‘गोजीमा दाम छैन’लाई करोड भ्युज

असोज २६, २०७५

काठमाडौं । दीपेन्द के. खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’मा समावेश ‘गोजीमा दाम छैन’ बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ । 

राजनराज शिवाकोटीले संगीतमा राजनराजसँगै मेलिना राई र ग्रिष्मा शिवाकोटीको स्वर रहेको गीतको भिडियोले सार्वजनिक भएको डेढ महिनामै एक करोड ९ लाखभन्दा बढी भ्युज पाएको हो । गीतमा हरिहर तिमिल्सिनाको शब्द रहेको छ । 


ADVERTISEMENT

गीतको भिडियोमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सन्दिप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा र सुरक्षा पन्त प्रस्तुत छन् । भिडियोमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

कात्तिक १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप भारद्वाजको लेखन रहेको छ । चलचित्रमा राजनराज र अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व निर्देशन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।

यस्तो छ भिडियो :

असोज २६, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस