मंसिर १४, २०८०
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
विराटनगर– कोशी हरैचाको विराटचोकमा कपाल सेत्तै पाकेकी आमा निगुरो बेच्दै थिइन् । कपाल सेत्तै फुलेकाले पनि होला कपाल मेहन्दीले रंगाएजस्तो पनि देखिन्थ्यो । उनीसँगै अन्य केही युवती, बालबालिका तथा अधबैशे महिला पनि लाइनमा निगुरो बेच्दै थिए ।
अहिले ६५ वर्ष पुगेकी सिता दर्नालसँग आजभन्दा २५ वर्ष पहिला पति र छोराछोरी सबै थिए । अहिले उनी एक्ली भएकी छिन् । २ छोरी र १ छोराकी आमा सिता बृद्ध उमेरमा एक्लो महसुस गर्छिन् ।
भएका २ छोरीको विवाह गरेर पठाइसकेकी सिता एउटा छोराले आफूसँगै राखेर स्याहारसुसार गर्ला भन्नेमा ढुक्क थिइन् । तर, भइदियो अर्कै । २५ वर्ष पहिला पतिले अर्को विवाह गरेर हिँडेपछि उनमा बज्रपात प¥यो । भोजपुर पुख्र्याैली घरमा २५ वर्ष पहिला पतिसँगै हुँदा उनको छुट्टै मान–सम्मान थियो । जब पतिले गाउँकी अर्कै लिएर हिँडेपछि उनको मनमा कहिल्यै नमेटिने घाउ भयो ।
केही वर्ष त उनी गाउँमै छोराछोरीलाई पालनपोषण गर्दै गाउँमै बसिन् । तर, पति बेगरको त्यो गाउँ उनका लागि शून्य लाग्न भयो, गाउँका मान्छे जो कोही मन पर्न छाडे । उनलाई गाउँ नै छाडेर हिडौंजस्तो लाग्न थाल्यो । उनी गाउँ नै छाड्ने मनस्थितिमा पुगिन् र मधेश झरिन् । तर, मधेश झरेर मात्र उनलाई आफ्नो पीडा कहिल्यै निको भएन, दुःख झन् बढ्दै गयो ।
मधेशमा के गर्ने नगर्ने उनी अन्यौलमा परिन् । भएका दुइटी छोरीको बिहे भयो । छोराले पनि बिहे गरेपछि इटहरीमा बसेर आफ्नो गुजारा चलाउन थालिन् । त्यसपछि एक्लो हुनुपरेको उनले सुनाइन् ।
‘के गर्ने गरीबको आफ्नो भन्ने कोही हुन्न रहेछ, आफ्नै सोचेको पतिले अर्कै लिएर हिँड्यो, छोराले पनि वास्ता गरेन, अहिले विराटचोकमा कोठामा छु,’ उनले गहभरी आँशु पार्दै भनिन् ।
उनले भोजपुर छाडेपछि उनको पतिसँग ईटहरीमा १–२ पटक भेट पनि भयो । तर, कुटपिट गर्ने र वास्ता नगर्ने भएपछि उनको मन थप भाँडियो । शुरूका दिनमा कोठामा नै बस्दा पनि घरभरी छोराछोरी थिए ।
उनले विराटचोक रुँगेर बस्न थालेको पनि ७ वर्ष नाघिसक्यो । उनकोे दिनचर्या भनेको जंगलमा गएर निगुरो खोेजेर ल्याउने अनि बेच्ने नै हो । उनले हरेक दिन जंगल धाइनन् भने बेलुका घरमा गएर के खाने भन्नेमा छटपटी हुन्छ । निगुरो मात्र हैन, सिजन अनुसारको फलफूल, तरकारी र साग ल्याएर बेच्ने काममा उनी लाग्दै आएकी छन् । तर, उनले बढी समय निगुरो बेचेर बिताउने गरेकी छिन् ।
निगुरो कथा
निगुरो खोज्न जानेहरू १–२ जना मात्र हैन, ४–५ जनाको समूहमा जंगलमा जान्छन् । जंगललाई विभिन्न भागमा बाँडेर कित्ता छुट्याउँछन् । यसरी कित्ता छुट्याइएको ठाउँमा निगुरो उम्रिएको आफ्नो हुन्छ ।
सिता सहितका ८ जनाको २ वटा समूह कोही भाउन्नेको जंगलमा जान्छन् भने केही लक्ष्मी मार्गको जंगलमा जाने गरेको उनले बताइन् ।
जंगलमा निगुरो टिप्न एक्लै जाँदा डर हुने भएकाले ४ जनाको समूह बनाएर ल्याउने गरेको उनले बताइन् । धेरै जना निगुरोमा जाँदाभन्दा आफू एक्लै जाँदा चाँडो र धेरै निगुरो ल्याउन पाउने उनले सुनाइन् । तर, एक्लै जाँदा जंगलमा डर हुने भएकाले जानै सकिँदैन ।
जंगलबाट ल्याइएको निगुरोको मुठामा १५ रुपैयाँसम्म फाइदा हुने गरेको भएपनि बाहिर किनेर ल्याएको निगुरोबाट १० रुपैयाँसम्म आम्दानी गर्न सकिने उनले बताइन् । मेहनत अनुसार १ मुठामा १० रुपैयाँ फाइदा राखेर बिक्री गर्नु उनको बाध्यता छ । उनी शुरूका दिनमा त भागीभागी, लुकीलुकी निगुरो खोज्न जान्थिन् । त्यो बेला छोरासँगै विराटचोकमा थिइन् । तर, जब छोरा बृद्ध आमालाई छाडेर ईटहरी गए, उनी एक्लिइन् र निष्फिक्री निगुरोले उनको दिनचर्या चल्न थाल्यो ।
दैनिक ३ सय रुपैयाँ कमाइ
करीब ७ वर्ष पहिलादेखि निगुरोको व्यापारबाट जीवन धान्न थालेकी सीता कति दिनसम्म भोकै बसिन् । अरुको भरमा बाँच्नुपर्ने हो कि भन्ने सोच्ने सिताले अहिले निगुरो बेचेरै जीवन धान्दै आएकी छिन् । निगुरो बेचेर पनि उनले दैनिक ३ सय रुपैयाँभन्दा बढी कमाइ गर्ने गरेको बताइन् ।
दिनभरी कमाएको पैसाले आफू बस्ने कोठाभाडा तिर्ने र घरखर्च चलाउने गरेको उनले सुनाइन् । उनले भनिन्, ‘कमाएको पैसाले घर खर्च त चलेको छ ।’
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...