माघ २७, २०८०
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
धनगढी– लोपोन्मुख आदिवासी जनजातिमा सूचीकृत राउटे जातिमा औलामा गनिने नाम हो दानसिंह राउटे । जो समग्र राउटे जातिमै लागेको ‘फिरन्तेको धब्बा धुन’ कस्सिएका छन् ।
डडेल्धुराको पर्शुराम नगरपालिकाका–१२ आमपानीमा २०४१ सालमा जन्मिएका दानसिंह समुदायको सशक्तिकरणको अभियानमा जुटेका छन् । उनी नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सचिवालय सचिव र नेपाल राउटे विकास संघका केन्द्रीय अध्यक्ष पनि हुन् ।
आफ्नो विगत सम्झँदै उनी भन्छन्, ‘मेरो बुवा, बाजे फिरन्ते जीवन बिताए । स्थायी आश्रयको कुनै ठेगान थिएन । अशिक्षा, गरीबीको कारण रोगभोक सहे । कष्टकर जीवन बिताए । तर, अचेल केही सहज भएको छ ।’
केही वर्ष अगाडिसम्म राउटे जातिमा स्थायी बसोबास, लेखपढ र खेतीपातीलाई महासत्रुको रुपमा लिइन्थ्यो । तर, पछिल्लो समय राउटे जाति पनि स्थायी बसोबास गर्न थालेको छ । खेतीपाती, व्यापार, मजदुरीका साथै सेवामूलक पेशामा आवद्ध भई जीविकोपार्जन गर्न थालेका छन् भने बालबालिका स्कूल जान थालेका छन् ।
नेपाल सरकारले २०४० सालमा सुदूरपश्चिममा रहेका राउटे जातिलाई मूल धारमा ल्याउन डडेल्धुराको आमपानी र रज्यौडामा प्रतिपरिवार डेढ विघा जमिनमा ३५ परिवारलाई स्थायी बसोबास गराएको थियो । विक्रम सम्वत् २०६८ सालको राष्ट्रिय जनगणनानुसार पश्चिम नेपालमा ४ सय ६० जना राउटे जातिको जनसंख्या रहेको छ । जसमध्ये कर्णली प्रदेशका कतिपय जिल्लामा अधिकांश राउटे फिरन्ते जीवन बिताउँदै आएका छन् ।
आमपानी क्षेत्रको राउटे बस्तीसँगै मगर समुदायको पनि बसोबास रहँदै आएको छ । मगर समुदायका बालबालिकासँगै राउटेका बालबालिका पनि स्कूल जान थालेका हुन् । तर, २०४८ सालताका राउटे समुदायबाट स्कूल जाने बालबालिकाको संख्या नगन्य रहेको दानसिंह सम्झिन्छन् ।
स्कूले जीवन स्मरण गर्दै उनले भने, ‘स्कूल गएर शिक्षा आर्जन गर्नुपर्छ भन्ने सचेतना थिएन । हामी २ दाजुभाई मगर समुदायका ५ जना साथीसँग १ घण्टाको पैदल दूरीमा रहेको पर्शुराम नगरपालिका–१ स्थित भागेश्वर प्राथमिक विद्यालयमा भर्ना भएका थियौं ।’
सिद्धनाथ माध्यमिक विद्यालय जोगबुढाबाट २०६४ सालमा एसएलसी पास भएका दानसिंहले त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढाबाट २०६७ सालमा आईएड तहको अध्ययन पूरा गरेका छन् भने बीएड तहको अध्ययन अझै जारी राखेका छन् । सम्भवतः उनी हालसम्म समुदायकै एक्लो व्यक्ति हुन्, जो स्नातक तहसम्मको अध्ययन गरेका छन् ।
शहरमै घरजम
उनी सामाजिक कार्यसँगै जोगबुढामै २०६७ सालदेखि व्यवसाय पनि गर्दै आएका छन् । अशिक्षा, चरम गरीबी र बेरोजगारीको दलदलबाट राउटे समुदाय उठ्न नसकेको अवस्थामा उनी देश दुनियाको अनुभव बटुल्न भ्याएका छन् । उनले २ वर्ष साना तथा व्यावसायिक स्वरोगार युवा कोष काठमाडौंको परामर्शदाताको रुपमा काम गरिसकेका छन् भने आन्तरिक राजस्व कार्यालय धनगढीमा ६ महिना करारमा काम गरेका थिए ।
जेटी जेडको सहयोगमा आरईडीसीबाट सञ्चालित एकीकृत खाद्य सुरक्षा कार्यक्रम परियोजनामा उनले ४ वर्षसम्म काम गरिसकेका छन् । यति मात्रै नभई राउटे बस्तीमा समुदायभित्र मात्रै वैवाहिक सम्बन्ध राख्ने मान्यता छ । तर, उनी फरक जाति विवाह बन्धनमा बाँधिएका छन् । क्याम्पस अध्ययनताका समकक्षी सुमन बोहरासँग उनी विवाह गरेका छन् ।
राउटेलाई भाषागत समस्या
राउटे समुदायमा साक्षरताको दर एकदमै न्यून छ । उच्च शिक्षाआर्जन गर्नेको संख्या त झनै औलामा गन्न सकिने अवस्था रहेको स्वयं दानसिंह बताउँछन् । नेपाल राउटे विकास संघका केन्द्रीय अध्यक्ष समेत रहेका उनी शिक्षा आर्जनमा भाषागत कठिनाइका कारण राउटे समुदायका बालबालिका स्कूल भर्ना भएपनि बिचैमा छोड्ने प्रवृति रहेको बताए । आफूहरूको मातृभाषा खाम्ची (बोट बर्मेली) रहेको बताउँदै उनले नेपाली भाषा नबुझिने समस्याका कारण पढाइ छोड्ने बालबालिकाको दर उच्च रहेको जानकारी दिए ।
जसको लागि विश्वविद्यालयको सहयोगमा भाषा आयोगमार्फत् राउटे खाम्ची भाषाको व्याकरण प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।
भत्तामै निर्भरता
नेपाल सरकारले लोपोन्मुख आदिवासी राउटेको उत्थानको लागि केही कार्यक्रम सञ्चालन गर्दै आएको छ । सरकारले २०६८ सालदेखि राउटे जातिको प्रतिव्यक्तिलाई मासिक २ हजार रुपैयाँको दरले वितरण गर्दै आएको छ । गरीबीको रेखामुनि रहेको राउटे जातिको जीविकोपार्जनमा सामाजिक सुरक्षा भत्ता बरदान सावित भएको बताइन्छ ।
‘अझै पनि अधिकांश व्यक्ति काठको सामग्री बनाउने परम्परागत पेशा गर्दै आउनुभएको छ । सेवामूलक क्षेत्रमा २ जना मात्रै हुनुहुन्छ । यो अवस्थामा बालबालिकाको शिक्षादीक्षा, जीविकोपार्जनमा सामाजिक सुरक्षा भत्ता बरदान सावित भएको छ,’ उनले भने ।
पछिल्लो समय अन्य पेशा अँगाल्न नसक्दा राउटे समुदायलाई जीविकोपार्जनमा समस्या भएको छ । राष्ट्रिय वन समुदायमा हस्तान्तरण भएपछि राउटे समुदायले काठबाट बन्ने सामग्री बनाउनबाट वञ्चित हुँदा जीविकोपार्जनमा समस्या भएको हो । जसको निराकरणको लागि राज्यले राउटे लक्षित सीप तथा रोजगारीमूलक कार्यक्रम ल्याउन जरुरी रहेको उनको भनाई छ ।
उनका अनुसार राउटे समुदायबाट हालसम्म १ जना आर्मीमा भान्से छन् भने १ जना नेपाल प्रहरीको जवानमा कार्यरत छन् ।
‘शरीरको सरसफाई गर्न सिकाउँछौं’
अनिवार्य रुपमा शिक्षा आर्जन गर्नुपर्ने कुराजस्तै राउटे बस्तीमा जीवन उपयोगी सीप पनि सिकाउन थालिएको छ । दानसिंहकै नेतृत्वमा राउटे बस्तीमा शरीरको सफाईदेखि घरको सरसफाईसम्म कसरी गर्नेबारे सिकाउने काम हुँदै आएको हो ।
दानसिंह भन्छन्, ‘हामी बेलाबखतमा बस्तीमा पुगेर कसरी नुहाउने, साबुन पानीले हात कसरी धुने, औषधीको प्रयोग कसरी गर्नेबारे सिकाउँदै आएका छौं ।’ उनले पोषाक लगाउनेबारे पनि प्रशिक्षण दिँदै आएको बताए । परम्परागत पोशाक लगाएपनि कम्तिमा पोशाक चाहिँ सफा लगाउनमा जोड दिएको उनको भनाई छ ।
राउटे बस्तीमा अज्ञानताको कारण नागरिकता लिनुपर्छ भन्ने चेतना छैन । जुनकारण उमेर पुगेका सबैले नागरिकता लिनुपर्छ भनेर समेत सिकाउँदै आएको दानसिंह बताउँछन् ।
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...