×

NMB BANK
NIC ASIA

यी ठाउँमा घुम्नु भएको छ ? बन्न सक्छ दशैं विदामा घुम्न जाने उत्कृष्ट गन्तव्य

असोज २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– पछिल्लो समय नेपालीहरुमा पनि घुमफिर गर्ने प्रचलन बढ्दो छ । चाड पर्वको अवसर पारेर देशभित्रकै विभिन्न नयाँ÷नयाँ स्थानहरुमा घुम्ने प्रचलन बढिरहेको हो । 

Sagarmatha Cement
Muktinath Bank

घुम्ने प्रचलन बढेसँगै नयाँ÷नयाँ प्राकृतिक र सांस्कृतिक गन्तब्यहरुको पहिचान समेत बढ्दो छ । विविध सास्कृतिक र प्राकृतिक दृष्टिकोण पर्यटकीय रुपमा धनी नेपालसँग धेरै रमणीय स्थानहरु छन् । साहसीक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङसँगै विविध संस्कृतिको धनी नेपालमा गन्तब्यहरु धेरै छन् जहाँ तपाई पुग्नु भएको छैन होला ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसरको विदामा मानिसहरु घुम्ने र रमालो गर्ने उत्कृष्ट गन्तव्यको खोजीमा हुन्छन् ।  यसमध्ये केही केही गन्तब्यबारे यसरी लेखेका छौं । 


Advertisment
Nabil box
Kumari

राराताल 

Vianet communication
Laxmi Bank

बिदा मनाउन उत्कृष्ट गन्तव्य खोजिरहेकाहरुका लागि मुगुको रारालाई राम्रो विकल्प हुन सक्छ । 

धर्तीको स्वर्ग पनि भनिने रारा पुग्दा जोकोहीको पनि प्रकृतिक मनोरममा भुल्न सक्छ । 

रारा जान सुर्खेतबाट २ दिनमा सजिलै सडक यात्राबाट रारा पुग्न सकिन्छ । कर्णालीको राजधानी सुर्खेतबाट हवाई यात्रामा गए त्यही दिन नै राराको अवलोकन गर्न पाइन्छ । 

विमानमा जाने हो भने मुगुको गमगढी, ताल्चा विमानस्थल र रारा मात्रै हेर्न पाइने अवसर प्राप्त हुनेहुँदा सुर्खेतबाट रारा जान सडक नै उपयोगी बन्न सक्छ । राराका लागि कम्तिमा सुर्खेतदेखि रारासम्मका लागि ६ दिनको समय लाग्छ । सुर्खेतबाट मुगुको ताल्चा विमानस्थलसम्मको सार्वजनिक बस भाडा १७ सय रूपैयाँ हो ।

सुर्खेतबाट हिँडेको पहिलो दिन दैलेखको रानीमत्ता हुँदै राकम कर्णाली भएर कालिकोटको नाग्मसम्म सहजै पुग्न सकिन्छ । नाग्मबाट ९३ किलोमिटरको यात्रा तय गर्नुपर्ने हुन्छ । नाग्मबाट रारासम्म नै सडक ग्राभेल गरिएको छ 
नाग्मबाट हिँडेको खण्डमा यहाँहरूको खाना खाने ठाउँ गोठी जिउला (सिंजा) हालको कनकासुन्दरी गाँउपालिका, जुम्लामा हो ।

खस राज्यको राजधानीको रूपमा रहेको, विराट राजाको दरबार रहेको, कनकासुन्दरी देवीको मन्दिर र पाण्डव गुफा समेत रहेको उक्त सिंजा क्षेत्र मनोरम छ । त्यहाँ खाना खाएपछि भुलभुलेमा हुँदै मुगु जिल्लाको सिमानामा गाडी पार्किङ गरेर करीब आधा घण्टा हिँडेपछि धर्तीको स्वर्ग राराको दर्शन पाइन्छ । अनि रारा किनारै किनार पैदल हिडे एक घण्टामा रारा पुगिन्छ । रारा यात्रामा अग्ला हिमालहरूको दृश्यावलोकन गर्ने अवसर समेत पाइन्छ ।  

सुर्खेतबाट सार्वजनिक बस भाडा प्रतिव्यक्ति १७ सय रुपैयाँ छ । जीप भाडामा लिएमा करीब ३० देखि ४० हजार (१० जनासम्म) जान सकिन्छ । रारा पुगेपछि बासबस्दा एकरात न्यूनतम १ हजार (एक कोठा), खानाको एक छाक करीब ५०० र पिउने पानी १०० (प्रति बोत्तल)पर्ने गर्छ । 

चितवन सौराहा

नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि मानिन्छ ।  खासगरी सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ । सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ । हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृतिको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन् ।

सौराहामा प्रसस्त तारे होटलहरु भएकाले दशैंलगायतका बिदा मनाउन नेपालीहरु प्रशस्त छन् । सौराहामा हात्ती सफारी सहकारीले चलाउने गरको छ । सहकारीले हात्तीबाट जंगल सफारी गरेको स्वदेशी पर्यटकलाई ८ सय रुपैयाँ, भारतीय पर्यटकलाई १ हजार रुपैयाँ र विदेशी पर्यटकहरुलाई १५ सय रुपैयाँ लिने गरेका छन् । 

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित छ । सौराहा पुग्न काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै १ सय ६५ किलोमिटरको दुरीमा रहेको छ । दुईराते प्याकेजसहित काठमाडौंबाट आउन जान कम्तीमा १० हजार रुपैयाँ चाहिन्छ ।  

खप्तड

सुन्दर सुदूरपश्चिमको आध्यात्मिक भुगोल मानिने खप्तडलाई धर्तीको स्वर्गको रुपमा चिनिन थालेको छ । स्कन्द पुराणमा खेचराद्री भनिएको खप्तड हुँदै युधिष्ठिर स्वर्ग गएको विश्वास रहिरहेको र खप्तड बाबा आधा शताब्दीसम्म खप्तडमा बसेको आध्यात्मिक इतिहास छ । 

खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक मन्दिर छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला मेला लाग्छ । त्रिबेणीमा नुहाएमा पापबाट मुक्ति मिल्ने जनविश्वास छ । खप्तड समुन्द्रि सतहबाट ३ हजार २ सय ७६ मिटर उचाइमा छ । त्यहाँ २२ वटा पाटन छन् । थरिथरिका चरा, वनस्पति र जडीबुटी पाइन्छ । सरकारले ०४३ असार ९ गते घोषणा गरेको २ सय २५ वर्ग किलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुरा, डोटी, बझाङ र अछाममा पर्छ । 

काठमाडौं–धनगढी पुग्न पूर्व पश्चिम राजमार्ग हुँदै जाँदा ६ सय ६२ किलोमिटर छ । यद्यपि कठमाडौंबाट धनगढी पुग्न हवाइमार्ग प्रयोग गरे ५५ मिनेटमा पुग्न सकिन्छ । धनगढी–सिलगढी २ सय किमि । बसमा आठ घन्टा । अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा झिग्रानाममा एक रात बसेपछि भोलीपल्ट ८ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ । काठमाडौंबाट खप्तड जाँदा प्रतिब्यक्ति न्युनतम ३० हजार खर्च हुन्छ ।

मुक्तिनाथ 

मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ एक उत्कृष्ट धार्मिक तथा प्राकृतिक गन्तब्यको रुपमा लिइन्छ । समुन्द्रि सहतबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तिर्थ समेत मानिन्छ । मन्दिर दर्शन पछि मन्दिर हाताको १ सय ८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ । 

मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन् । मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।

काठमाडौंबाट मुक्तिनाथको यात्रामा निस्किदा सबैभन्दा पहिला बेनी पुग्नुपर्छ । बेनी पुग्न काठमडौंबाट २ सय ८२ किलोमिटर छ । त्यसपछि बेनी–जोमसोम ७५ किलोमिटर छ । यद्यपि पोखरा गएर जोमसोमबाट हवाइयात्रा गरे उडान १८ मिनेट मात्रै छ । त्यसपछि जोमसोम–मुक्तिनाथ २२ किलोमिटर मात्रै हो । 

जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा एक रात बिताउन सकिन्छ । जोमसोम–मुक्तिनाथ जीप र बसहरु चल्छन् । ठिनीसम्मै जिप र मोटरसाइकल पुग्छन् ।

कालिञ्चोक

दोलखा जिल्लामा अवस्थित कालिञ्चोक पनि बिदा मनाउन एक गन्तब्यको रुपमा लिन सकिन्छ । कालिञ्चोक समुन्द्रि सतहबाट ३ हजार ७ सय मिटर मिटरको एउटा शक्ति पिठ हो । त्यहाँ भगवती, गणेशका मूर्ति र शिवपार्वती कुण्ड छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । 

कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा प्रसस्त होटलहरु छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । कुरी बजारबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ । काठमाडौं–चरिकोट जम्मा १ सय ३३ किलोमिटर छ भने चरिकोट–कालिञ्चोक १७ किलोमिटरको दुरीमा छ । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट पुगिन्छ भने चरिकोटबाट कुरी पुग्न जीपमा दुई घन्टा लाग्छ ।  

लुम्बिनी

शान्तीका प्रतिक भगवान बुद्धको जन्मस्थल लुम्बिनी पनि बिदा मनाउन जानका लागि एक उत्कृष्ट गन्तब्यको रुपमा लिन सकिन्छ ।  काठमाडौंबाट करीब ३ सय किलोमिटरको दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोण अत्यन्तै प्रसिद्ध मानिन्छ ।  अझै संसारभरका बौद्ध धर्मावलम्बीहरुका लागि एक सर्बोत्कष्ट गन्तब्यको रुपमा लिइन्छ । 

लुम्बिनीमा मायादेवी मन्दिर छ । मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन् । सिद्धार्थको जन्मस्मारक शिला पनि छ । त्यहाँ चौथो शताब्दीको मूर्ति छ । त्यसले सिद्धार्थको जन्मदृश्य झल्काउँछ । 

विज्ञहरूले सन् १९९२–१९९६ सम्म लुम्बिनी उत्खनन गर्दा स्तम्भ र शिला भेटेपछि सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो । 

लुम्बिनी ठूलो क्षेत्रफलमा भएकाले रिक्सा, साइकल र ट्याक्सीमा घुम्नुपर्छ । विहार क्षेत्रमा विभिन्न देशका विहार छन् । बीचमा नहर छ । नहरको १६ सय मिटरमा डुंगा चल्छ । नहरको एकछेउमा अखण्ड शान्ति दीप छ । त्यहाँ लुम्बिनी संग्रहालय छ । लुम्बिनीमा साना र ठूला होटरहरु प्रसस्त भएपछि २÷३ रात बसेर घुम्न सकिन्छ । अहिले लुम्बिनीका होटलहरुले २ रात ३ दिनका लागि ६ हजारदेखि १० हजारसम्मको टुर प्याकेज बेच्ने गरेका छन् । 

हलेसीधाम 

हलेसीधाम हिन्दु, बौद्धमार्गी र किराँतीको साझा तीर्थ मानिन्छ । हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ । गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन् । त्यहाँ दुइटा ठुला गुफा छन् भने वरपर अरू गुफा छन् । 

हलेसीमा नेपाली सामान्यत एक रात बस्छन् । त्यहाँ मध्यम खालका होटल छन् । पानीको समस्या छ । 

काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २ सय १६ किलोमिटर छ । काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन् । जीपमा १० घण्टामा हलेसी पुग्न सकिन्छ ।

पोखरा

पोखरा पनि प्रकृतिक रुपमा निकै सुन्दर शहर हो । पोखराको एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्पजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ । 

त्यहाँबाट  माछापुच्छ्रे, पुठ्ठा हिउँचुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी लम्जुङ, मनास्लुलगायत दर्जनौं हिमाल देखिन्छ । 

