कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
असोज २६, २०७५
धनगढी –बेलुका भयो कि ‘फटक ट्वाङ घरौनाऽऽऽ, ट्वाङ घरौनाऽऽऽ लगायत ताल समेटिएको मादलको आवाज गुञ्जिन थालिहाल्छ । अनुमान लगाउन गाह्रो हुँदैन थारु बस्तीमा सखिया नाचको रिहल्सल हुँदैछ भनेर ।
दशैंतिहारको आगमनसँगै उक्त परम्परागत सखिया नाचको रिहल्सल शुरू भएपछि आजभोलि थारु बस्तीमा उक्त नाचको रौनक बढेको छ । जताततै रिहल्सल हुन थालेपछि मादलको आवाजले बस्ती नै गुञ्जयमान बनेका छन् ।
सखिया नाच विशेषगरी दशैं र तिहारमा नाच्ने प्रचलन रहिआएको छ । जसलाई लक्षित गरी नाचको तयारी भइरहेको जनाइएको छ । बेलुकाको खाना खाइसकेपछि फुर्सदको समय सदुपयोग गरी नाच्ने युवतीहरू, मादल बजाउने युवा र हेर्न जानेहरूले गर्दा बस्ती नै उल्लासमय बन्दै गएको धनगढी उपमहानगरपालिका–१६ भादाकी गौरी चौधरीले बताइन् ।
उनले केही दिनदेखि बेलुकाका समयमा तयारी भइरहेको जानकारी गराउँदै गाउँघरमा सखियाको रौनक थपिँदै गएको बताइन् ।
उनले भनिन्– ‘सखिया प्रत्येक चाडपर्व, मेला, महोत्सवमा सामान्य जस्तै छ, आजभोलि बाह्रैमास नाचिन्छ । तर दशैंमा विशेष रूपमा नाचिने भएकोले रिहल्सल भइरहेको छ । सोही कारण मादलको तालले गाउँघरमा रौनक बढेको छ ।’
उनले सखिया नाचमा युवतीहरू सामूहिक रूपमा नाच्ने र पुरुषहरूले मादल बजाउने बताइन् । तर कुनै–कुनै गाउँमा महिलाले पनि मादल बजाएर युवतीलाई नचाउने गरेको उनको भनाइ छ ।
सखिया नाचको थारु समुदायमा आफ्नै ऐतिहासिक विशेषता रहिआएको छ । चाहे यसको शुरूआती अवस्था होस्, चाहे पहिरन या नाच्ने विधि ।
सबै खण्डमा अर्थपूर्ण महत्त्व रहेको बताउँछन् जानकी गाउँपालिका–६ का स्थानीय भागीराम चौधरी । नाचको शुरूआत गर्नुपूर्व विशेष किसिमको पूजा गर्नुपर्ने बताउँदै उनले भने– ‘यो नाचमा दुष्टात्माको भवितव्यबाट बचाउन गुरुवाले गाउँको देवताको पूजा गर्छन् ।’
सखिया नाच नाच्नका लागि युवतीहरूको समूहमा एक जना अगुवा (मोरिन्हृया) रहने र मादल बजाउने युवामा पनि एकजना अगुवा रहने गर्छन् । यो नाचमा भगवान श्रीकृष्णको लीलामा आधारित गीत गाएर शास्त्रीय नृत्य हुने गर्छ ।
सखिया नाच र पैंया गरी दुई चरणमा हुने गरेको भागीरामले बताए । टाढा–टाढाबाट आउने पाहुनालाई स्वागत गर्नका लागि सखिया नाच विशेष गरेर दशैंको टीकाको दिन नाच्ने चलन रहेको पनि उनले जानकारी दिए ।
गाउँको अगुवा भल्मन्साको घरमा एक महिनासम्म नाचिने सखिया नाच दशैंको टीकाको दिन भने घर/घरमा गएर नाच्ने गरिन्छ ।
यसले पर्वमा छुट्टै रौनक थप्ने गरेको थारु बुद्धिजीवी प्रभातकुमार चौधरीले बताए ।
सबैको लोकप्रिय सखिया नाच थारु समुदायको मौलिक पहिचान रहेकाले यसलाई निरन्तर जीवन्त राख्न आवश्यक रहेको थारु बुद्धिजीवीहरूको जोड छ ।
कतिपय युवा पुस्ता सखिया छोडेर डिजे डान्समा रमाउने परिपाटीले परम्परागत नाचमा धक्का पुग्ने खतरा रहेको चौधरीले बताए ।
अधिकांश बस्तीमा सखियाको रौनक बढिरहेको बेला केही ठाउँ भने अझै सुनसान देखिएको छ ।
पाकेको धान काट्ने र घर लिपपोत गर्ने चटारोका साथै बस्तीमा मदाल बनाउने र बजाउन जान्ने मान्छेकै कमी हुन थालेपछि यसको अस्तित्व संकटमा पर्ने चिन्ता बढेको छ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...