माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर आर्यन गिरी र मिरा राईलाई अर्को सफलता

असोज २४, २०७५

काठमाडौं –माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू १४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन् ।

नेपाल लगायत भारत, जापान, अमेरिका, सिंगापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उपाधि जितेका हुन् । जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू १४ टेनिस प्रतियोगिताको लागि थप उर्जा मिलेको गिरीले बैंकलाई बताएका छन् ।


ADVERTISEMENT

आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरू गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एसिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् ।

बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरू मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत ३३ शाखारहित बैकिङ सेवा समेत गरी १ सय २१ स्थानबाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा रहेका छन् । 

असोज २४, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस