हिमालयन शेर्पासँग एपीएफ भिड्दा ब्रिगेड ब्वाइजले मनाङ मर्स्याङ्दीको सामना गर्दै

असोज २६, २०७५

काठमाडौं- शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । बिहान ११ बजे एन्फा मैदानमा हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लब र एपीएफ तथा ३ बजे हुने दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच प्रतिष्पर्धा हुने छ । 

यसअघि हिजो भएको खेलमा विभागीय टोली नेपाल पुलिस र थ्री स्टार क्लबले विजयी शुरुवात गरेका छन् । ललितपुरको एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै विजयी भएको हो ।


ADVERTISEMENT

यस्तै, पहिलो खेलमा थ्री स्टारले एनआईबीएल फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्दै विजयी भयो । पहिलो राउन्डको खेल सकिएलगत्तै २७ गतेदेखि लिग एक महिनाका लागि लिग स्थगित हुने एन्फाले जनाएको छ ।
 

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस