×

NMB BANK
NIC ASIA

नेपालमा एक लाखभन्दा बढी मानिस दृष्टिविहीन, यसरी गर्नुस् आँखाको सुरक्षा

असोज २५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ‘आँखा सेवा सबैका लागि, विश्व दृष्टि दिवस मनाऔं’ भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदै छ ।

Muktinath Bank

उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनाको समस्या र समाधानको बारेमा जनचेतना फैलाउनका लागि हरेक वर्षको अक्टोबर ११ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठन र अन्धोपना निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरूको छाता संगठन अन्धोपना निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीको सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनालाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा १ लाखभन्दा बढी मानिस दृष्टिविहीन

Vianet communication
Laxmi Bank

नेपालमा हाल १ लाख २० हजार मानिस दृष्टिविहीन रहेको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ ।  यस्तै १० लाख २५ हजार मानिसमा उच्च तथा मध्यम दृष्टिदोषको समस्या रहेको छ भने ११ लाख ५० हजार नेपाली अन्धोपना वा दृष्टिदोषबाट प्रभावित बनेका छन् । विश्वमा दृष्टिदोष भएकामध्ये ८९ प्रतिशत मानिस विकासोन्मुख देशमा बसोबास गर्दछन् ।

संसारमा ६६ प्रतिशत अन्धोपना उपचार गर्न सकिने खालका हुन्छन् भने १६ प्रतिशत अन्धोपना रोकथाम गर्न सकिने खालका हुन्छन् । उच्च तथा मध्यम न्यूनदृष्टि रहेकामध्ये ६० प्रतिशत महिलामा छन् ।

दृष्टिदोष, मोतियाबिन्दु र जलविन्दु न्यूनदृष्टिका मूख्य कारण हुन् । यस्तै दृष्टिविहीनताको मुख्य कारण मोतियाबिन्दु, जलविन्दु र आँखाको पर्दा हो । हरेक वर्ष नेपालमा अनुमानित ३० प्रतिशत मानिसलाई आँखा जाँच गराउनुपर्ने देखिन्छ ।  सन् २०१४ मा नेपालमा गरिएको पहिलो सर्भेमा ०.०६ प्रतिशत बालबालिकामा बाल अन्धोपना देखिन्छ ।

त्यसमध्ये ८० प्रतिशत बालबालिकाको  उपचार गरेर हटाउन सकिने अन्धोपना भेटिएको छ ।

नेपालमा ६५ प्रतिशत अन्धोपना मोतियाबिन्दुको कारण

सन् २०१२ मा भएको एक सर्वेक्षणले नेपालमा अन्धोपनाका मुख्य कारण मोतियाबिन्दु भएको पाइएको छ । नेपालमा अन्धोपना भएका मध्ये ६५ प्रतिशत मोतिविन्दुबाटै प्रभावित रहेको अध्ययनले देखाएको छ ।

यस्तै आँखाको पर्दाजन्य रोगका कारण १३ प्रतिशतमा अन्धोपना छ भने आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत रहेका छन् । यस्तै ५ प्रतिशतमा जलविन्दु, ४ प्रतिशतमा दृष्टिदोष र अन्य कारणले ७ प्रतिशतमा अन्धोपना रहेको छ।

विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन

अन्धोपना निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सीका अनुसार विश्वभर ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन् । २१ करोड ७० लाख मानिसमध्ये १२ करोड ४० लाख मानिसमा दृष्टिदोष तथा ६ करोड ५० लाखमा मोतियाबिन्दुको समस्या रहेको छ । जसमध्ये ७५ प्रतिशत समस्याको समाधान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

विश्वमा २५ करोड ३० लाख मानिस अन्धोपना वा न्यूनदृष्टिबाट प्रभावित छन् ।  १ अर्ब मानिस नजिकको दृष्टि क्षमता कमजोर भएका छन् ।

यसरी गर्नुस् आँखाको सुरक्षा

आँखाले टाढा वा नजिकको वस्तु स्पष्ट देख्न नसक्नु, धमिलो देख्नु, टाउको दुख्नु, आँखा सानो पारेर हेर्नु आदि दृष्टिदोषका लक्षण हुन् । दृष्टिादोष जुनसुकै उमेरका व्यक्तिलाई हुनसक्छ । आँखा धमिलो हुनासाथ सबैले नजिकको आँखा केन्द्रमा गई जाँच गराउनुपर्छ ।

दृष्टिदोष हुनेले चस्मा प्रयोग गर्न सकिन्छ । हरेक ५ जना अन्धोपना भएका मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव छ । त्यसैले नजिकको आँखा केन्द्र वा आँखा अस्पतालमा गई आँखाको जाँच गरी अन्धोपना हुनबाट बच्न सकिन्छ ।

मधुमेह तथा उच्च रक्तचाप भएका सबैले आँखा जाँच गराउनुपर्छ । ४० वर्ष उमेर पुगेका सबैले आफ्नो आँखा जाँच गराउनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x