×

NMB BANK
NIC ASIA

आलु प्रयोग गर्नुस्, छालाको समस्याबाट छुटकारा पाउनुस्

असोज ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं— आलु हामी दिनहुँ खान्छौं । तर हामीलाई थाहा नहुन सक्छ, आलु छालाको लागि निकै उपयोगी हुन्छ । आलुको प्रयोगले छालाका विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ । आलुको प्रयोग गर्नाले निम्न समस्याबाट छुटकारा पाउन सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

आँखाको कालो घेरा : आलुले आँखाको कालो घेरालाई हटाउन मद्दत गर्छ । आलुलाई ताछ्ने अनि त्यसलाई स–सानो टुक्रा बनाएर आँखामा राख्ने । १० देखि १५ मिनेटसम्म राखेपछि मनतातो पानीले मुख धुने । यो उपायलाई नियमित रूपमा प्रयोग गरेमा छिट्टै यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाउरी : आलुलाई पिसेर त्यसको रस निकाल्ने, त्यसमा ग्लिसरिन र काँचो दूध मिसाएर अनुहारमा लगाउने । १५ मिनेट सम्म राख्ने अनि अनुहार पखाल्ने । यसो गर्नाले अनुहारमा देखिएको चाउरी बिस्तारै हटेर जान्छ ।


Advertisment
Nabil box
Kumari

अनुहारको दाग :अनुहारको खटिरा र दाग हटाउन आलुलाई पिसेर त्यसको रसमा कागती मिसाएर लगाउने र १५ मिनेटपछि बिस्तारै हातले मसाज गरेर अनुहार धुने । यसको नियमित प्रयोगले अनुहारमा फरक ल्याउनेछ ।

Vianet communication
Laxmi Bank

घामले डढेको छाला : आलु र गोलभेंडालाई एकैसाथ ग्राइन्डरमा पिसेर पेस्ट बनाउने र यसलाई केही समयसम्म फ्रिजमा राखी चिसो बनाउने । यो पेस्टलाई घामले डढेको ठाउँमा राम्ररी लगाउने र १० देखि १५ मिनेटपछि यसलाई पखाल्ने ।

चिल्लो छाला : चिल्लो छाला भएकाहरूलाई मुलतानी माटो र आलुको रस मिसाएर प्याक बनाएर लगाउँदा धेरै फाईदा पु—याउँछ । यसलाई लगाएर केही समय सुक्न दिएपछि मात्र पखाल्नुपर्छ । यो उपाय अपनाउनाले चिल्लो छालाको समस्याबाट मुक्ति पाउन सकिनेछ ।

छाला चम्काउन : आलुलाई उसिनेर मुछ्ने अनि त्यसमा थोरै जैतुनको तेल र काँचो दूध राखी पेस्ट बनाएर अनुहारमा लगाउने । यसलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि मनतातो पानीले पखाल्ने । यसो गर्नाले अनुहारको चमक बढ्दै जानेछ ।

चम्किलो कपाल : आलुलाई राम्ररी धोएर ताछ्ने र ताछेको बोक्रालाई पानीमा राखेर उमाल्ने । केही समय उमालेपछि आलुको बोक्रालाई छान्ने र छानेको पानीमा दुई चम्चा चुक अमिलो मिसाउने । कपाल नुहाइसकेपछि यो पानीले कपाललाई पुनः राम्ररी पखाल्ने । यसो गर्नाले कपाल चम्किलो हुन्छ ।

सुख्खा कपाल : तीन चम्चा आलुको रसमा दुई चम्चा घिउकुमारीको रस अनि एक चम्चा मह मिसाएर प्याक बनाउने र यसलाई कपालमा राम्ररी लगाउने । यसलाई लगाएको एक घण्टापछि राम्ररी कपाल पखाल्ने । समय समयमा यसको प्रयोग गर्नाले कपाल सुख्खा हुने समस्याबाट छुटकारा पाइन्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x