×

NMB BANK
NIC ASIA

रिसाएको माछाले डुंगामा प्वाल पारेपछि समुद्रको बीचमा पर्‍यो आपत !

असोज २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — एक माछाका कारण फिलिपिन्सका पाँच माझीको ज्यान मुश्किलमा परेको छ । यी माझीहरू दक्षिण चीन सागरमा माछा पक्रिन गएका थिए ।

त्यहाँ दुर्लभ मार्लिन माछाले डुंगामा प्वाल पारिदियो । पाँचै माझीहरू दुई दिनसम्म समुद्रमा फसे र उनीहरूको खानेकुरा पनि सकियो । 

माझीहरूले आफूसँग बाँकी रहेका काठ जोडेर राफ्ट तयार पारे र त्यसैमा तैरिएर किनारमा आए । 

एक माझी जिमी बाटिलरले आफ्नो अनुभव यसरी बाँडे, ‘चारजना साथीसँग एक हप्ताअघि म दक्षिण चीन सागरमा माछा समात्न गएको थिएँ । केही दिनपछि नै बिहानीपख डुंगामा दुर्लभ मार्लिन प्रजातिको माछा हात प¥यो । चुच्चो थुतुनो
भएको मार्लिनलाई समात्ने हाम्रो प्रयास विफल भयो । रिसाएको माछा जालबाट फुत्केर डुंगामा आयो र चुच्चोले घोचीघोची डुंगामा प्वाल पारिदियो ।’

जिमी थप्छन्, ‘हाम्रो डुंगा हल्काफुल्का थिएन । त्यो १२ फीट लामो र समुद्रका पाँचौ स्तरको लहरलाई झेल्न सक्ने क्षमता भएको डुंगा थियो । तर ६ फीट लामो र ८०० किलो तौल भएको मार्लिन माछाले त्यसमा प्वाल पारिदियो ।
हामीहरू घन्टौंसम्म प्वाल परेको डुंगा चलाइरह्यौं र डुंगामा बिस्तारै पानी भरिँदै आयो र लहर चर्को हुँदै गएपछि अघि बढ्न मुश्किल भयो । हामी एक दिन त पानीमा बस्यौं । तर यात्रा पनि सकिने बेला भएको थियो र हामीसँग खाना र
पानी सकिँदै गएको थियो ।’

पछि जिमी र उनका साथीहरू डुंगामा भएका काठ र केही डोरीलाई जोडेर बलियो राफ्ट बनाउन सफल भए । उनीहरूले आवश्यक सामान राफ्टमा राखे र सफलतापूर्वक किनारमा आइपुगे । एउटा जहाजले उनीहरूलाई रेस्क्यु बोट पठाइदियो । 

उनीहरू त्यसैमा चढेर पश्चिम मनिला तट पुगे । त्यहाँ उनीहरूको परिवारले प्रतीक्षा गरिरहेको थियो । 

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x