थ्री स्टारको विजयी शुरूआत, फ्रेन्ड्स २-१ ले पराजित

असोज २५, २०७५

काठमाडौं –थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगितामा विजयी शुरूआत गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार सम्पन्न खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT

थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्ध लिम्बू तथा फ्रेन्ड्सका लागि विकास लामाले गोल गरे ।

बिहीवार नै हुने दोस्रो खेलमा नेपाल पुलिस र जावलाखेल युथ क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजेबाट शुरू हुनेछ ।

असोज २५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस