×

NMB BANK
NIC ASIA

साउदी पत्रकार खशोग्गीको बेपत्ता घटनामा अमेरिकी अनुसन्धान अधिकारीले थाले काम

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकी अनुसन्धान अधिकारीहरूले इस्तानबुलको साउदी वाणिज्य दूतावासबाट हराएका जमाल खशोग्गीको बेपत्तामा अनुसन्धान गरिरहेको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् । 

तर यसको जेसुकै परिणाम आएपनि अमेरिकाले रियादसँग महंगो हतियार सम्झौता नत्याग्ने उनले प्रस्ट पारेका छन् । 

इतर विचार राख्ने पत्रकार खशोग्गीलाई चुप लगाउने षड्यन्त्रमा हात रहेको आशंका गरिएका साउदी अरबका शक्तिशाली युवराज मोहम्मद बिन सलमानले प्रमाण लुकाउन सक्ने चिन्ता ट्रम्पको घोषणाले जन्माएको छ । अनि टर्की र
साउदी सरकार मिलेर घटनाको संयुक्त अनुसन्धान गर्ने घोषणा गरेपछि चिन्ता झन् बढेको छ । 

साउदी सरकार नियन्त्रित अल–अरेयिबा टीभी नेटवर्कले १५ जना आरोपितहरू पर्यटक रहेको र उनीहरू कमर्सियल विमानमा इस्तानबुल पुगेको बताएको छ । 

कंग्रेसमा रहेका वरिष्ठ रिपब्लिकनहरूलाई अमेरिकी जासूसी निकायले यसबारेमा जानकारी दिइसकेका छन् । खशोग्गीलाई साउदी सरकारले मारेको खुलेमा अमेरिकाले दण्डात्मक कारवाहीको तयारी गर्ने रिपब्लिकनहरूले संकेत
गरेका छन् । 

‘हामीहरू कठोर रूपमा प्रस्तुत भइरहेका छौं । अनि हाम्रा अनुसन्धान अधिकारीहरू त्यहाँ पुगेका छन् र हामीहरू टर्कीसँग मिलेर र स्पष्ट रूपमा भन्नुपर्दा साउदी अरबसँग मिलेर काम गरिरहेका छौं । के भएको हो हामीहरू पत्ता
लगाउन चाहन्छौं,’ ट्रम्पले फक्स न्युजलाई बिहीवार बिहान बताए । 

अमेरिकी अनुसन्धान अधिकारीहरू टर्कीमा भए नभएको अमेरिकी अधिकारीहरूले पुष्टि गर्न सकेनन् । टर्कीले अहिलेसम्म अमेरिकाको सहायतालाई अस्वीकार गरिरहेको छ । 

अमेरिकी अनुसन्धान अधिकारीहरू टर्कीको जमीनमा भए नभएको विषयमा टिप्पणी नगर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता हेदर नोअर्टले बताइन् । यसबारेमा अन्य प्रश्न एफबीआईलाई सोध्न मन्त्रालयले भनेको छ ।

द गार्डियनबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x