×

NMB BANK
NIC ASIA

दशैंमा च्याङ्ग्राको भाउ बढ्याे, यस्ताे छ कारण

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ-  यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् । च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताउनुभयो । 

“रु २३ हजार मुस्ताङमै पर्यो” उहाँले भन्नुभयो, “गत वर्ष सो मूल्यमा यहीँ आउँथ्यो ।” च्याङ्ग्रा खरीदमा लाग्ने समय, खाना, बास, भाडामै व्यवसायीको बढी खर्च छ । पहिलोजस्तो नाफा हुन छोडेपछि व्यवसायीले च्याङ्ग्रा कम खरीद गर्न थालेका छन् । केसीले ल्याएका १०१ च्याङ्ग्रामध्ये ५० बढी बिक्री भइसकेका छन् । 

उहाँलगायत बागलुङबाट गएका व्यवसायीले एक साता लगाएर च्याङ्ग्रा भित्र्याएका हुन् । च्याङ्ग्रा यहाँ ल्याइ पुर्याउँदा व्यवसायीले तीन÷चार ठाउँमा दस्तुर र कर तिर्ने गरेका छन् । यो वर्ष कतिपय स्थानीय तहले पनि कर उठाएपछि व्यवसायी मर्कामा परेका हुन् । अर्का व्यवसायी बलबहादुर थापाले भाउ महँगिएपछि बेच्न गाह्रो भइरहेको बताउनुभयो । 

“एकै वर्षमा चार÷पाँच हजार महँगो भयो”, उहाँले भन्नुभयो, “च्याङ्ग्राको व्यापार जोखिमपूर्ण छ ।” थापााले ७० वटा च्याङ्ग्रा बागलुङ भित्राउनुभएको छ । जोमसोम पुगेर ल्याएका च्याङ्ग्रा बेच्दा एक÷दुई हजार नाफा निकाल्न पनि धौ–धौ भएको उहाँको भनाइ छ । 
व्यवसायी थापाले तिब्बतबाट यो वर्ष कम च्याङ्ग्रा आएकाले मूल्य बढेको बताउनुभयो । मुस्ताङमा मात्रै पालिने च्याङ्ग्राले माग धान्न नसक्ने हुँदा ठूलो सङ्ख्यामा च्याङ्ग्रा तिब्बतबाट भित्रने गर्छन् । जिउँदो च्याङ्ग्राको मूल्य बढेपछि काटेर बेचिने मासुको मूल्य पनि चर्को छ । प्रतिकिलो रु १२ सय तिरेर च्याङ्ग्राको मासु किनेको बागलुङ नगरपालिका–४ का गोविन्द्रप्रसाद शर्माले बताउनुभयो । 

महँगै परे पनि उपभोक्ताले च्याङ्ग्राको मासु खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याङ्ग्रा स्वादिष्ट मानिन्छ । बागलुङमा मात्रै दशैँका बेला वर्षेनी करीब दुई हजार च्याङ्ग्रा भित्रने गरेको व्यवसायी बताउँछन् । मुस्ताङबाट झारिने च्याङ्ग्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडाैंसम्म पुर्याइन्छ । पोखरामा यो वर्ष १७ हजार च्याङ्ग्रा झरेको बताइन्छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x