×

NMB BANK
NIC ASIA

‘फर्क दाइ फर्क, हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख’

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– ‘नेपालबाट मगाई मगाई गुन्द्रुक ढिँडो खान्छौँ, 
    गुन्द्रुक ढिँडै खाने भए किन जापान जान्छौँ ?
    फर्कदाई फर्क, फर्कदाई फर्कभाई फर्क
    हाम्रै नेपाल जापान हुन्छ, दुई चार वर्ष पर्ख ।’

Muktinath Bank

नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गर्नुभएको लोकगीतको अंश हो यो ।  विभिन्न बहानामा विदेशिने नेपालीको संख्या बढेको अवस्थामा नेपालमा कुनै अवसर छैन भन्दै विदेशमै रमाउन खोज्ने नेपालीमनलाई यस गीतले विदेशमा रहेर नेपालीपन नखोज्न आग्रह गरेको छ । विदेशमा बसेर नेपालबाट गुन्द्रुक ढिँडो मगाएर खाने भए विदेश किन जाने भन्ने प्रश्न गर्दै गीतमा पैसाले मात्रै सुख नहुने अनुभूती प्रवासीहरूले गरेको आशय व्यक्त गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रायमाझीको आफ्नै शब्द, लय र स्वरमा तयार पारिएको गीतमा विदेशमा रहेका नेपालीलाई स्वदेशमै फर्कन आह्वान गरिएको छ । विदेशमा गरिएको मेहनत र पसिनाले दुई चार वर्षमै नेपाललाई विकसित देशको दाँजोमा पु¥याउँछ भन्ने विषयलाई गीतले प्रमुखताका साथ उठान गरेको छ । त्यसका लागि सम्पूर्ण नेपालीलाई स्वदेश फर्कन आग्रह गरिएको छ । 


Advertisment
Nabil box
Kumari

    ‘राम्रो नम्बर ल्याउने, जति कन्सल्टेन्सी धाउने,
    यो चालले हाम्रो नेपाल, कहिले उँभो लाउने,
    युवाहरू विदेशीय, देश बनाउने कोत ?
    देश बिग्रेको गतिलाले, देश छाडेर पोत ।’

Vianet communication
Laxmi Bank

राम्रो अंक ल्याएर विद्यालय तह उतीर्ण गर्नेबित्तिकै उच्च शिक्षाका नाममा विदेशिने संख्या पनि ह्वातै बढेको छ । शिक्षित र युवा जनशक्ति विदेशिदा नेपालको विकासमा निकै ठूलो समस्या परिरहेको छ । शहरी क्षेत्रका युवा मात्र होइन, ग्रामीण भेकका युवा पनि ठूलो सङ्ख्यामा कामको खोजीमा विदिशिने गरिएको तीतो यथार्थ हामीमाझ छर्लङ्ग छ । १८ देखि ४० वर्ष उमेरसमूहका युवायुवती विदेशिएपछि आखिरीमा कसले देश बनाउने भन्ने प्रश्नलाई यस गीतले मार्मिकताका साथ प्रस्तुत गरेको छ । गतिलाले देश छाडेर देश बिग्रेको हुँदा स्वदेश फर्किएर देश बनाउन गीतमार्फत आग्रह गरिएको छ । 

    ‘आफ्नो जन्मभूमि आफै गरेपछि हेला,
    हाम्रो नेपाल को आएर राम्रो बनाइदेला’

धन सम्पत्तिले मात्रै मन रमाउँछ भन्ने उपभोगवादी सोचलाई पनि यस गीतले गतिलो जवाफ दिएको छ । करोडौ सम्पत्ति कमाएपनि विदेशमा हुँदा कसको मन रमाउँछ र ? विदेशमा गएर गरिने मेहनत नेपालमै गर्ने भए यही ठूलो सम्भावना रहेको विषयलाई गीतले जोड दिएको छ । उहाँले गीतमार्फत् विदेशमा रहेकाहरू फर्किएर स्वदेशमै केही गर्ने हो भने नेपाल नै जापान, अमेरिका, हङ्कङजस्तो बन्ने तर्फ प्रवासीहरूको ध्यानाकर्षण गराउनु भएको छ । सर्जक रायमाझी गीतमा भन्नुहुन्छ, 

    ‘अमेरिकागै हुन्छौँ होला करोड कमाउने,
    करोडले हैनरैछ यो मन रमाउने
    बाह्र घन्टा घोटिन्छौ रे दक्षिण कोरियामा
    त्यति गरे केके फल्थ्यो हाम्रै खोरियामा’

अध्ययन र रोजगारीका लागि युवा जनशक्ति विदेशिदा ग्रामीण भेकमा बृद्ध बा आमा मात्र घर कुरेर बस्न बाध्य छन् । बृद्ध बा आमा बिरामी हुँदा औषधोपचार गर्न लैजाने छोराछोरी घरमा छैनन्, आकाशमा जहाज उड्दा ती बा आमाको आँखा आकाशमै हुन्छ, सम्झन्छन् आफ्ना छोराछोरी कुन अवस्थामा के गरिरहेका छन् र झार्छन् आँशु । दुःख पर्दा तीनै छोराछोरीले विदेशबाट पठाएको धन पठाए पनि त्यो धनले बाबुआमाको मन निको नहुने गायक राजमाझी भन्नुहुन्छ, 

    ‘हवाइजहाज उड्दा पनि हेर्छन आकाश तिर
    बुढा भाका बाउआमालाई छोराछोरीकै पिर,
    दुःख पर्दा विदेशबाटै पठाउला धन
    त्यो धनलेनि निको हुन्न बाउआमाको मन’

सर्जक रायमाझीले यस गीतमार्फत सम्भावनाको खोजीमा विदेशिएका सम्पूर्ण नेपालीलाई मातृभूमिको विकासमा समर्पित हुँदै स्वदेश फर्कन आग्रह गर्नुभएको छ । मुलुक विकासका लागि योगदान गर्न सक्ने जनशक्ति विदेशिदा मुलुकको विकासमा अवरोध पुगेको निश्चय नै हो । विदेशी भूमिका श्रम र पसिना बगाउन बाध्य नेपालीले पठाएको विप्रेषण (रेमिट्यान्स)ले केही हदसम्म मुलुकको अर्थतन्त्रलाई चलायमान बनाए पनि त्यसको सामाजिक मूल्य निकै महँगो छ । 

यस गीतले आजको सन्दर्भमा दरिलो प्रतिबद्धता र आशा जगाएको छ । कला, साहित्य तथा गीत सङ्गीतको माध्यमबाट गरिने आह्वानले समाजलाई ठूलो सन्देश दिनेमा दुईमत छैन् । जीवन निर्वाहकै लागि गाउँ, घर, समाज र देशबाट परदेश जाने विवशताको अन्त्य गर्नु वर्तमानको आवश्यकता हो । 

पुराना थुप्रै गीतका सर्जक रायमाझीले अहिले झण्डै एक दशकपछि नयाँ गीत सार्वजनिक गर्नु भएको हो । ‘बटौलीमा निम्तो छ...’, ‘मलाई जानुपर्छ...’, ‘जोर मादल भिरेर...’, ‘अचेल गाउँमा यस्तै छ साननानी...’ र ‘भैँसी पालेर...’ जस्ता गीतका सर्जक रायमाझी गीत संगीत क्षेत्रका अनुसन्धानकर्ता पनि हुनुहुन्छ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका प्ूर्वअध्यक्षसमेत रहनु भएका रायमाझी संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत हुनुहुन्छ ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x