×

NMB BANK
NIC ASIA

‘खेल शुरू हुनुभन्दा अघि २० चोटि ट्वाइलेट जाने मेस्सीले के कप्तानी गर्छन् ?’

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — लियोनेल मेस्सीमा नेतृत्व क्षमता नभएको डीएगो म्याराडोनाले बताएका छन् । म्याराडोनाका अनुसार, मेस्सी खेल शुरू हुनुअघि २० चोटि ट्वाइलेट जान्छन् । 

एकतीस वर्षको उमेरमा फूटबलका एलिट खेलाडीका रूपमा पाँचचोटि बलोन दोर जितिसकेका मेस्सीले चरम दबाब र अपेक्षा खप्ने बानी विकसित गरिसकेका छन् । 

तर उनी कप्तानीको भार सहन चाहिँ संघर्ष गरिरहेका हुन्छन् । हालैका दिनमा उनी बार्सिलोना क्लबका कप्तान बनेका छन् भने केही समयदेखि अर्जेन्टिनाको कप्तानी गरेका हुन् । 

अर्जेन्टिनाको कप्तान हुनका लागि मेस्सी गलत पात्र भएको म्याराडोनाको विश्वास छ । उनी टोलीका सर्वोत्कृष्ट खेलाडी चाहिँ पक्कै हुन् तर आफूवरिपरिकालाई प्रेरित गर्ने व्यक्तिगत क्षमता चाहिँ उनीसँग छैन भन्छन् म्याराडोना ।

अर्जेन्टिनालाई सन् १९८६ को विश्वकप जिताएका म्याराडोनाले रुस विश्वकपमा अर्जेन्टिनाको संघर्ष प्रत्यक्ष देखेका थिए । उनले ला अल्टिमा पालाब्रा मेक्सिकोलाई भने, ‘मेस्सी महान् खेलाडी हुन् र तर नेता हैनन् ।’

‘प्रशिक्षक र खेलाडहिरूसँग कुरा गर्नुअघि उनी प्लेस्टेसन खेल्छन् । अनि मैदानमा चाहिँ नेता बन्न चाहन्छन् । तर खेलअघि २० चोटि बाथरूम जाने मानिसलाई नेता बनाउन खोज्नु बेकारको कुरा हो । मेस्सीलाई भगवान् बनाउन छाडौं ।
उनी अर्जेन्टिनाका एक खेलाडी मात्र हुन् ।’

रुस विश्वकपको अन्तिम १६ बाट बाहिरिएपछि मेस्सीले अर्जेन्टिनका लागि कुनै खेल खेलेका छैनन् । 

उनले अर्जेन्टिनाका लागि हालका लागि नखेल्ने संकेत दिएपछि अन्तरिम प्रशिक्षक लियोनेल स्कालोनीले वैकल्पिक खेलाडीहरू खोज्नुपरेको छ । 

म्याराडोनाले चाहिँ मेस्सीलाई टीममा फर्काउनुपर्ने तर कप्तानी दिन नहुने धारणा राखेका छन् ।

गोल डट्कमबाट

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x