×

NMB BANK
NIC ASIA

आज सप्तमी : फूलपाती भित्र्याइँदै, प्रहरी ऐनले केन्द्र र प्रदेशबीच द्वन्द्व बढ्यो

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । 

Muktinath Bank

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष  भित्र्याउने गरिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने प्रा डा गौतमले बताए । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । 

Vianet communication
Laxmi Bank

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथ फूलपाती ल्याउने गरिन्छ । राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ । 

यस वर्षको फूलपाती मङ्गलबार अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम  छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुन्छ ।  

शाहवंशीय श्रीपेच अवलोकनका लागि खुला
शाहवंशीय राजाहरुले लगाउने श्रीपेच सोमबारबाट सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै श्रीपेच सर्वसाधारणको अवलोकनका लागि खुला भएको हो ।

नारायणहिटी दरबार संग्राहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको छ ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले ढालेको राजतन्त्रलाई नेपालमा सम्मानसहित बिदा गरिएको बताउनुभयो । उहाँले दैवी शक्तिको रुपमा राजाहरुले आफूलाई प्रकट गरेको उल्लेख गर्दै शक्तिको अंहकारले आम सर्वसाधारण जनतामाथि शोषण गरिएको बताउनु भयो । 

प्रहरी ऐनले द्वन्द्व बढायो
प्रदेश २ ले संघीय कानुन नबन्दै प्रदेश प्रहरी ऐन ल्याएपछि त्यसको कार्यान्वयनलाई लिएर प्रदेश र संघ सरकारबीच द्वन्द्व शुरु भएको छ । प्रदेशको रवैयाप्रति संघ सरकारले असन्तुष्टि व्यक्त गरेको छ । संघ सरकारका अधिकारीले संघीइ उैन नबनेसम्म प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आउन नसक्ने बताएका छन् ।

सार्वभौम प्रदेशसभाले पारित गरेको ऐन कार्यान्वयनमा संघ सरकारबाट सहयोग नभए आफू अनुकूल बढ्ने मनस्थितिमा प्रदेश सरकार देखिन्छ । प्रत्येक प्रदेशमा संघीय सरकारमातहतमा नेपाल प्रहरीको प्रदेशिक कार्यालय छ । प्रहरी नायब महानिरीक्षकको नेतृत्वको उक्त कार्यालयले प्रदेशभर प्रहरी परिचालन गर्दै आएको छ । प्रदेशभित्रको शान्ति सुरक्षा हेर्ने गरी प्रहरीको उक्त संरचना प्रदेश सरकारप्रति जवापदेही छैन ।

प्रदेश सरकारलाई समान्य रिपोर्टिङ गरे पनि प्रहरी अधिकारीहरु संघ सरकारकै चेन अफ कमान्डको निर्देशनमा परिचालित हुन्छ । संघीयतामा नेपाल प्रहरीको पुनःसंरचनाबारे लामो अध्ययन गरेर समितिले त्यसको प्रतिवेदन बुझाएको दुई वर्षमा सरकारले अझै संघीय प्रहरी ऐन विधेयक संसदमा लगेको छैन ।, कान्तिपुरमा खबर छ ।

दुबईमा समातिएर श्रेष्ठ विराटनगरमा
सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संयुक्त अरब इमिरेट्समाबाट प्रकाउ गरी काठमाडौँ ल्याइएका बेनु श्रेष्ठको प्रहरीले बयान लिएको छ । श्रेष्ठसँग सरकारले सुन प्रकरण बारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका हुन् ।

बयानमा श्रेष्ठले आफ्नो सुन तस्करीमा संलग्नता रहेको स्वीकार गरेको एक प्रहरीले जानकारी दिए । सुनसरी इटहरी उपमहानगरपालिका घर भएका श्रेष्ठ दुई वर्षदेखि दुबईमा बसेर सुन तस्करी गरिरहेको खुलेको हो ।
यसैबीच, आरोपी श्रेष्ठलाई प्रहरीले विराटनगर लगेको छ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा दुबईमा पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ हुँदै सोमबार बेलुका विराटनगर पुर्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बेनुलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । सुनसरी  इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीय श्रेष्ठ दुबईमा बसेर चुडामणि उप्रेती (गोरे) सहितको समूहलाई सुन तस्करीमा सहयोग गर्दै आएका थिए । गत माघ पहिलो साता तस्करी गरी ल्याएको सुन बाटोबाटै हराएपछि खोज्ने क्रममा चुडामणि उप्रेती (गोरे) सहितको समूहले यातना दिँदा गत फागुन १८ गते भरिया सनम शाक्यको मृत्यु भएको थियो ।

कर्णालीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता
कैलाली– कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानीमा पर्ने कर्णाली नदीमा डुंगा पल्टिँदा दशैंको अवसरमा चिसापानी घुम्न गएका बेपत्ता भएका हुन् । 

इलाका प्रहरी कार्यालय चिसापानीले दिएको जानकारी अनुसार डुंगा पल्टिदा कैलालीको जोशीपुर गाउँपालिका–६ का २३ वर्षका पुरुषोतम  चौधरी र वडा न २ का २२ वर्षका समीर बडेला कर्णाली नदीमा बेपत्ता भएका हुन् । काठको सानो डुंगामा पाँचजना चढेपछी डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ । सोमबार साँझ साढे पाँच बजे पल्टिएको डुंगाबाट तीनजनाको स्थानीय र प्रहरीले उद्दार गरेका छन् ।

