×

NMB BANK
NIC ASIA

कर्णाली सरकार र विज्ञ समूहबीच परामर्श, बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन सुझाव

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत-कर्णाली प्रदेश सरकार र यसद्वारा गठित विज्ञ समूहबीचको परामर्श बैठक उपलब्धिमूलक भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताउनुभएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठक गए राति सम्पन्न भएको हो । बजेट कार्यान्वयनमा देखिएका समस्या समाधानका विषयमा बैठक केन्द्रित रहेको थियो ।

Muktinath Bank

“बैठकमा विज्ञ समूहले बजेट कार्यान्वयनका लागि महत्वपूर्ण सुझाव दिएको छ,” केसीले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय गरेर बजेट कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउँछौं ।” सरकार र विज्ञ समूहबीचको परामर्श बैठकले बजेट कार्यान्वयनमा देखिएको अन्योलता हटाएको उहाँको धाारणा थियो । 

बजेट कार्यान्वयन गर्न प्रदेश सार्वजनिक खरिद ऐन नबनेसम्म प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार काम गर्न र सो ऐनले नसमेटिएका विषयमा संवैधानिक अधिकार प्रयोग गरी यसको कार्यविधि निर्माण गरेर काम गर्न विज्ञ समूहले सुझाव दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट कार्यान्वयनका लागि आवश्यक प्राविधिक जनशक्ति तथा परामर्शदाता सेवा करारमा भर्ना गरी बजेट कार्यान्वयन प्रक्रिया अघि बढाउन प्रदेश सरकारलाई बाधा नपर्ने विज्ञ समूहका सदस्यले सल्लाह दिएका छन् । 

बैठकमा मुख्यमन्त्री शाही, मन्त्री प्रकाश ज्वाला, नरेश भण्डारी, दल रावल, खड्कबहादुर खत्री, नन्दसिंह बुढा, विज्ञ समूहका संयोजक जनार्दन शर्मा, सदस्य डा पुण्य रेग्मी, डा सुरेश तिवारी, डा कुशेन्द्र महत, डा कृष्णप्रसाद पौडेल, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधान, प्रमुख सचिव रामप्रसाद थपलियासहित प्रदेश सरकारका विभागीय मन्त्रालयका सचिवको सहभागिता थियो ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x