×

NMB BANK
NIC ASIA

एम्बाप्पेले बनाए इतिहास, २० वर्षको उमेरअघि नै देशका लागि १० गोल गर्ने पहिलो फ्रान्सेली खेलाडी

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — फ्रान्स र पेरिस सेन्ट–जर्मान टोलीका स्ट्राइकर किलियन एम्बाप्पेले प्रत्येक खेलमा स्कोरको कीर्तिमान बनाइरहेका छन् । 

पीएसजी क्लबको पछिल्लो खेलमा यी १९ वर्षीय खेलाडीले जम्मा १३ मिनेटमा चार गोल गरेका थिए र विगत ४५ वर्षमा लिग १ मा यसो गर्ने पहिलो सबभन्दा कम उमेरका खेलाडी बनेका थिए । 

त्यस्तै प्रदर्शन बिहीवार पनि गर्दै एम्बाप्पेले आइसल्यान्डविरुद्धको खेलमा एक गोल गरेर अनि अर्को गोलका लागि माहौल मिलाएर फ्रान्सलाई हारबाट जोगाएका छन् । यसक्रममा उनी फ्रान्सका लागि २० वर्षको उमेरअघि १० गोल गर्ने पहिलो खेलाडी बनेका छन् । 

फ्रान्स आइसल्यान्डविरुद्ध दुई गोलले पछि परेको अवस्थामा एम्बाप्पेले खेलको अन्त्यतिर अद्भुत प्रदर्शन गरेर बराबरीमा ल्याए । 

फ्रान्सको पहिलो गोलका लागि उनले विपक्षी खेलाडीलाई आत्मघाती गोल गर्ने वातावरण बनाए ।

तर त्यसपछि उनी आफैंले पेनाल्टीमा गोल गरेर फ्रान्सलाई खेलमा फर्काए । 

फ्रान्सका लागि उनले निरन्तर राम्रो प्रदर्शन गरेर विश्व फूटबलमा शीर्ष जवान खेलाडीको हैसियत बनाइसकेका छन् । फ्रान्सले रुसमा विश्वकप जित्दा एम्बाप्पेले सर्वोत्कृष्ट जवान खेलाडीको पुरस्कार जितेका थिए र गोल्डन बोई पुरस्कार
लगातार दोस्रो वर्ष जित्ने पहिलो खेलाडी उनी नै बन्ने अपेक्षा छ । 

गोल डट्कमबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x