दशैँका बेला खाद्यान्नमा सहुलियत 
दशैँको अवसरमा खाद्य संस्थानले काठमाडौँसहित १० ठाउँमा सहुलियत पसल सञ्चालन गरेको छ । वित्तामोड, विराटनगर, लहान, जनकपुर, वीरगञ्ज, दाङ, तुलसीपुर, पोखरा सुर्खेत र धनगढीमा सहुलियत पसलको सञ्चालन भइरहेको छ । 

काठमाडौँको नख्कु, जावलाखेल, थापाथली र रामशाहपथमा सहुलियत पसल सञ्चालन भइरहेको छ । बिक्री संस्थानका बिक्रीवितरण विभागका प्रमुख लालमोहन ठाकुरका अनुसार जापनी चामल प्रतिकिलो ७० मा रु पाँच छुट, बासमती चामल प्रतिकिलो रु ८१ मा रु १० छुट, जिरा मसिनो चामल प्रतिकिलो रु ५५ मा रु पाँच छुट दिइएको छ । 

उपत्यकामा सवारीको समस्या 
विभागले घटस्थापनादेखि ‘रुट परमिट’ खारेज गरेपछि उपत्यकामा सवारीको सङ्ख्या कम भएको यात्रुको गुनासो छ । उपत्यकाका विभिन्न स्थानमा जान सवारी पाइँदैन । 

पाए पनि चढ्न सकिँदैन । चढेका सवारीले पनि मन लागे जति भाडा असुलिरहेका छन् । विभागले असोज ७ गते समायोजन गरेको सार्वजनिक यातायातको भाडा सूचीअनुसार चार किमीसम्मको भाडा रु १४ हो । सवारीका परिचालकले भने न्यूनतम भाडा रु २० भइसक्यो भन्दै  छ रुपैयाँ ठगी गरेको सार्वजनिक यातायात सुधार अभियानमा लागेका रामबहादुर थापाले बताए ।

विभाग र प्रहरी उपत्यकाबाहिर जाने सवारीको अनुगमनमा व्यस्त भएको मौका छोपेर राजधानीमै मनपरी भाडा लिइएको हो । विभागले सार्वजनिक गरेको निःशुल्क नं र हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदा पनि कारवाही नभएको यात्रुको भनाइ छ । 

यातायात कम भएका बेला सरकारी, नेपाल प्रहरी र नेपाली सेना एवं विद्यालयका सवारी चलाएर सवारी अभावको समस्या समाधान गर्न सकिनेमा सम्बन्धित निकायको ध्यान नगएको यातायात अभियानकर्मी थापाले बताए ।

बजारमा इन्धन अभाव नहुने
नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्त मात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको हो । डिपो प्रमुख इञ्जीनीयर भरत रेग्मीले उपत्यकाका विभिन्न पम्पलाई ११ लाख ५० हजार लिटर पेट्रोल र सात लाख ५० हजार लिटर डिजेल उपलब्ध गराइएको जानकारी दिए ।

यसैगरी, नेपाल ग्यास विक्रेता महासंघले पनि दशंै र तिहारमा खाना पकाउने ग्यासको अभाव नहुने बताएको छ । महासंघ अध्यक्ष महेश्वर श्रेष्ठले दशैं र तिहारमा ग्यास अभाव नहुने त र जाडोको समयमा भने ग्यास अभाव हुन सक्ने जानकारी गराए ।

तीन भरुवा बन्दुकसहित पाँच पक्राउ 
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका वन सुरक्षाकर्मीले सोमबार तीन भरुवा बन्दूकसहित पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्ज कार्यालयका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका –३ जोनापुरका कृष्ण चौधरी, वीरबहादुर चौधरी, दिलबहादुर चौधरी, रमेश चौधरी र अनिल चौधरी छन् । अभियुक्तबाट तीन  भरुवा बन्दुक, त्यसमा लाग्ने गोली र बारुद बरामद गरिएको निकुञ्जका निमित्त कार्यालय प्रमुख गोपालबहादुर घिमिरेले बताए । 

सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु
सवारी दुर्घटनामा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दोलखा सैलुङ गाउँपालिका–७ का ३५ वर्षीय सोनाम लामा, उहाँकी श्रीमती ३० वर्षीया बिमला लामा र १२ वर्षीय छोरा मनिष लामा रहेको छ ।

सोनामको धुलिखेल अस्पताल तथा बिमला र मनिषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । काठमाडौँबाट पूर्वतर्फ गइरहेको बा७५प १९४९ नंको स्कुटर र विपरीत दिशाबाट आइरहेको बिआर३२जे३४७५ नंको स्कार्पियो बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–११ स्थित कालढुङ्गामा सोमबार एकापसमा ठोक्किँदा स्कुटरमा सवार तीनै जना गम्भीर घाइते भई उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो ।

विराटनगर टाइटन्स र पोखरा पल्टनबीच पहिलो खेल हुने
पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुनेछ । 

सार्वजनिक गरिएको खेल तालिकाअनुसार आगामी कात्तिक ९ गते उद्घाटन खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिष्पर्धा हुने भएको छ ।त्यसैगरी दोस्रो दिन (कात्तिक १० गते) शनिबार दुई खेल हुनेछन् । जसमा पहिलो खेल चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा दोस्रो खेल काठमाडाँै रोयल्स र धनगढीबीच हुनेछ ।

कात्तिक ११ गते विराटनगरले धनगढीसँग खेल्नेछ । सोही दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ । लिग चरणका शीर्ष चार टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । कात्तिक २० गतेसम्म हुने प्रतियोगिताका लागि मैदान लगायत अन्य तयारी अन्तिम चरणमा पुगको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x