×

NMB BANK
NIC ASIA

ग्लोबल आईएमई बैंकमा मिसकल बैंकिङ सेवा

असोज २६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले मिसकल बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

Sagarmatha Cement
Muktinath Bank

बैंकले उपलब्ध गराएका विभिन्न मोबाइल नम्बरमा मिसकल दिएर ग्राहकले आफ्नो खाताबारे जानकारी लिन सक्ने छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकले उपभोग गर्न मिल्ने सेवा अन्र्तगत ग्राहकले खातामा रहेको मौज्दात रकमबारे जानकारी लिन ९८०१२३१२९४ नम्बर, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बर, मोबाइल १ रुपैयाँ टपअप गर्न ९८०१२३१२९६ नम्बर, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बर, आफूले बैंकमा बुझाउनुपर्ने कर्जाको किस्ता रकमबारे जानकारी लिन ९८०१२३१२९८ नम्बर र बैंकले प्रदान गर्ने विभिन्न कर्जाबारे जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्ने छन् ।


Advertisment
Nabil box
Kumari

ग्राहकले तोकिएका नम्बरमा डायल गरेपछि उक्त नम्बरमा १ घण्टी जाने र आफैं फोन काटिने छ । त्यसपछि बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेजमार्फत् पठाउने छ ।

Vianet communication
Laxmi Bank

ग्लोबल आईएमई बैंक लिमिटेड अत्याधुनिक प्रविधिलाई आत्मसाथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ सेवा ग्लोबल स्मार्ट, भाइबर बैंकिङ, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ सुविधा, अनलाइनमार्फत् घरमै अथवा जहाँकहीँ बसेर बैंक खाता खोल्न सकिने लगायतका सुविधा आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १ सय ३२ शाखा, ५ एक्सटेन्सन काउन्टर, १ सय ३८ एटीएम, १५ राजस्व संकलन काउन्टर, १ सय ३ वटा शाखारहित बैंकिङ सेवा र ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राख्दै समय–समयमा आफ्ना सुविधामा थप परिमार्जन गर्दै जाने लक्ष्य लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x