×

NMB BANK
NIC ASIA

कर्मचारी र सुरक्षा अभावमा राजश्व संकलनमा कमी

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर– कञ्चनपुर बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ । दुईजना कार्यालय सहयोगीले लामो समयदेखि भन्सार कार्यालयको राजश्व सङ्कलनको कार्य गर्दै आएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उक्त कार्यालयमा नायब सुब्बाको दरबन्दी रहेको छ ।     सो कार्यालयका नायब सुब्बा कैलाली भन्सार कार्यालयमा कार्यरत छन् । दरबन्दीका कर्मचारी नबस्ने भएपछि न्यून राजश्व सङ्कलन हुने गरेको छ । सो भन्सार कार्यालयको बाटो हँुदै भारतबाट सामान ल्याउनेको लर्को देखिने गरेपनि कर्मचारीको अभावमा थोरैले मात्र राजश्व तिर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरायसी सामान भन्दै भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीले वास्ता गर्दैनन् । भन्सार कार्यालयका कार्यालय सहयोगीले राजश्व तिराए धम्की आउने भएकाले उनीहरूले समेत सामान रोकेर राजश्व तिराउने हिम्मत गर्दैनन् । कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्था छैन् । कार्यालय सहयोगी बलबहादुर धामीले भन्नुभयो, “अहिले राजश्व काट्छौं, साँझ धम्की आउँछ, त्यसैले सबै समानको राजश्व तिराउने कार्य गर्न गाह्रो छ ।” 


Advertisment
Nabil box
Kumari

भन्सार कार्यालय सुरक्षार्थ सशस्त्र प्रहरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्रै बस्ने भएकाले अन्य समय शुरक्षा नहँुदा अप्ठेरो रहेको उहाँले बताउनुभयो । भन्सार कार्यालय भएर थोरै सामान आउने भए पनि खुला सिमानाका कारण चोर बाटोबाट बढी समान तस्करी हुने गरेको कार्यलय सहयोगीको भनाइ छ । भन्सार कार्यालयमा सुरक्षा बलियो भए राजश्व सङ्कलनमा वृद्धि हुने बताइएको छ । 

Vianet communication
Laxmi Bank

कञ्चनपुर भन्सार कार्यालयले हेर्दै आएको छोटी भन्सार कार्यालय गत वैशाखदेखि कैलाली भन्सार कार्यालयले हेर्ने जिम्मा लिएको छ । छोटी भन्सार कार्यलयसँग रहेको चार बिघा सात कट्टा १७ धुर जग्गासमेत अतिक्रमणको चपेटामा परेको छ । हेर्ने जिम्मा लिएको भन्सार कार्यालयले छोटी भन्सार कार्यालयबाट गत वैशाखदेखि भदौ महिनासम्म रु एक लाख ९० हजार सात सय २७ राजश्व मात्रै सङ्कलन गरेको छ । 

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले वर्षमा यस क्षेत्र बाट मात्रै रु ९० करोड बढी राजश्व सङ्कलन हुने देखिए पनि भन्सार छलेर सामान भित्र्याउने भएकाले राज्यलाई निकै घाटा भएको बताउनुभयो । करोडौंको राजश्व छलिभइरहेकाले भन्सार नाकाको स्तरवृद्धि र भरपर्दो सुरक्षाका लागि पहल भइरहेको बताउनुभयो । छोटी भन्सार कार्यालय विसं २०२० मा स्थापना भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x