×

NMB BANK
NIC ASIA

पेट चिरेर बच्चा जन्माउने दर चिन्ताजनक रूपमा बढ्दै

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — सिजेरियन सेक्सन अर्थात् आमाको पेट चिरेर बच्चा जन्माउने दर महामारीको अनुपातमा फैलिएको र यो चिन्ताजनक रूपमा प्रयोग भइरहेको विज्ञहरूले बताएका छन् । 

आमा र बच्चाको सुरक्षाका लागि सिजेरियन सेक्सन एक महत्त्वपूर्ण प्रक्रिया हो । उदाहरणका लागि, जन्मअघि बच्चालाई अप्ठ्यारो परिरहेको छ वा आमाको रक्तस्राव भइरहेको छ भने यसको आवश्यकता पर्छ । 

तर विज्ञहरूले यस्तो अवस्था १० देखि १५ प्रतिशत मात्र हुने र स्वास्थ्यका लागि आवश्यक भएमा मात्र गर्नुपर्ने बताए । 

लान्सेट जर्नलमा प्रकाशित अध्ययन र टिप्पणीहरूको नयाँ शृंखलामा अनुसन्धानकर्ताहरूको एक टोलीले धेरै देशहरूमा सिजेरियनको संख्या तीव्र रूपमा बढिरहेको र सन् २०१५ मा २१ प्रतिशत जन्म यसैमार्फत भएको पाएका छन् । 

डोमिनिकन रिपब्लिकमा ५८ प्रतिशतभन्दा बढी अनि इजिप्टमा ६३ प्रतिशत बच्चाहरू सिजेरियनबाट जन्माइएका पाइए । 

स्वास्थ्य कारणले बाहेक सिजेरियन गराउन नहुने विषयमा महिला, उनीहरूका परिवार र स्वास्थ्यकर्मीहरूमा सचेतना फैलाउनुपर्ने विज्ञहरूको राय छ । 

‘सिजेरियन गराएका महिला अर्कोपटक गर्भवती हुँदा बच्चा समयअगावै जन्मने, गर्भाशय च्यात्तिने र गर्भाशयको गलत भागमा प्लासेन्टा जम्ने सम्भावना हुन्छ जसले गर्दा बच्चा पाएपछि उनलाई रक्तस्राव हुने र हिस्टेरेक्टोमी गर्नुपर्ने
आवश्यकता आइपर्छ,’ अध्ययनकी सहलेखिका जेन स्यान्डालले बताइन् ।

यसबाट आमाका गोडामा रगत जम्ने, बेहोश बनाउने औषधिले समस्या ल्याउने अनि संक्रमण हुने समस्या पनि आइलाग्छन् । अनि बच्चाको रोगप्रतिरोधक क्षमतामा समस्या आउने हुन सक्छ । बच्चाको पेटमा समस्या आएर अत्यधिक
मोटोपन र दमको जोखिम बढ्ने पनि यसबाट हुन सक्छ । 

द गार्डियनबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x