमलाई त्यस्ता शीर्षकमा त्यति विश्वास लाग्दैनथ्यो, त्यस्ता कुराहरु आइरहन्छन् भने त्यति वास्ता पनि गर्दिनथेँ । जब त्यस्ता शीर्षकका समाचारका बारेमा आफ्न्त, इष्टमित्रले जिज्ञासा राख्नुभयो, तब म सोँच्न बाँध्य भएʼ–कोमलले लोकान्तरसंग भनिन् ।
सामान्य विषयवस्तुलाई ठूला बनाएर, भनाइलाई तोडमोड पारेर आएका यूटयुब, अनलाइन पत्रपत्रिकाका शीर्षकहरु कोमलले फेसबुकमा दिनहूँ भेटछिन् । तर त्यस्ता शीर्षकतर्फ ध्यान खिच्नुपूर्व उनले मिडिया हेर्छिन् । अन्यथा त्यस्ता अनर्गल शीर्षकमा वास्ता गर्दिनन् ।
त्यस्ता शीर्षकले भ्यूअर्स र सस्क्राइब्स बढाइरहे पनि कलाकारहरुको व्यक्तिगत सम्मान र प्रतिष्ठामा आँच आइरहेको उनी गुनासो गर्छिन् ।
यी त फेसबुकमा स्टाटर लेखेर गुनासो पोख्ने कलाकारहरुको कुरा भो । कलाकारहरु कुराकानीका क्रममा प्राय यस्तै गुनासोहरु गरिरहेका हुन्छन् ।
युट्युब खोलेर हेर्ने हो भने पनि यस्ता काल्पनिक हेडलाइनहरु प्रशस्त भेटिन्छन् ।
यो प्रवृत्तिको ताजा उदाहरणका लागि हामी झक्कड थापालाई पनि लिन सक्छौं ।
केही समयअघि उनका नाममा ʻकाउली बुढीसंग फिल्म खेल्न काठमाडौं आइपुगे झक्कड थापाʼ, ʻझक्कड थापाले काठमाडौंमा घर किन्दैʼ जस्ता शीर्षकका समाचार तथा युट्युबमा भिडियोहरु आएका थिए ।
‘नेपाल आइडल’बाट चर्चामा आएका उनी एक गरिब परिवारका व्यक्ति हुन् । आर्थिक अवस्था कमजोर रहेका तर पछिल्लो केही समय चर्चामा रहेका झक्कडका बारेमा यस्ता युट्युवमा भिडियो बनाउनु र समाचार बनाउनुको एक मात्र कारण युटयुबको सब्स्सक्राइब, भ्यूज बढी हुनु र त्यसबाट पैसा कमाउनु थियो ।
किन बढ्यो समस्या ?
अहिले अनलाइन र युटयुब्को नेपालमा बाढी नै आएको छ ।
विभिन्न नाममा अनलाइन तथा युट्युव च्यानलहरु खुलेका छन् । जसको उद्देश्य नै युटयुबमा भ्यू बढाउनु र पैसा कमाउँनु छ ।
चलचित्र पत्रकार संघका महासचिव यादव भन्छन् ʻअन्तर्वार्ताको क्रममा धेरै कलाकारहरुको गुनासो हामीले एउटा कुरा बोल्या हुन्छ, मिडियाले अर्कै हेडलाइन लेख्दिन्छ भन्ने छ ।ʼ
यसको दोषी स्वयंम कलाकारहरु पनि हुन् । उनीहरु मिडिया नबुझि अन्तर्वार्ता दिन्छन् । अहिले युटयुबमा हेर्नेहो भने कलाकारहरुका बेडरुममै लिइएका अन्तर्वार्ताहरु समेत भेटाउन सकिन्छ ।
कलाकारहरु पनि सचेत नभएका कारण यस्तो समस्या बढ्दै गएको यादव बताउँछन् । ʻआफूले कस्तो मिडियासंग अन्तर्वार्ता दिँदैछु भन्नेबारे कलाकारहरु पनि सचेत हुनुपर्ने बेला आएको छʼ– उनी भन्छन् ।
चलचित्र पत्रकार संघले रंग पत्रकारहरुका लागि क्षमता अभिवृद्धि, पत्रकार आचारसंहिता सम्बन्धि कार्यक्रमहरु गर्दै आएपनि पछिल्लो समय खुलेका अनलाइन र युटयुब च्यानललाई नियमन गर्न नसकिने महासचिव यादव बताउँछन् ।
यता कलाकार तथा निर्देशक दीपाश्री निरौला पनि पछिल्लो समय केही अनलाइन र युट्युवमा तोडमोड गरेर शीर्षक राख्ने ट्रेन्ड बढेको महशुस गर्छिन् । ʻत्यस्ता अनलाइन तथा युट्युबले आफ्नो विश्वसनियता गुमाइरहेका छन्, अहिलेका पाठकहरु आफै बुझ्ने भएका छन्ʼ दीपाश्री भन्छिन्,– ‘समाचार बिकाउन राखिने द्विअर्थी शब्द, नबोलेका भनाइ, तोडमोड गरिएका शीर्षक राख्ने मिडिया टिक्न गाह्रो छ ।ʼ
यस्ता तोडमोड गरिएको शीर्षकले कलाकारहरुलाई समस्या पार्ने उनी बताउँछिन् । कलाकारहरुको संवेदनामाथि खेलेर युट्युब र अनलाइन पत्रकारिता मार्फत विकृति फस्टाइरहेको उनको आरोप छ । यसमा कलाकारहरु पनि विशेष चनाखो हुनुपर्ने उनको तर्क छ ।
तर, कतिपय कलाकारहरु आफूलाई चर्चामा ल्याउनका लागि जस्तो सुकै हर्कत गर्न पनि पछि पर्ने गरेका छैनन् । फिल्म वा कलाकारिताबाट नाम कमाउन नसकेपछि एउटा ‘स्टन्ट’ गरेको भरमा चर्चामा आउनमा आउँन कलाकारले आफ्ना पेशागत मर्यादा, सामाजिक अवस्था, द्विअर्थी कुरा गर्ने गरेका छन् । संघर्ष गर्दै गरेका कलाकारमा सस्तो लोकप्रियताको लागि यस्ता युट्युव च्यानल र आफूअनुकुलका अनलाइमा समाचारहरु प्रकाशन गरेर चर्चा कमाउन प्रयास गरिरहेका हुन्छन् । तर यसले दीर्घकालका लागि भने फाइदा नपुग्ने उनीहरुले हेक्का गर्न सकिरहेका छैनन् ।
कलाकारिता क्षेत्रमा एउटा उखान छ, ‘बदनाम होस् तर गुमनाम नहोस् ।’ तर अनलाइन र युट्युबमा आउने यस्ता शीर्षकले एकातिर यो क्षेत्रलाई नै विकृत बनाउन खोजिरहेको छ भने अर्कोतिर कलाकारहरुमा हेडलाईनको त्रास थपिदिएको छ । कतिपय कलाकारहरु त युटयुबमा आउने हेडलाइन देखेर अन्तर्वार्ता दिनै डर लाग्ने समेत बताउँदै आएका छन् । यसर्थ पनि आजभोली कलाकारहरु अन्तर्वार्ताकै क्रममा सोध्न बाध्य छन् ʻयसको शीर्षक चाँही के आउँछ नि ?’
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...