×

NMB BANK
NIC ASIA

लुटपाट गर्ने गिरोह पक्राउ, यसरी परे फन्दामा

असोज २३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन– विगत १५ वर्षदेखि देशका विभिन्न स्थानमा मानिसलाई बेहोस बनाई लुटपाट गर्ने गिरोहलाई जिल्ला प्रहरी कार्यालयले आज पक्राउ गरेको छ । 

Muktinath Bank

पक्राउपर्नेमा कास्की जिल्ला माछापुच्छे« गाउँपालिका–६ का ५६ वर्षीय कालु परियार र मकवानपुर थाहा नगरपालिका–२ घर भई हाल तनहुँको देवघाटमा बसोबास गर्दै आएका ४९ वर्षीय हरि गोले रहेका छन् । परियार १५ वर्षदेखि निरन्तर चोरी कार्यमा संलग्न रहेको खुलेको छ । उनले १५० ठाउँमा बेहोस बनाई लुटपाट गरेको स्वीकारेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरुले असोज १२ गते माडी नगरपालिका–६ कल्याणपुरका भीमबहादुर सुनारको घरमा लुटपाट गरेपछि सो समूहको खोजीकार्य शुरु गरिएको थियो । उनीहरुलाई सोमबार बुटवल बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौँरले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

उनीहरु सुनारको घरमा अमिलो बेच्ने बहानामा बास बस्न पुगेका थिए । सो क्रममा उनीहरुले बेहोस पार्ने ‘एटिभ्यान’ नामक लठ्याउने औषधिको प्रयोगले सुनारको परिवारमा आमा र श्रीमतीलाई बेहोस बनाई १५ तोला सुन र दुई सेट मोबाइल लुटेर लगेको प्रहरीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो । उनीहरुले झापा, इटहरी, लहान, वीरगञ्ज, हेटौँडा, सुनौली, बुटवल, कृष्णनगर, नेपालगञ्ज, सुर्खेत, काठमाडौँ लगायतका स्थानमा बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । बयानका क्रममा उनीहरुले भारतको लखनउसम्म पनि नेपालीलाई लुटेको स्वीकारेको बताइएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योग र चोरी कसुरअन्तर्गत कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x