फेवाताल, बेगनास ताल रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी लगायतका सुन्दर तालहरु पोखरामा छन् ।  

संस्कृतिका हिसाबले धनी पोखराको बाटुलेचौरमा सारंगी बस्ती छ। पोखरामा पाँच वटा संग्रहालय छन् । 

दुई रात पोखरा बसेर घुम्न कम्तीमा १० हजार रुपैयाँ खर्च हुन्छ । काठमाडौंबाट पोखरा पुग्न २ सय किलोमिटरको दुरी छिचोल्नुपर्छ । काठमाडौंको कलंकीबाट बिहानैदेखि बस तथा माइक्रो छुट्छन् । यसैगरी हवाई यात्रा गरियो भने ३० मिनेटमै पोखरा पुग्न सकिन्छ । 

इलाम 

चियाबारीले चर्चित इलाम पनि एक उत्कृष्ट गन्तब्य हो । सदरमुकाममा बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा चिया रोपेका थिए । 

चिटिक्क परेको इलाम बजारमा राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी अनुहार भेटिन्छन् । माइपोखरी, सन्दकपुर, कन्याम, अन्तुडाँडा, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, माइखोला, पाथिभरा, मंगलबारे लगायतका सुन्दर घुम्ने ठाउँ पनि छन् ।

इलाम बजारमा दर्जनौं होटल र होमस्टे पनि छन् । 

मेची राजमार्गको चारआलीबाट पसेपछि कन्याममा चियाबारीले स्वागत पुगिन्छ । बगानबीचमा नागबेली सडकहरुमा मोटर वा बाइकमा जान सकिन्छ । इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ । त्यहाँबाट कुम्भकर्ण, कञ्जनजंघालगायत दर्जनौं हिमाल देखिन्छ । 

करीब १० हजार रुपैयाँ बोकेमा बसभाडा तिर्न र इलाममा दुई रात बिताउन पुग्छ । काठमाडौंको कोटेश्वरबाट ६ सय ९० किलोमटिरको यात्रा छिचोल्दा करीब १४ घण्टापछि इलाम बजार पुगिन्छ । 

स्वर्गद्वारी 

प्युठान जिल्लामा रहेको स्वर्गद्वारी पनि एक धार्मिक गन्तब्य हो । त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ । प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । 

स्वर्गद्वारी २ हजार ४८ मिटरको उचाइमा छ । पाँच पाण्डव यतैबाट स्वर्ग गएका हुँदा स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ । 

स्वर्गद्वारीमा सयौं गाई छन्, गुरुकुल विद्यालय छ । १० हजार रुपैयाँले भिंग्रीका होटलमा दुई र स्वर्गद्वारीमा एक रात बिताउन, खाना खान र बस भाडा तिर्न पुग्छ । काठमाडौंबाट रोल्पा जाने बस चढेर भिंग्रीमा ओर्लेर एक रात बिताएपछि भोलिपल्ट चार घण्टा उकालो पदयात्रामा स्वर्गद्वारी पुग्न सकिन्छ । काठमाडौं करीब साढे ४ सय किलोमिटरको दुरीमा छ ।

बन्दीपुर 

तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो । बन्दीपुरमा गुरुङ, मगर, नेवार, क्षत्री, बाहुनको बसोबास छ । बजार छेउको टुँडिखेलबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ । 

बन्दिपूरमा होटल र होमस्टे प्रसस्त छन् । 

काठमाडौंबाट मुग्लिन हुँदै डुम्रेसम्म बसमा गएर आठ किलोमिटर उकालोमा बन्दीपुर बजार आउँछ । डुम्रेमा बन्दीपुर जाने बस र जीपहरु प्रसस्त पाइन्छन् । 

भेडेटार

धनकुटा जिल्लामा रहेको भेडेटार पछिल्लो समय आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बनेको छ  । 

धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित रहेको भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा छ । जहाँ चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न जान सकिन्छ । भेडेटारको भ्यू टावरबाटसप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x