धर्मशास्त्र भन्छन्– नवरात्रीमा पति–पत्नीबीचको सहवास वर्जित छ

असोज २७, २०७५

नवरात्रीको हिन्दू धर्ममा ठूलो महत्व छ । यस समय नारी शक्ति अर्थात देवीको ९ स्वरुपको पूजा अर्चना र उपासना हुने गरेको छ । यस समयमा देवीका ९ स्वरुप पृथ्वीमा निवास गर्ने धार्मिक मान्यता रहेको छ । व्यक्तिले यस समय आफ्नो आध्यात्मिक उर्जाको विकास गर्न सक्छन् । यति मात्र होइन यस समय सात्विक भोजनका साथ यौनकार्य वर्जित मानिएको छ । 

आध्यात्मिक रुपमा हेर्ने हो भने जुन घरमा नवरात्रीको पूजा गरिन्छ त्यस घरमा श्रीमान् श्रीमतीबीचको सहवासका बारेमा सचेत हुनु आवश्यक छ । धार्मिक मान्यताका अनुसार जसले यो नियमलाई पालन गर्दैनन् उनीहरुको मन मता देवीको आराधनामा लाग्दैन । यस्ता मानिसको मन विचलित रहन्छ । जसका कारण उनीहरुको साधना अपूर्ण रहन्छ । 


ADVERTISEMENT

धर्मका साथ विज्ञान

नवरात्रमा जो मानिसले व्रत राख्छन् उनीहरुको शरीरमा उर्जाको कमी हुन्छ । जसका कारण मानसिक तथा शारीरिक रुपमा यौनाचरणका लागि तयार रहदैनन् । त्यसैले यस समयमा मानिसलाई स्वयं माथि नियन्त्रणको लागि भनिएको हो । 

धार्मिक रुपमा भन्ने हो भने नवरात्रीमा देवी भगवतीहरुको वास पृथ्वीमा हुन्छ । देवीको अंश हरेक स्त्रीमा हुन्छ । यही कारण यस समय विवाहिता महिलालाई सुहागका सामाग्री दिने परम्परा पनि रहेको छ । जसका कारण नवरात्रमा व्यक्तिले स्वयंमाथि संयम तथा ब्रह्हचार्य पालन गर्न सकोस् । 

हरेक वर्ष दुई पटक नवरात्रीका बीच आश्विन तथा चैतको समयमा ऋतु परिवर्तन हुन्छ । आश्विन नवरात्रीका समयमा शीत ऋतुको आगमन हुन्छ र चैत्र नवरात्रीमा ग्रीष्म ऋतुको आगमन हुन्छ । यही त्यसतो मौसम हो जतिवेला सबैभन्दा धेरै संक्रमण हुने खतरा हुन्छ । ऋषि मुनिले आउन लागेको मौसमका लागि आफ्नो शरीरलाई तयार गर्नका साथै रोग प्रतिरोधक क्षता बढाउनका लागि यी ९ दिन व्रत तथा साधना गर्ने विधान बताइएको हो । जसमा यौनकार्यबाट बच्नका लागि भनिएको छ । 
 

असोज २७, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस