×

NMB BANK
NIC ASIA

अब अनलाइनबाटै यसरी हुन्छ मन्त्रीको मोनिटरिङ

असोज २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि अनलाइन मोनिटरिङ प्रणाली सुरु भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो प्रगति विवरण पेस गर्नु पर्नेछ र त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन तथा मूल्यांकन गर्ने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले सार्वजनिक गरेको बजेट कार्यान्वयनका लागि आफ्नो नीति तथा कार्यक्रम पूरा गर्न तय गरेको एक्सन प्लानअनुसारको प्रगति हरेक महिनाको ७ गते प्रत्येक निकायले अनलाइनमार्फत प्रधानमन्त्री कार्यालयमा पेस गर्नु पर्नेछ ।


Advertisment
Nabil box
Kumari

कामको प्रगति विवरण प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्रीका अधिकारीले अनुगमन र मूल्यांकन गर्नेछन् ।

Vianet communication
Laxmi Bank

मन्त्रालयका कार्यप्रगति हेर्न प्रधानमन्त्री कार्यालय मातहत ११ वटा महाशाखा छन् । यी महाशाखाको नेतृत्व सहसचिवले गर्छन् भने पाँच जना सचिवले सम्पूर्ण गतिविधिबारे जानकारी राख्ने व्यवस्था मिलाइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

मन्त्रालयहरूबाट सफ्टवेयरमा अपलोड भएको विवरण नतिजाका आधारमा रातो, हरियो र पहेंलो सूचकमा विभाजन हुनेछ ।

वर्गीकरणमा पहेंलो देखिएमा सन्तोषजनक मानिनेछ । रातो देखिएका मन्त्री र मन्त्रालय जोखिममा हुन्छन् भने हरियो देखिएमा निगरानीमा रहनेछन् । कार्यप्रगति रातो देखिएका मन्त्रालयलाई प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयले कारबाही समेत गर्न सक्ने बताइएको छ ।

‘प्रगति राम्रो भएन भने किन भएन भनेर हामीले सोध्ने–खोज्ने काम गर्छौं,’ प्रधानमन्त्री कार्यालयका सहसचिव तथा प्रवक्ता विनोद कुँवरले  भने, ‘कार्यप्रगति राम्रो नभएमा त्यसको जिम्मेवार सम्बन्धित मन्त्रालयका सचिवको हुनेछ ।’

प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको सचिवहरूको बैठकमा मुख्यसचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई ७ कात्तिकभित्र मन्त्रालयको कार्यसम्पादन सफ्टवेयरमा अपलोड गर्न निर्देशनसमेत दिएका छन् । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x